विजनेस

 
 

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

२४ भदौ, अमलेखगञ्जl  बहुप्रतिक्षित दक्षिण एसियाको पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको उद्घाटन भएको छ। प्रम केपी शर्मा ओली र भारतीय प्रम नरेन्द्र मोदीले स्विच थिचेर पाइपलाइनको उद्घाटन गरेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको हैदरावाद हाउसबाट र नेपालका प्रधानमन्त्री केपी ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट रिमोटको बटन एकै समयमा थिचेर पाइपलाइन उद्घाट्न गरेका हुन्। समाचार साभार अन्नपुर्ण पोष्टबाट


साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

सेवा प्रदायकले दूरसञ्चार सेवा शुल्क सर्वसाधारणबाटै उठाउने ३१ असार, काठमाडौं । साउन १ गतेदेखि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क बढ्ने भएको छ । सरकारले लगाएको दूरसञ्चार सेवा शुल्क इन्टरनेट सेवा प्रदायकले साउन १ देखि ग्राहकबाटै उठाउने निर्णय गरेपछि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क १३ प्रतिशत महंगो हुने भएको हो । गत वर्ष सरकार र इन्टरनेट सेवा प्रदायकले ग्राहकले तिर्नुपर्ने इन्टरनेट शुल्क नबढाउने सहमति गरे पनि इन्टरनेट सेवा प्रदायकले उक्त शुल्क सिधै ग्राहकबाटै उठाउने निर्णय गरेको हो । इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले गत वर्ष गरेको सहमति सरकारले कार्यान्वयन नगरेकाले आफूहरुलेफुर्सदमा


दर्शकहरुको मन जित्दै प्रङ्ना

असिम दोर्जे तामाङ/ अप्रिल १०, काठमाण्डौ l तामाङ कथानक चलचित्र प्रङ्ना नुवाकोट म्यागङ गाउँपालिकाको विभिन्न ठाँउहरुमा बिशेष प्रदर्शन भैरहेको छ । प्रङ्ना प्रदर्शनमा फिल्मका निर्देशक राज किङ वाइबा तथा प्रङ्नाका कलाकारहरु लामा भाइ, प्रीती तामाङ र बिगेन्द्र वाइबा लगायतको सहभागितामा फिल्म म्यागङ-३ देउराली र साबिक देउराली -६ मा हिजो र अस्ति भब्य प्रदर्शन भएको फिल्मका कलाकार लामा भाइले जानकारी दिएको छ । दर्शकहरुको माग बढन थलेपछि आज बुधबार म्यागङ-२ बुङताङमा पनि भब्य प्रदर्शन भएको छ भने किस्पाङका कयौं ठाँउहरुमा समेत प्रदर्शन पक्का भएको फिल्मी पक्षले बताएको छ । गाउँपालिका प्रमुखफुर्सदमा


यातायात मन्त्री र व्यवसायीबीच सिन्डिकेट तोड्न औपचारिक सहमति

यातायात क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन कार्यदल बनाइने वैशाख २४, काठमाडौँ l आइतबार मध्यरातमा यातायात मन्त्रालय र व्यवसायीबीच विधिवत रुपमा नै सिन्डिकेटको अन्त्य गर्ने सहमति भएको छ । यातायात मन्त्रालयमा भएको बैठकमा यातायात व्यवसायीहरुले यातायात मन्त्री रघुविर महासेठ, मन्त्रालयका सचिव लगायत विभागका महानिर्देशकसँग सिन्डिकेट अन्त्य गरी कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरी सहमति गरेका छन्। उनीहरुले यातायात क्षेत्रमा रहेको सिन्डिकेट हटाउँदै जारी बन्द–हडतालका सम्पूर्ण कार्यक्रमहरु औपचारिक रुपमा फिर्ता लिँदै सरकारको कदमलाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्। आइतबार सरकार र व्यवसायीबीच भएको सम्झौता बारे जानकारी दिन आयोजना गरिएकोफुर्सदमा


निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्यो 

रासस चैत २०, काठमाडौं l  नेपाल आयल निगमले केही पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार सोमबारदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई÷दुई रुपैयाँका दरले मूल्यवृद्धि गरिएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १०५, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ८५ कायम भएको छ । निगमले पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै स्वचालित मूल्य प्रणालीअनुरुप मूल्य समायोजन गर्दै आएको उज्यालो अनलाइनमा समाचार प्रकाशित छ l


केहि समय अगाडि नेपालको अदुवा किन्न छाडेको भारतले कुचोमा पनि रोक

माघ १७, इलाम। एकसाता अघिदेखि भारतले कुचो निकासीमा रोक लगाएपछि इलामका किसान र व्यापारी दोहोरो मारमा परेका छन् । केहि समय अगाडी अदुवा किन्न छाडेको भारतले अहिले पूर्वी पहाडका जिल्लामा उत्पादित कुचोसमेत निर्यात नगरेपछि कुचो उत्पादन गर्ने किसान निराश बनेका छन् । इलाम ,माघ १७ – एकसाता अघिदेखि भारतले कुचो निकासीमा रोक लगाएपछि इलामका किसान र व्यापारी दोहोरो मारमा परेका छन् । केहि समय अगाडी अदुवा किन्न छाडेको भारतले अहिले पूर्वी पहाडका जिल्लामा उत्पादित कुचोसमेत निर्यात नगरेपछि कुचो उत्पादन गर्ने किसान निराश बनेका छन् । कुचो भारत निर्यात हुने मुख्यफुर्सदमा


कुटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालय बन्द गराउन प्रस्ताव

रासस माघ २, काठमाडौं l कुटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालयलाई नियमन र व्यवस्थित गर्न स्पष्ट नीति नदेखिएका स्थितिमा उच्चस्तरीय शिक्षा आयोगले यस्ता विद्यालयलाई क्रमशः बन्द गराउने प्रस्ताव गरेको छ । आयोगले जथाभावी रुपमा खोलिएका त्यस्ता विद्यालयलाई थप नियमन गरी क्रमशः बन्द गराउन प्रारम्भिक सिफारिस गरेको छ । आयोगको विज्ञ समूहले तयारी गरी गएको पुस ४ गते आयोगका अध्यक्ष एवं उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई बुझाइएको प्रतिवेदनमा भनिएको छ, “कुटनीतिक नियोग तथा विदेशीले गैह्रकानुनी रुपमा बलमिचाइपूर्वक विद्यालयहरु खोलेका छन्, यससम्बन्धी स्पष्ट मापदण्ड तोकी त्यस्ता विद्यालयको सङ्ख्या तोकिनुपर्छ ।” आयोगले कुटनीतिक नियोगको प्रयोजनकाफुर्सदमा


भारतले दिएको सिमा अनुसार प्रक्तिव्यक्ति साढे ४ हजारका दरले भारु साट्न निर्देशन

चैत्र २९, काठमाडौं l भारतले दिएको सिमा अनुसार प्रक्तिव्यक्ति साढे ४ हजारका दरले प्रतिवन्धित भारु पाँच सय र हजार दरका नोट सटही गर्न सरकारले राष्ट्र बैंकलाई निर्देशन दिएको छ । अर्थमन्त्रालयले मंगलबार राष्ट्र बैंकलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो । ‘पहिलो चरणमा भारतको प्रस्ताव बमोजिम भारु साढे ४ हजारका दरले सटही गर्न राष्ट्र बैंकलाई भनेका छौं,’ अर्थमन्त्रालय स्रोतले भन्यो, ‘ थप भारु सटहीका लागि राष्ट्र बैंक र सरकार दुबै तहबाट पहल गर्ने निर्णय भएको छ ।’ अर्थमन्त्रालयले राष्ट्र बैंकले तयार गरेको मोडालिटी अनुसार बैंकमार्फत साट्न राष्ट्र बैंकलाई निर्देशन दिएकोफुर्सदमा


अब प्रिपेड मोबाइलमा पनि फोर–जी सेवा

माघ २२ , काठमाडौं l नेपाल टेलिकमले शनिबारदेखि प्रिपेड मोबाइल प्रयोगकर्तालाई पनि फोर–जी सेवा दिने भएको छ । आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा शनिबारदेखि काठमाडौं र पोखराका प्रिपेड सिम प्रयोगकर्तालाई पनि फोर–जी सेवा दिन लागेको हो । टेलिकमका प्रवक्ता प्रतिभा वैद्यका अनुसार फोर–जीका लागि काठमाडौंमा ३ सय ८ वटा बिटिएस टावरलाई अपग्रेड गरिएको छ । यस्तै पोखरामा ७९ वटा टावरको स्तरोन्नति गरिएको छ । झण्डै ३९ करोड रुपैयाँ खर्चिएर फोर–जी सेवा सुरु गरेको टेलिकमले जनाएको छ । गएको पुस १७ गतेदेखि काठमाडौं र पोखराका पोष्टपेड ग्राहकलाई टेलिकमले फोर–जी सेवा दिइरहेकोफुर्सदमा


सुन तस्करीमा विमानस्थलको ‘सेटिङ’ बरामदपछि एकले अर्कालाई दोषारोपण

पुस २४, काठमाण्डौ l त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५४ वटा सुरक्षा पोस्ट छन् । भन्सार र अध्यागमनका छुट्टाछुट्टै चेकजाँच हुन्छन् । राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र प्रहरीको प्रतिआतंकवाद युनिटसमेत क्रियाशील छन् । तिनको अनिवार्य रेकी हुने गर्छ । यति हुँदाहुदै यहींबाट ठूला–ठूला तस्करीका घटना हुने गर्छन् । कसरी सम्भव हुन्छ यो ? विमानस्थलको भन्सार पार गरेर आएको ३३ किलो अवैध सुन बरामदको पछिल्लो घटनाले यहाँको सुरक्षा प्रणालीमाथि गहन प्रश्न उठाएको छ । जवाफमा सबै निकाय एकले अर्कालाई दोष दिन्छन् । जानकारहरू भन्छन्, ‘सबैको मिलेमतोमा हुने सेटिङबिना यस्ताफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

आदिवासी जनजाति प्रथम अन्तर्राष्ट्रिय सम्मेलन शुरू

स्थानीय तहका पदाधिकारीलाई दिइने सेवा सुविधासम्बन्धी कानुन बदर

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस