आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

चक्रपथमा मोनोरेल बनाउन चिनियाँ कम्पनीको प्रस्ताव

परदेशी खबर १५ बैशाख २०७५, शनिबार १४:५४ मा प्रकाशित ( ५ साल अघि) ५९६ पाठक संख्या

वैशाख १५, काठमाडौँ l चिनियाँ कम्पनीले काठमाडौं उपत्यकामा मोनोरेल (सडकमाथि गुड्ने रेल) निर्माण गर्न प्रस्ताव पेस गरेको छ । चिनियाँ कम्पनी सीआरसीसीले काठमाडौं उपत्यकाको चक्रपथमा दुई वर्षभित्र मोनोरेल निर्माण गर्ने प्रस्ताव गरेको जानकारी महानगरपालिकाको सार्वजनिक–निजी साझेदारी इकाईका प्रमुख महेश काफ्लेले दिए ।

‘चक्रपथको २७.२ किलोमिटर सडकमा दुई वर्षभित्र मोनोरेल गुडाउने योजनासहित सीआरसीसीले पेस गरेको प्रस्तावमाथि महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायत पदाधिकारीले छलफल गरिरहनुभएको छ,’ उनले भने । चिनियाँ कम्पनीले पहिलो चरणमा प्रस्तावमा मोनोरेल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्ने प्रस्तावमा गरेको छ ।

अध्ययन सकिएपछि कम्पनीले निर्माण थाल्ने प्रस्तावसमेत गरेको छ । मोनोरेल सञ्चालनका लागि दुई लेनको ट्रयाक र आठवटा पुल बनाउनुपर्ने प्रस्तावमा उल्लेख भएको खबर आजको कान्तिपुर अनलाइनमा प्रकाशित छ