आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

एसियन कप क्वालिफायर : यमनसँगको खेलका लागि नेपाली टोली घोषणा

परदेशी खबर ६ चैत्र २०७४, मंगलवार २०:४९ मा प्रकाशित ( ६ साल अघि) २१५ पाठक संख्या

एसियन कप क्वालिफायर : यमनसँगको खेलका लागि नेपाली टोली घोषणा

 मार्च २०,काठमाडौं : एएफसी एसियन कप क्वालिफायरअन्तर्गत यमनसँगको दोस्रो लेगका लागि २० सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ।

नेपालका मूख्य प्रशिक्षक ग्योतोकी कोजुले मंगलबार टोली घोषणा गरेका हुन्। नेपाल र यमनबीचको खेल अर्को साताको मंगलबार कतारको दोहामा हुँदैछ।

यसअघि खेलेका ५ खेलमा जित हात पार्न नसकेको नेपाल समूहमा पुछारमा छ र एसिया कपमा छनोट हुने सम्भावना सकिसकेको छ।

काठमाडौंको हलचोकमा भएको पहिलो लेगको खेलमा नेपालले यमनलाई गोलरहित बराबरीमा रोक्दै १ अंक जोडेको थियो।

समूह चरणमा नेपालले ताजिकिस्तानसँगको दुवै खेल हारेको थियो भने फिलिपिन्ससँग एक खेलमा पराजय बेहोर्दा अर्को खेल बराबरी खेलेको थियो।

२० सदस्यीय नेपाली टोली

गोलकिपर : किरण चेम्जोङ, बिकेश कुथु र एलन न्यौपाने

डिफेण्डर : विराज महर्जन, रजिन धिमाल, अनन्त तामाङ, दिनेश राजवंशी, आदित्य चौधरी, देवेन्द्र तामाङ

मिडफिल्डर : रोहित चन्द, विशाल राई, सुजल श्रेष्ठ, अञ्जन विष्ट, सुनिल वल, हेमन गुरुङ, हेमन्त थापामगर

स्ट्राइकरः विमल घर्ती मगर, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, सुमन लामा

पहिलोपोस्टबाट