आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

गजल कस्तो अचम्म !??

परदेशी खबर १० कार्तिक २०७३, बुधबार २१:४९ मा प्रकाशित ( ७ साल अघि) ३३७ पाठक संख्या

 

 

कमल के थापा

कमल के थापा

अाँखा जुध्दा प्यार हुने कस्तो अचम्म
हेर्ने दर्शक लाचार हुने कस्तो अचम्म

दुई मुटु जोडिदा संञ्चार भए खुसीको
बिवाहा गर्न हतार हुने कस्तो अचम्म

कति दर्दनाक छन् पिडा हरु छोरीका
बाबु बाटै प्रहार हुने कस्तो अचम्म

एउटा राजा हटाएर तीन राजा अाए
सुन्दा पनि बेकार हुने कस्तो अचम्म

शान्तिको प्रतिक बुद्ध जन्मेको नेपालमा
दिन दाहाडै काटमार हुने कस्तो अचम्म

भष्टचार नर्मुल पार्न संगठीत संस्था मा
प्रमुख अायुक्त गद्दार हुने कस्तो अचम्म

हेर्दै मन लोभ्याउने कमलको फूलमा पनि
हाँगा पात संगै झार हुने कस्तो अचम्म

 

 

कमल के थापा 

मुगू नेपाल् 

हाल युएई