आज: ६ चैत्र २०८०, मंगलवार | Tue, 19, Mar, 2024
FLASH NEWS

डा. केसिको अन्सन ७ बुँदे सहमतिमा तोडियो

परदेशी खबर १० श्रावण २०७५, बिहीबार ११:०९ मा प्रकाशित ( ५ साल अघि) ५७६ पाठक संख्या

परदेशी खबर/ २६ जुलाइ, कुवेत। २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीले सात बुँदे सहमति गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदबारमा बिहीबार भएको वार्ता सात बुँदे सहमति गरेर वार्ता टुंगिएको हो । सहमतिको मस्यौदालाई औपचारिकता दिने काम भइरहेको सरकारी वार्ता टोलीका सदस्य केदार न्यौपानेले अन्नपूर्णलाई जानकारी दिए ।

‘अब छिट्टै सहमतिलाई औपचारिक रुपमा सार्वजनिक गर्नेछौँ’, सदस्य न्यौपानेले भने । मंगलबार सकारात्मक भएको भनिएको वार्ता बुधबार भाँडिएको थियो । प्रधानमन्त्री केपी शर्म ओलीको पहलमा बुधबार रातभरको छलफलपछि बिहीबार सात बुँदे सहमति तयार भएको हो ।

डा. केसी चिकित्सा शिक्षा विधेयक संसदमा पेश भएपछि असार १९ गते जुम्लाबाट अनसन सुरु गरेका हुन् । यसअघिको सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेशका केही बुँदा हटाएर नयाँ विधेयक संसदमा पेश गरेपछि अनसन बस्न केसी जुम्ला पुगेका थिए ।

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत केसीलाई सरकारले सेनाको हेलिकोप्टरबाट गत बिहीबार अनसनको २० औं दिनमा राजधानी ल्याएको थियो। यो केसीको १५ औं अनसन हो । केसीले अनसन सुरु गरेको बिहीबार २७ दिन पुगेको छ।

अन्नपूर्ण पोस्टबाट साभार गरिएको।