आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

साईप्रसमा झापा दमककी निशा राईको मृत्यु

परदेशी खबर ९ श्रावण २०७५, बुधबार १८:०९ मा प्रकाशित ( ५ साल अघि) २६० पाठक संख्या

माया लोप्चन तामाङ/ जुलाई २५,साईप्रस | रोजगारीको सिलसिलामा विगत डेट वर्ष पहिले झापा दमक घर भइ साईप्रसमा आइपुगेकी पासपोर्ट नम्बर १०४५४४५५ वर्ष २८ की निशा राईको २० जुलाई २०१८ शुक्रबार राती निधन भएको हो ।

निशा राईको निधनको खबर पाए पनि पुरा विवरण पाएकी थिएन तर आज २५ जुलाईमा एनआरएनए साईप्रसका अध्यक्ष सुवास मल्लले एनआरएनए साईप्रसको फेसबुक पेज मार्फत मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सार्वजनिक गरेका छन्।

साईप्रसको लार्नाकामा कार्यरत रहेकी मृतक निशा राईको पोस्टमार्टम ईक्जामिनेशन अनुसार मृत्युको कारण Suffocation by Bronchial hanging बाट भएको जानकारीमा प्राप्त भएको र पार्थिव शरिर नेपाल पठाउने बारेमा insurance agency र funeral company सँग कुराकानी भईरहेको छ भनि अध्यक्ष मल्लले फेसबुकमा प्रष्ट्याएको छ।

यस दुखद घडीमा मृतक राईको पार्थिव शरिरलाइ नेपाल लैजान र यो जटिल परिस्तिथिमा गहिरो पिडामा रहेको उहाको परिवारलाई सक्दो सहयोग गर्न होनरि कन्सुलेट र एनअारएनए साईप्रस लागि परेको छ भन्दै आकस्मत घट्ने यस्ता घटनाहरु र अप्ठ्यारोमा परेका नेपालीहरुलाई सहयोग गर्नको लागि साईप्रसमा रहेका नेपालीवासीहरुलाई अनुरोध समेत गरेको छ।