साहित्य

 
 

~~कविता~~

~~कविता~~   भने जस्तो सोचे जस्तो, ठाँऊ कतै छैन। साँचो कुरा सम्म यहाँ, बोल्न पाइन्दैन। कोइकसैको आड लिई, सोझालाई हेप्छन। पहुँचवालाले’नि सधै, आफ्ना काखी चेप्छन। सोझा सिधाहरु सँधै, अन्यायमा पर्छन। मान्य गुन्यहरु पनि, कोल्टे निशाफ गर्छन। कहाँ होला निमूखाले, मुक्ति पाँउने ठाँउ? रणभूलमा परें न्याय, खोज्दै कहाँ जाँउ? नबोल्नेको चामल रहन्छ,बोले पिठो बिक्छ। सोचिर’न्छु यस्तै चलन, कतिन्जेल टिक्छ। ईमान्दारको उच्च शिर, ढलेको छ यहाँ। जस्को शक्ति उस्कै भक्ति, चलेको छ यहाँ। शोषण गरि सम्पतीको, राश लाँउनेहरु। मर्दा खाली हातै जान्छौ, खाली आँउनेहरु। सबै कुरा बुझेर नि,अबुझ किन बन्नु ? बुझेरफुर्सदमा


अनेसास कुवेतको ९औं बार्षिक उत्सव तथा २०६औं भानु जयन्ती कार्यक्रम सम्पन्न

परदेशी खबर/ जुलाई १४, कुवेत। गत १२ जुलाई शुक्रबारको दिन कुवेतको जिलिब स्थित पपिन्स हलमा अनेसास कुवेत च्याप्टरले आफ्नो ९औं बार्षिक उत्सव तथा २०६औं भानु जयन्ती कार्यक्रम विविध बिधाका रचनाहरु वाचन गरि भब्यताका साथ सम्पन्न गरेको छ। अनेसास कुवेत च्याप्टरको अध्यक्ष हिमाल अन्जानको सभापतित्वमा गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथीमा नेपाली दूतावास कुवेतका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारी तथा बिशेष अतिथी नेपाली दूतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्माको रहेका थिए यसैगरी विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, खेलाडी, कलाकार, पत्रकार, मिडियाकर्मी, साहित्यप्रेमी र साहित्य सर्जकहरुको बाक्लो उपस्थिति भएको उक्त कार्यक्रमको संयोजकफुर्सदमा


अनेसास कुवेतको वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम स्थगित

परदेशी खबर/ मे १७, कुवेत। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले अागामी ३१ मे २०१९ शुक्रबारका दिन गर्ने भनिएको ९ औं वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम विविध प्राविधिक कारणले रोकिएको वार्षिक उत्सव अायोजक मुल समितिका संयोजक प्रसाद तिम्सिनाले जानकारी दिएका हुन । वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम गर्ने भनिएको ३१ मे को दिन इस्लाम धर्मको पवित्र धार्मिक महिना रमजान नसकिने तथा कार्यक्रम हलमा दिउँसोको कार्यक्रम गर्न असहज भएकोले तत्कालको लागि कार्यक्रम स्थगित गरिए पनि छिट्टै अर्को सूचना जारी गरि वार्षिक उत्सव र साहित्य वाचन कार्यक्रम बारे जानकारी गराउनेफुर्सदमा


अम्बिका याम्फु अनमोल को 'मोहक मकालु' र शान्ता खवासको 'पराइको नजरमा' मुक्तक संग्रह विमोचित

काठमाण्डौ,१६ बैशाख । नेपाल मुक्तक प्रतिष्ठानका आजीवन सदस्यद्वय अम्विका याम्फु “अनमोल”को “मोहक मकालु” मुक्तक संग्रह र शान्ता खवास भुजेलको ‘पराईको नजरमा’ मुक्तक संग्रह बैशाख १५ गते काठमाण्डौंमा प्रतिष्ठानको एउटै ब्यानरमा संयुक्त रुपमा लोकार्पण गरिएको छ । बरिष्ठ साहित्यकार तथा प्रतिष्ठानका सल्लाहकार चेतन कार्कीलेको प्रमुख आतिथ्यमा सम्पन्न लोकार्पण समारोहमा नेपाली साहित्य, कला, संगीत क्षेत्र लगायत सदस्यद्वयका आफ्ना आफन्त र परिवारजनको उपस्थिति रहेकोलथियो । कार्यक्रममा प्रमुख अतिथि कार्कीले भन्नु भयो – नेपाली मुक्तक अब नेपालमा मात्र सीमित रहेन, यसले विश्वव्यापी रुप लिई सक्यो ।उहाँले दुबै जनाको मुक्तक कृति पढेको कुरा सुनाउँदै भनेफुर्सदमा


गजल – के गर्न खाेज्याैं?

          सधैं बन्द हडताल के गर्न खाेज्याैं? ए नेता ज्यु नेपाल के गर्न खाेज्याैं? जहाँ बुद्ध जन्में त्यहाँ छैन शान्ति रगतकाे छ अाहाल के गर्न खाेज्याैं? हिजो लुट्नु जनता लुट्याै अाज देश बनाएर कंगाल के गर्न खाेज्याै? जता हेर्छु उस्तै जुलुस छन् सडकमा बुनी युद्धको जाल के गर्न खाेज्याैं? सिमाना मिचें अाज वैरीहरूले नहालेर पर्खाल के गर्न खाेज्याैं।         रञ्जित बाबू नराल(समर्पण )


कविता -"बैचारिक जनक्रान्ति"

  अचेल, घाम नउदाइ अस्ताए झैँ लाग्छ जूनले बाटो बिर्सिएर ढाड फर्काए झैँ लाग्छ र त म अन्धकारको प्रीय बनेको छु । चिरबिर चिरबिर अावाजहरू संकटकालका बिद्रोही भएका छन् कोइलीहरू पनि अचेल पश्चिमा संगीतका प्रीय बनेका छन् मयूर नाच्दैन अचेल हात टेकेर घुट्टा नाच्न सुरू भएदेखि र त मलाई एकान्त प्रीय लाग्न थालेको छ । अह! मैले अाफ्नो उचाइ पत्ता लगाइन मेरा हितैसीहरू सगरमाथा माथि उक्लिएपछि स्वघोषीत म महान् बन्नेहरू अाफ्नै प्रीय बनेका छन् गौतम बुद्धका सन्देश परिमार्जन गर्दै कोही बन्दैछन् दोस्रो शान्ति दुत र त मलाई शान्ति अपत्यारिलो लाग्नफुर्सदमा


दिपक नेपालका -गजल शिशुको लाश भेटेदेखि

        आगोको पोलाई हरायो प्रेममा घसेटेदेखी ! प्यारले बोलाई निन्द्रामा घाँटि अँचेटेदेखी !! आमा प्रति यहीं कारणले विश्वास लाग्दैन ! झाडीमा नवजात शिशुको लास भेटेदेखी !! सुरक्षाको नाममा ढुकुटि रित्याएता पनी ! आस छैन प्रहरी बाट जनता लखेटेदेखी !! उहाँलाई रगतको नाता भनेर भन्दिन ! अपराधी भन्न झूठा कागजाज समेटेदेखी !! अपरिचित लाई दुश्मन मान्न छाडीसके ! सम्पतीमा दाईले भाईको गला रेटेदेखी !!           दीपक नेपाल मार्पाक-५,निमार्चोक धादिङ हाल कुवेत


गजल- तिमी गएदेखि "सुरज निर्दोष"

    न्यास्रो छ प्यारा घर आगनि तिमी गए देखि लाउनै छोड्यो अचेल बाडुल्कि तिमी गए देखि रमाईला लाग्थे बन पाखा हरिया डाँडा काँडा जानै मन लाग्दैन गाई गोठालि तिमी गए देखि मध्य रातका जुन ताराले गिज्याउछन मलाई एक्ली हुन्छु भिजाउछु सिरानि तिमी गए देखि मन दुखेको छ अनि तन दुखेको छ मेरो प्यारा केही पाउदै पाएन मैले ओखति तिमी गए देखि साँझ पर्छ लोरी सुनाएर सुताउन सुताउछु मैले बिहान नहुदै बोलाउछे छोरी तिमी गए देखि दिन चार्य त ओखल जाँतो मेलापात गर्दै बित्छ कटाउनै धौ धौ पर्छ मध्य रातीफुर्सदमा


नगेन्द्र वरूम्हांग(मास्वा) कविता मेरो देश नेपाल

जननी जन्म भुमि,मेरो देश नेपाल किन छौ आज निराश,किन अँध्यारो तर्फ बढि रहेछौ सुन्दर हिमाल,समतल तराई अनि हरियाली बन जंगल पहाडले बनेको मेरो देश नेपाल । जन्मायौ यहि देशमा वीर सपुतहरू.. जन्मायौ यहि देशमा हजारौं शहीद हरू.. सधै अटल अनि शान्त, मेरो देश नेपाल ।       विश्वका कुना कुनामा वीर नेपाली भनि चिनायौ.. लडाईको मैदान मा सधै बहादुर बनायौ बीर गोर्खालीको जन्म दाता,मेरो देश नेपाल । चुपचाप छौ आज किन,अस्त ब्यस्त भई तड्पी रहेछ देश न त न्याय छ यहॉ न त कानुन,जीउदो लाश बनि रहेछ जनता उच्चफुर्सदमा


रमेश रसिकका ~ परदेशी जीवन ~

  गुम्सिइएको एक फिल्को हाँसो आँसुमा पकाइएको तिहुन आमाको सम्झनामा पालिएका केही खुसी मुटुका टुक्राहरूको मिलनमा कल्पिएको मन प्राणसरी धड्किरहने जन्मभूमिको माया र प्रेम बस ! यति यतिमै चलिरहेको छ म जस्तै महरूको जीवन न उन्मक्त हाँसो न निस्फिक्री रोदन हिहुँदको सिरेटो जस्तै सताउने घरको याद शिशिर जस्तै उराठ जिन्दगानी अरूद्वारा जीवित बनाइएको मेसिन झैँ म जस्तै म हरूको चलिरहेको जीवन चिलगाडीको प्रतीक्षामा बसिरहेका डाँडा माथिका घामहरूको सम्झनाले बाडुल्कीमा सताइरहेको मन खुसी र हाँसोको निमित्त पराईको निर्मम गाली सुन्न बाध्य यी कानहरु घरको पीडाले सताइरहेको मुटु पुर्खाको ॠण तिर्न गाँठोफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न

कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)

कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस