राष्ट्रिय समाचार

 
 

एएसबिसी एसियन स्कुल ब्वाईज बक्सिंग च्याम्पियनसिपमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दै

परदेशी खबर / अगष्ट ४, कुवेत l एएसबिसी एसियन स्कुल ब्वाईज बक्सिंग च्याम्पियनसिपका लागि नेपालबाट आएका बक्सिङ्ग खेलाडी छिरिङ वाङ्दी शेर्पाले भोलि ०५ अगष्ट २०१९ का दिन कुवेतको समय अनुसार ४:०० बजे उज्गेस्तान संग क्वाटर फाइनलमा प्रतिस्पर्धा गर्दै छन् । नेपालले सिधै बाइ पाएर क्वाटर फाइनलमा प्रवेश गरेको हो । भोलीको उक्त खेल कुवेत स्पोर्ट्स क्लब कैफानमा हुँदैछ । कुवेत स्पोर्ट्स क्लब कैफान (बस स्टप) नजिकै रहेको छ । गत अगष्ट १ देखि सुरु भएको बक्सिंग आगामी ९ तारिकसम्म हुनेछ । युवा उमेर देखि नैबक्सिंगमा सहभागिता जनाउने उदेश्यले एएसबीसीले पहिलोफुर्सदमा


मंसिरमा १४ उपनिर्वाचन गर्ने सरकारी निर्णय

काठमाडौं, १७ साउन । सरकारले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त ५० स्थानका लागि आगामी १४ मंसिरमा उपनिर्वाचन गर्ने निर्णय गरेको छ । राजधानी दैनिकले समाचार छापेकाेछ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रिक्त पदमा आगामी १४ मंसिरमा निर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि बिहीबार मध्यान्ह निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका ५० स्थानमा १४ मंसिरमा उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । आयोगको सो सुझावअनुसार नै सरकारले १४ मंसिरका लागि मिति तोकेको हो । बिहीबार प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका रफुर्सदमा


सरकारको निर्णयपछि झण्डै एक दर्जन सार्वजनिक बिदा कटौती, २०७५ सालमा कुन–कुन दिन सार्वजनिक बिदा ?

चैत १५, काठमाडौं l सरकारको निर्णयपछि झण्डै एक दर्जन सार्वजनिक बिदा कटौती हुने भएका छन् lवैशाख ११ को लोकतन्त्र दिवस, जेठ १५ को गणतन्त्र दिवस, माघ १६ को शहीद दिवस, पुस २७ को राष्ट्रिय एकता दिवस र फागुन ७ गतेको प्रजातन्त्र दिवसमा अब बिदा हुने छैन । यसको सट्टा संविधानसभाबाट संविधान जारी भएको दिन असोज ३ गतेलाई भव्य रुपमा राष्ट्रिय दिवसका रुपमा मनाउने सरकारले निर्णय गरेको छ । बिदा नदिइएपनि ती दिवसमा औपचारिक कार्यक्रम भने हुनेछन् । यस्तै दसैंको घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमाको बिदा पनि कटौती भएको छ ।फुर्सदमा


रातारात हटाइएको प्रथम शहीद लखन थापाको शालिक पुनस्थापना हुने क्षमायाचनासहित १० बुँदे सहमति, पुनर्निर्माणको नेतृत्व मगर संघले गर्ने

सेप्टेम्बर २६ l पोखरा लेखनाथ महानगरपालिकाले पोखराकै अति व्यस्त चोकको रुपमा रहेको लखनचोकमा रहेको नेपालका प्रथम शहीद लखन थापाको शालिक रातारात हटाएपछि आएको चौतर्फी बिरोधपछि तत्स्थानमै शालिक पुनस्थापना हुने भएको छ । शालिक हटाइएपछि आक्रोशित बनेका मगर समुदायलगायत सर्वसाधारणले विभिन्न माध्यमबाट चौतर्फी चर्को विरोध गरेपछि अन्ततः प्रशासन झुक्न बाध्य भएको हो । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष धर्म गुरुङको विशेष पहलमा भएको वार्ताबाट १० बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय, कास्की, पोखरा लेखनाथ महानगरपालिका र नेपाल मगर संघ कास्कीबीच भएको त्रिपक्षीय सहमति अनुसार मगरफुर्सदमा


३८ भारुको बल्ब ६५ मा किनिँदै, खरिद ऐनविपरीत मन्त्रिपरिषद् निर्णयमा ‘ठूलो आर्थिक चलखेल

वैशाख २५, काठमाडौं l विद्युत् प्राधिकरणले भारतमा ३८ भारतीय रुपैयाँ (६० रुपैयाँ ८० पैसा) पर्ने ९ वाटको एलईडी बल्ब विद्युत् प्राधिकरणले ६५ भारु (१०४ नेपाली रुपैयाँ) मा खरिद गर्न लागेको खुलेको छ । सार्वजनिक खरिद ऐनविपरीत बिनाप्रतिस्पर्धा प्राधिकरणले भारतीय कम्पनीसित कम मूल्यका बल्ब डेढीभन्दा बढी भाउमा खरिद गर्न लागेको हो ।   प्राधिकरणले भारतीय कम्पनी इनर्जी इफिसियन्सी सर्भिसेज लिमिटेड (ईईएसएल) सित २ अर्ब ८ करोड रुपैयाँमा २ करोड थान बल्ब खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणका उच्च अधिकारीहरूले ठूलो आर्थिक चलखेल गर्न ३८ भारुकोफुर्सदमा


सुरु भयो खिम्ती ढल्केबर प्रसारण लाइन, ७ सय मेगावाटसम्म विजुली आदान प्रदान गर्न सकिने

माघ २०, काठमाडौं l खिम्ती ढल्केबर विद्युत प्रसारण लाइन बिहीबारबाट सञ्चालनमा आएको छ । दोलखाको खिम्तीमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २ सय २० केभीको खिम्ती ढल्केबर प्रसारण लाइनको उद्घाटन गर्नुभएको हो । प्रसारण लाइनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालकै पहिलो २ सय २० केभीको प्रसारण लाइनको उद्घाटन गर्न पाउनु हर्षको कुरा भएको र यो देशकै लागि महत्वपूर्ण भएको बताउनुभयो । उहाँले सबै विकासका आयोजना समयमै सम्पन्न गर्न र गुणस्तरीयताका लागि प्रतिस्पर्धा गरेमात्र देशको मुहार बदल्न सक्ने बताउनुभयो । यस्तै कार्यक्रममा उर्जामन्त्री जनार्दन शर्माले सरकारले सञ्चालन गरेको उज्यालो नेपाल अभियानलेफुर्सदमा


विद्य‍ुत प्राधिकरण सञ्चालक समितिका तीन सदस्य बर्खास्त

उर्जा मन्त्रीद्वारा कार्यकारी निर्देशक कुलमान घिसिङलाई असहयोग गरेको भन्दै बर्खास्त बलराम बानियाँ / डिसेम्बर १९, काठमाडौ – उर्जा मन्त्री जनार्दन शर्माले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई असहयोग गरेको भन्दै  प्राधिकरण सञ्चालक समितिका तीन सदस्यलाई बर्खास्त गरेका छन् । मन्त्री शर्माले कार्यकारी निर्देशक घिसिङलाई लोडसेडिङ घटाउन मद्दत गर्नुको साटो अवरोध गरेको भन्दै उनीहरुलाई सोमबार बर्खास्त गरेका हुन् । उर्जा मन्त्रीस्तरीय निर्णयबाट सञ्चालक सदस्य लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेले बुझाएको स्पष्टिकरण चित्त बुझ्दो नभएपछि हटाइएको जनाइएको छ । लोडसेडिङ मुक्त बनाउने अभियान र घिसिङलाई असहयोग गरेपछि मन्त्रालयले उनीहरुलाईफुर्सदमा


यसरी चोरी हुन्छ ९ अर्बको बिजुली

डिसेम्बर २३,काठमाडौंः विद्युत् प्राधिकरणले चुहावट नियन्त्रण अभियान सुरु गरेको दुई महिनामा करिब तीन प्रतिशत नियन्त्रण गरे पनि अझै एक अर्ब आठ करोड युनिट बिजुली गायब भएको छ । औसत बिक्री मूल्यका हिसाबले यो चुहावटबाट प्राधिकरणलाई ठाडै नौ अर्ब ३० करोड रुपैयाँ (प्राधिकरणको वार्षिक घाटाभन्दा बढी) नोक्सान परेको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले सोमबार तयार पारेको आँकडाअनुसार जडित क्षमताका आधारमा प्रणालीमा हाल स्वदेशका निजी क्षेत्रले उत्पादन गरिरहेको दुई सय एक मेगावाट बराबरको बिजुली चुहावट भएको छ । यति बिजुली उत्पादन गर्ने आयोजना निर्माण गर्न अहिलेको मूल्यमा ३० अर्बफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

एनआरएनए कतारको अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान भारी मतले विजयी

कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस