राष्ट्रिय

 
 

नेपालकी पुष्पा बस्नेत बनिन् सिएनएन सुपर हिरो

मंसिर २७, काठमाडौं l नेपालकी पुष्पा बस्नेतले सिएनएन सुपर हिरो अवार्ड जित्नु भएको छ । अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्ड प्रदन गर्न गरेको १० वर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट सुपर हिरो अवार्ड प्रदान गरेको हो । नेपालकी बस्नेतले यसअघिका चार सिएनएन हिरोलाई पछि पार्दै सुपर हिरो अवार्ड जित्नुभएको हो । सिएनएन सुपर हिरोका लागि नेपालकी बस्नेतसहित पाँच जना पूर्व सिएनएन हिरो मनोनयनमा परेका थिए । कारागारमा रहेका अभिभावकका बालबालिकालाई काठमाडौंको बुढानीलकण्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधासहित शिक्षादीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गरेकोमा सिएनएनले बस्नेतलाई सन्फुर्सदमा


पाकिस्तानलाई एक्लाउने भारतीय योजना विफल, सार्क सम्मेलन तोकिएकै मितिमा गर्न नेपालको आग्रह

सेप्टेम्बर ३०, काठमाडौं । भारतका कारण १९ औं सार्क शिखर सम्मेलन अनिश्चित बन्दै गएका बेला नेपालले भने तोकिएकै मितिमा बैठक सम्पन्न गर्नुपर्ने अडान सार्वजनिक गरेको छ । पाकिस्तानलाई एक्ल्याउने भारतीय नीतिलाई बंगलादेश, अफगानिस्तान र भुटानले पच्छ्याए पनि सार्कको अध्यक्षता गरिरहेकेा नेपालले भने भारतीय भूमिकाप्रति असहमति प्रकट गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सबै सदस्य राष्ट्र सार्क चार्टरको भावनाअनुरुप बढ्नुपर्नेमा जोड दिएको छ। सार्कको १९ औं शिखर सम्मेलन नोभेम्बर ९ र १० मा पाकिस्तानमा गर्ने तय भएको थियो । तर भारतले पाकिस्तानसँगको तनावका कारण सार्कमा सहभागी हुन नसक्ने जनाएकोफुर्सदमा


मन्त्रीले पसिना बगाए, यसरी फेरियो रंगशाला (फोटोफिचर)

अर्जुन पोख्रेल/ काठमाडौं, ३१ भदौ  l देशकै एकमात्र अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशालाको बेहाल भएको खबरबाट गम्भीर भएका युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाली शुक्रबार बिहानै दलबलसहित दशरथ रंगशाला पुग्नुभयो । रंगशालाको बेहाल सम्बन्धी खबर सोमबारनै उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाईनमा प्रकाशन र प्रशारण भएपछि मन्त्री श्रीपालीले मंगलबार राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिनुभएको थियो । मन्त्रीको निर्देशनपछि रंगशालाको प्याराफिटमा ३ मिटरसम्म अग्ला भैसकेका केही झार बुधबारनै उखेलिएको थियो । तर शुक्रबार बिहान मन्त्रीनै रंगशालाको सफाइमा कस्सिएपछि रंगशालाले एकैछिनमा मुहार फेर्‍यो । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले नै हँसिया समातेर झाडी फाँड्नुभयो ।फुर्सदमा


एसएसबीद्वारा नेपाली नागरिकमाथि कुटपिट

कान्तिपुर संवाददाता / महोत्तरी २८ भाद्र l सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का जवानले दर्जन नेपाली नागरिकमाथि कुटपिट गरेका छन्। मटिहानीको २ नं. भन्सार नाकाबाट सोमबार बेलुका नेपाल प्रवेश गरेका हतियारसहितका १०–१२ जनाको टोलीले कुटपिट गरेका हुन् । दशगजादेखि ५०–६० मिटरभित्र मटिहानी ७ मा पुगेर जथाभावी कुटपिट गरेको स्थानीयवासीले बताए। कुटपिटमा महेश महतो र गणेश चौधरी घाइते छन्। दुवैका हात र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। एसएसबीले लाठीले अन्धाधुन्ध प्रहार गर्दा पार्किङ गरिएका नेपाली नम्बर प्लेटका २ मोटरसाइकलमा समेत क्षति पुगेको छ। स्थानीयवासीका अनुसार एसएसबीले भारतको सीमावर्ती मधवापुरफुर्सदमा


राष्ट्रिय चलचित्र पुरस्कार: पशुपति प्रसाद तीन विधामा उत्कृष्ट, दयाहाङको ह्याट्रिक

सुशील पौडेल, काठमाडौं, असार १६ – राष्ट्रिय चलचित्र पुरस्कारमा पशुपति प्रसादले बाजी मारेको छ । निर्देशन, फिल्म र पटकथा गरेर तीन वटै बिधामा पशुपति प्रसादलाई उत्कृष्ट ठहर गर्दै पुरस्कार घोषणा गरिएको हो । यसका निर्देशक दीपेन्द्र के खनाल हुनभने पटकथा लेखक खगेन्द्र लामिछाने हुन् । त्यसैगरी दयाहाङ राईले अभिनेतामा ह्योट्रिक गरेका छन् । यस बर्षपनि दयाहाङ उत्कृष्ट अभिनेता छानिएका छन् । यसअघि उनी दासढुङ्गाबाट उत्कृष्ट सहअभिनेता र कबड्डीबाट उत्कृष्ट अभिनेतामा छानिएका थिए । यसपटक फेरी उनी कबड्डी कबड्डीबाट उत्कृष्ट अभिनेता बने । त्यसैगरी फिल्म क्यालसिकबाट नम्रता श्रेष्ठा उत्कृष्ट अभिनेत्री, छ्यांकनमा ड्रिम्सबाटफुर्सदमा


अफगानिस्तानबाट फर्कन चाहनेलाई नेवानिको विमानमा लिफ्ट

असार ७, काठमाडौं—अफगानिस्तानको राजधानी काबुलमा आत्माघाती बम विस्फोटमा परी १२ जना नेपालीको ज्यान गएपछि नेपाल सरकारले त्यहाँ रहेका नेपालीलाई स्वदेश आउन चाहेमा ‘एयर लिफ्ट’ दिने बताएको छ। सरकारले अफगानिस्तानको काबुलमा बम विस्फोटन भएपछि असुरक्षित रहेका नेपालीलाई स्वदेश ल्याउने व्यवस्था गरेको हो। काबुलमा आत्मघाती बम विस्फोटमा मृत भएका नेपालीको शव र घाइते लिने जाने जहाजसँगै नेपाल फर्कन इच्छुकलाई पनि ल्याउने व्यवस्था गरिएको श्रम तथा रोगजार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भूर्तेलले जानकारी दिए। उनका अनुसार सरकारले काबुल घटनाका मृतकको शव ल्याउनका लागि नेपाल वायु सेवा नियमको जहाज आज राति १० बजे पठाउन लागेकोफुर्सदमा


चिनियाँ टोलीद्वारा पेट्रोलियम अन्वेषण

वैशाख २७ – नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार चिनियाँ सरकारी टोलीले पेट्रोलियम पदार्थ अन्वेषणको अध्ययन सुरु गरेको छ । वरिष्ठ भूगर्भविद् ज्याङ दाक्युनसहित वाणिज्य मन्त्रालयका अधिकारीको ६ सदस्यीय विज्ञ टोलीले श्रीस्थानमा ग्यास अन्वेषणका लागि अध्ययन सुरु गरेको हो । यो स्थानमा हाल ग्यास बाहिर निस्किरहेको छ । जमिनमुनिबाट निस्किरहेको ग्यासमा आगो बलिरहेको छ । उक्त स्थान दर्शनार्थीहरूले दैवी शक्ति भन्दै पूजापाठ गर्ने गरेका छन् । योसहित मुलुकभर सम्भावना रहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि अध्ययनको काम चिनियाँ टोलीले सुरु गरेको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले बताए । ‘तीन वर्षभित्र अध्ययन सम्पन्न भईफुर्सदमा


वैदेशिक रोजगारीमा संकट थप चुलियो

वैशाख २२, काठमाडौं- काम गर्न विदेसिनेको युवाको संख्या अनपेक्षितरूपमा घट्न थालेको छ। चैत महिनामा मात्रै काम खोज्न विदेश जाने २० हजार पाँच सय ९५ जनाले कमी आएको छ। एकै महिनामा २० हजारभन्दा बढीले गिरावट आउनुले रोजगार बजारमा केही समयभित्रै संकत पैदा गर्ने देखिएको छ। प्रतिशतमा हिसाब गर्दा विदेसिनेको गिरावट ३९.२० प्रतिशत हुनआउँछ। यो गिरावट निकै ठूलो हो। प्रत्येक महिना ठूलो संख्यामा विदेशको रोजगारी अवसर गुम्दा केही समयभित्रै आन्तरिक बजारमा चर्को समस्या उत्पन्न हुने संकेत देखिन थालेको छ। खाडी मुलुक र मलेसियामा लागू गरिएको निःशुल्क टिकट र भिसाले सर्वसाधारणमा भ्रम पैदाफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले १२ जुलाईमा ९औं वार्षिकोत्सव तथा साहित्य वाचन कार्यक्रम गर्दै

दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

बिजनेष

५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस