कुवेत आइपुगियो कार्यक्रमको लागि अतिथि कलाकार

परदेशी खबर /जुलाई ५, कुवेत | लालीगुराँस सांस्कृतिक परिवार कुवेतको आयोजनामा हुन गइरहेको ‘लालीगुराँस सांगीतिक धमाका’को लागि नेपालबाट अतिथि कलाकार कुवेत आइपुगेको छ |
कलाकारहरु उमा श्रेष्ठ, बसन्ती थापा र अमृत खातीलाई कुवेतबासी नेपालीले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका छन् |
बुधबार राती ११:३५ बजे कुवेत आइपुगेका कलाकारहरुलाई कुवेतमा रहेका संघ-सस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी एवं दिदीबहिनी तथा दाजुभाइहरुले दोसल्ला ओडाई फूलगुच्छाले स्वागत गरेका हुन् |
लालीगुराँस सांस्कृतिक परिवार कुवेतले शुक्रबार बृहत सांगीतिक कार्यक्रम गर्दैछ | कार्यक्रमको कार्यक्रम भव्य र सब्य बनाउन सम्पूर्ण तयारी पुरा भैसकेको लालीगुराँस साँस्कृतिक परिवारका अध्यक्ष माधव पौडेलले बताए |
कुवेतमा रहेका संघ-सस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी एवं दिदीबहिनी तथा दाजुभाइहरुलाई कार्यक्रममा गरिमामय उपस्थित जनाएर सफल बनाउन सहयोग गरिदिन अध्यक्ष पौडेलले अनुरोध गरेका छन |
संस्थाले ८औं वार्षिक उत्सवको अवसर परेर सांगीतिक धमाका गर्न लागेको हो | “लालीगुराँस साँस्कृतिक धमाका” नाम दिइएको उक्त कार्यक्रम संस्थाको १२ औं प्रस्तुती हो ||
कार्यक्रम बारे थप जानकारी
मिति : ०६ जुलाई २०१८ शुक्रबार
समय : बिहान ११:०० बजेदेखी
स्थान : इन्डियन कम्युनिटि स्कुल खेतान (खेतानको-अपरेटिभको अगाडी म्याग डोनाल्ड छेउ)