आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

विदेशी भूमिबाटै संगीत क्षेत्रमा अगाडी बढ्दै गायक श्याम बुढा क्षेत्री

परदेशी खबर २९ कार्तिक २०७३, सोमबार १५:५४ मा प्रकाशित ( ७ साल अघि) १८३ पाठक संख्या

img_7538

यामराज बिष्ट/ नोभेम्बर १४, मलेसिया। पछिल्लो समयमा धेरै नव सर्जकहरु बजारमा अाउने क्रम जारी छ । नेपाली गीत संगीत मन नपराउनेहरु कुन नेपाली होला र? यस्तै जुम्लामा जन्मिएर हाल सुर्खेतलाई स्थाई वसोवास चुनेका लोक गायक श्याम बुढा क्षेत्री प्रवास भूमिबाट नै अाफ्नाे यात्रा अगाडी बढाई रहेका छन् ।

सानै उमेरदेखी नै गीत-संगीत प्रति अभिरुची राख्दै आएका स्वरका धनि तर आर्थिक तथा भौगोलिक हिसाबले पिछडिएका गायक श्याम बुढा क्षेत्री यतिबेला विदेशी भूमिबाट नै संगीत क्षेत्रलाई अगाडी बढाएका छन् । “माया गरी संसार टिकायौ” बाट यात्रा सुरुवात गरेका बुढा क्षेत्री यतिबेला स्टेज कार्यक्रम देखि लय सृजना शब्द पनि लेख्न तिर निकै व्यस्त छन्।

भनिन्छ मान्छेको कला भनेको न राेकेर राेकिन्छ न छेकेर छेकिन्छ साच्चिकै रहेछ ।परिवारिक समस्या र समय परिस्थितीले मलेसिया पुगेका लाेक गायक श्याम बुढा क्षेत्री यतिबेला मलेसियामा नोकरीको साथ साथै आफ्नो सांगीतीक यात्रालाई अघि बढाउन सफल भएका छन्। रेडियोमा गीत बजिरहेको बेला म पनि गायक बन्न पाएको भए भनेर कल्पना मात्र गर्ने क्षेत्री यति बेला अाफ्नाे सपना पूरा हुँदा खुशी छु, उनी बताउँछन् । रबिलाल बिसीको लय र यामराज बिष्टको शब्दमा रहेको गीतमा र मुना थापा मगरसंग स्वर दिएका गायक क्षेत्री त्यसपछि दशै “सम्झि ए हजुर साह्रै मन रुन्छ” बजारमा ल्याए अहिले पछिल्लो समयमा उनका शुभचिन्तकहरुको राम्रो प्रतिक्रियाले उनमा थप उत्साह र जोश थप्ने काम गरेका कारण अहिले नयाँ गीतहरु बजारमा थुप्रै ल्याउने तयारीमा छु, उनले थपे।

img_7539