सुरज बिक निर्दोष

 
 

गजल- तिमी गएदेखि "सुरज निर्दोष"

    न्यास्रो छ प्यारा घर आगनि तिमी गए देखि लाउनै छोड्यो अचेल बाडुल्कि तिमी गए देखि रमाईला लाग्थे बन पाखा हरिया डाँडा काँडा जानै मन लाग्दैन गाई गोठालि तिमी गए देखि मध्य रातका जुन ताराले गिज्याउछन मलाई एक्ली हुन्छु भिजाउछु सिरानि तिमी गए देखि मन दुखेको छ अनि तन दुखेको छ मेरो प्यारा केही पाउदै पाएन मैले ओखति तिमी गए देखि साँझ पर्छ लोरी सुनाएर सुताउन सुताउछु मैले बिहान नहुदै बोलाउछे छोरी तिमी गए देखि दिन चार्य त ओखल जाँतो मेलापात गर्दै बित्छ कटाउनै धौ धौ पर्छ मध्य रातीफुर्सदमा


गजल बानी परेको छ

  सोलमारि गएर टुच्च,,लाउने बानि परेको छ तिनपाने संग दुख मिसाउने बानि परेको छ असाध्यै मन पर्न थालि त्यो नकचरि साहुनि आसै आसमा टुच्च,,लगाउने बानि परेको छ साथि रोजेको छु गिलास बोतल अनि भट्टि नसामा रमाउदै दुख लुकाउने बानि परेको छ पलपल नसामा डुबेको,, हुन्छु अचेल म पनि सोलमारि पुगि दुख भुलाउने बानि परेको छ यो नसा भन्ने चिज पनि गज्जबको रहेछ बुझे रात दिन खुट्टा लरखराउने बानि परेको छ             सुरज बिक निर्दोष लयाटि ७ तप्सि अछाम हाल मुम्बई भारत


दशैं तिहार बिशेष मुक्तक दोहोरी -माईती र चेलीको

  गाउँमा लाहुरे डुल्दा ,,,दादा आउनु भएन धानका बाला झुल्दा दादा आउनु भएन यसपालि तिहारमा आशैआशमा जाने भो मखमली फुल फुल्दा,, दादा आउनु भएन मन्जु मञ्जरी दसै तिहार बहिनी ,रोएरै जाने भयो तिम्रै हातमा माला लाउने ईच्छा रयो आउला भनेथे ,,अहिले साल दसैमा बहिनी यो साल, फेरि परदेशमै गयो सुरज बिक निर्दोष मनका रहर सधै ,,,यसरी टुट्ने भए दादा अहिले पनि आखाँमा मुल फुट्ने भए दादा सधै आउछु भन्नु हुन्छ आउदै आउनु हुन्न यस्तै गर्दै धेरै दसैँ तिहार छुट्ने भए दादा मञ्जरी लामिछाने गरिब लाई दशै ,,तिहार किन आउछ ब्यर्थैफुर्सदमा


दशैं तिहार बिशेष गजल

  दशै अनि तिहार आयो फेरि रुन पर्ने होला बुढि आमा प्यारि लाई मेरि रुन पर्ने होला फर्किदै होलान साथि ,,,,भाई मुग्लान बाट बहिनी तिम्ले कठै बाटो हेरि रुन पर्ने होला कस्ले पैरि देला खै?सयप्रति फुलको माला बैनि फोटो अङ्गालोमा बेरि रुन पर्ने होला रंगि चङ्गि फुल,,, फुले होलान आगन भरि निहार्सो हालो ,,,हाम्रो मझेरि रुन पर्ने होला देउसि भैलो,,,,खेल्दै साथि संगिनि संगको आउँछ याद,,फेरि सम्झे खेरि रुन पर्ने होला           सुरज बिक निर्दोष लयाँटि ७ तप्सि अछाम हाल : मुम्बई भारत


गजल गाउमै छुटेका छन्

  जो थे आफ्ना हरु मेरा गाउँमै छुटेका छन् हरियालि ,पाखा पखेरा गाउँमै छुटेका छन् साहुको रिण थाप्लोमा बोकि मुग्लान पसे आमा बा प्यारि बचेरा गाउँमै छुटेका छन् जस्ले मलाई आफु भन्दा नि धेरै माया गर्थे यी नयन भित्रका चेहेरा गाउँमै छुटेका छन् खुल्ला आकाश देखिएनि शिर ढाकेको थ्यो बचपन गुजारेका कटेरा गाउँमै छुटेका छन् मेरै जस्तै दुखेसो पोख्ने परदेशि भेटे आज भन्यो आफ्ना मेरा तेरा गाउँमै छुटेका छन् रमाउथे मैले ती पुरातात्त्विक बस्तु संग पाटि पौवा पानी पधेरा गाउँमै छुटेका छन्           सुरज बिक निर्दोषफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

एनआरएनए कतारको अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान भारी मतले विजयी

कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस