आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

 लालिगुरास सांस्कृतिक परिवार नेपाल कुवेतको आठौ बार्सिकोत्सब तथा लालिगुरास सांगीतिक धमका २०७५ भब्यताका साथ सम्पन्न 

परदेशी खबर २३ असार २०७५, शनिबार ०३:१० मा प्रकाशित ( ५ साल अघि) ४५१ पाठक संख्या
युग लामा / ७ जुलाई –  कुवेत | लालिगुरास सांस्कृतिक परिवार नेपाल कुवेतको आठौ बार्सिकोत्सब तथा बाह्रौ कोसेली स्वरुप लालिगुरास सांगीतिक धमका २०७५ हिजो शुक्रबारका दिन खैतान स्थित इन्डियन कम्न्युनिटी हलमा भव्यताका साथ सम्पन्न भएको छ |

प्रमुख अतिथिबाट पानसमा  दिप प्रज्ज्वलन गरि र प्रमुख अतिथि र कलाकार लगायतका अतिथिहरुबाट केक काटेर राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा डीबी भुसालले  स्वागत मन्तब्य राखेका थिए |  उक्त कार्यक्रममा  नेपाली राजदूतावासका द्वुतीय सचिब ज्ञानेन्द्र मगर र तृतीय सचिब सुरज अधिकारी हुनहुन्थ्यो | अतिथिहरुमा एन आर एन ए कुवेतका सुमित्रा पौडेल, झापाली सेवा  समाज कुवेतका अध्यक्ष लोमन बास्तोला, चितवन सेवा  समाज कुवेतका अध्यक्ष नबिन लोप्चन, नेपाल तामांग घेदुङ्ग कुवेतका महासचिब कृष्ण सिंग्तान, सुदुर पश्चिम सेवा समाज सेवा  समाज कुवेतका अमर खड्का, लगायतका कुवेतमा विभिन्न संघसस्थामा आबद्धता व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेका थिए |
नेपालबाट आमन्त्रित अतिथिकलाकारहरु उमा श्रेष्ठ, अमृत खाती र बसन्ती थापाले भरपुर मनोरंजन दिलाएका थिए भने स्थानिय कलाकार डीबी लोप्चन, राजु थापा, इन्दा योञ्जन, बिशाल पाख्रिन, हास्य कलाकार सोम रसाइली लगायतका कलाकारहरुको पनि उत्कृस्ट सांगीतिक प्रस्तुतिहरु पस्केका थिए |
कार्यक्रम संचालन बीबी मल्ल र लालिगुरास सांस्कृतिक परिवार नेपाल कुवेतको अध्यक्ष माधब पौडेलकोको अध्यक्षतामा शान्तिपूर्ण वातारणमा कार्यक्रम सम्पन्न भएका थिए |