युएई

 
 

आगामी जुन ७ मा किराया युएई र सुसेस युएईले संयुक्तरुपमा साकेला उभौली मनाउदै 

नैनकला राई / मे २४ कुवेत lकिरातीहरुको महान चाड साकेला उभौलीको विशेष अवसरमा किरात राई यायोक्खा शाखा युएई , किराया क्षेत्रीय अबुधाबि, किराया क्षेत्रीय अलऐन युएई , र सुनुवार सेवा समाज युएईको संयुक्त आयोजनामा साकेला उभौलि येलेदोङ ५०७९ कार्यक्रम आगामी जुन ७ तारिकमा अबुधबि स्थित मुसाफा साकेला पार्क युएईमा हुने भएको छ l नेपालको पूर्वी प्रदेशको पहाडी जिल्लाहरुमा बसोवास गर्ने राई, लिम्बू, याक्खा र सुनुवार समुदायलाई सामुहिक रुपमा किराती भनिन्छ । उनीहरु यो चाडलाई आआफ्नो समुदायमा आआफ्नै नामले सम्बोधन गर्ने गरेका छन्, जस्तै राईले यसलाई साकेला, लिम्बूले चासोक तङनाम, याक्खालेफुर्सदमा


आदिवासी जनजाति महासंघ युएई र आवद्ध जातीय संस्थाले संयुक्तरुपमा २५६३ औं बुद्ध जयन्ती मनाउदै

मान सिङ गुरुङ (मानु कोन्मे) / मे ५, युएई l नेपाल आदिवासी जनजाति महासंघ (नेफिन ) यूएई र महासंघमा आवद्ध ११ जातीय संस्थाहरू तमु समाज युएई,तामाङ समाज युएई,नेपाल मगर संघ शाखा युएई,किराँत राई यायोक्खा शाखा युएई,किराँत याक्थुङ चिम्लुङ युएई,नेवा पुच: युएई,शेर्पा किदुग युएई,थारु कल्याणकरिणी सभा युएई,प्रवासी माझी समाज युएई,प्रवासी भुजेल सेवा समिति युएई,सुनुवार सेवा समाज शाखा युएईको संयुक्त आयोजनामा २५६३ औं बुद्ध जयन्ती कार्यक्रम आउदो जुन १४ तारिख शुक्रबार २०१९ मा मनाउने निर्णय गरेको छ । उक्त कार्यक्रमलाई भब्य र सभ्यका साथ सम्पन्न गर्नको लागी आदिवासी जनजाति महासंघ (नेफिन) यूएईकाफुर्सदमा


देरदुबई युएईमा ऐतिहासिक पहिलो डम्फू सांझ कार्यक्रम हुदै

मान सिङ गुरुङ (मानु कोन्मे)/अप्रिल ११,युएई । तामाङ समुदायको संस्कृति बोकेको “हाम्रो डम्फु हाम्रै शान यसैमा छ तामाङ पहिचान” भन्ने मुल नाराका साथ युएईमा पहिलो पटक यहि आउदो २०१९ अप्रील १९ तारिख शुक्रवार दुबई स्थित कार्ल्टन टावरको हलमा भव्यता साथ डम्फु सांझ कार्यक्रम आयोजना हुने भएको छ। उक्त कार्यक्रमको उद्देश्य तामाङ समुदायको मौलिक पहिचान बोकेको डम्फुको संरक्षण तथा प्रबर्धन गर्न कार्यक्रमले सहयोग पुर्‍याउने,प्रयोगबिहीन अवस्थामा रहेको डम्फुलाई आफ्नो समुदायमा चिनाउन र  युवा पुस्ताहरु पश्चिमेली संस्कृतिमा रमाउन थालेपछि तामाङ समुदायको पहिचान र सभ्यता झल्काउने बाजा हराउदैँ गएकोले आफ्नो बाजाहरु र संस्कृतिमा रमाउनफुर्सदमा


“राई इज किङ” राजेश पायल राईको साथ अगष्ट २४ मा खोसेस युएईको “प्रथम सांस्कृतिक धामाका २०१८” हुने

परदेशी खबर / मे ७ –खोटाङ सेवा समाज युएई द्वारा आयोजित “प्रथम सांस्कृतिक धामाका २०१८ ” अबुधाबी स्थित फल्कलोर हलमा आउदो अगष्ट २४ तारिक का दिन हुने भएको छ l आयोजक द्वारा “प्रथम सांस्कृतिक धमका २०१८” नाम दिइएको कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथि कलाकारहरु मेघा स्टार गायक “राई इज किङ” राजेश पायल राईका साथै चर्चित युवा गायक जिबीहाङ राईको पनि धमाकेदार प्रस्तुति रहने साथै युएईलाई कर्म थलो बनाएर स्थापित भएका स्थानिय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने खोसेस युएइका महिला उपध्यक्ष भगवती राईले जानकारी दिएकी छन् । खोटाङ सेवा समाज युएईको आयोजनामाफुर्सदमा


सत्यकृत व्याण्डले दुबईको संयुक्त २५६२औं बुद्ध जयन्ती कार्यक्रममा प्रस्तुति दिने

अनिस तामाङ, मे ८ युएई।मध्यपूर्वको विकसित राष्ट्र युएईको दुबई शहरमा शान्तिको अग्रदुत महामानव गौतम बुद्धको २५६२औं जन्म जयन्तीको अवसरमा आयोजना गर्न लागेको संयुक्त कार्यक्रममा सत्यकृत ब्यान्डको जोडदार प्रस्तुति रहने भएको छ । क्रियाशील संघसंस्थाहरुको संयुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रममा प्रस्तुति दिनको लागि गत शुक्रबारनै नेपालबाट कलाकारहरु युएई आइसकेका छन ।   देवी देउताहरुको भजनहरुलाई नयाँ शैलीमा प्रस्तुति दिएर सत्यकृत ब्याण्डले मानिसहरूमा अध्यात्मिक चेतना बढाउने गरेको पाइन्छ । आधुनिक समाजको एकांकिपन मेटाउने प्रयासमा आधुनिक शैलीमा नै भजनहरु गाएर पछिल्लो युवा पुस्ताहरुलाई थप आर्षक बनाएका छन । विशेषगरी पाका पुस्ताले सुन्नेफुर्सदमा


युएईमा संयुक्त रुपमा २५६२औं बुद्ध जयन्ती कार्यक्रम मनाउने तिब्र तयारीमा

अनिस तामाङ/बैशाख १९, युएई । मध्यपूर्वको विकसित राष्ट्र युएईमा शान्तिको अग्रदुत महामानव गौतम बुद्धको २५६२औं जन्म जयन्तीको अवसर पारेर क्रियाशील संघसंस्थाहरुको संयुक्त आयोजनामा बुद्ध जयन्ती कार्यक्रम गरिने भएको छ । नेपाल आदिबासी जनजाति महासंघ युएई लगायतका ४६ वटा संघसंस्थाहरुले गतसाल संयुक्त रुपमा बुद्ध जयन्ती कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको र यसपटक पनि त्यसरी नै यहीँ आउदो मे ११ तारिखका दिन दुबईको अलकुज डल्सको हलमा बुद्ध जयन्ती कार्यक्रम सामूहिक रुपमा मनाउन लागेको कार्यक्रम व्यवस्थापक प्रमूख सुरेन्द्र थिङ तामाङले जानकारी दिएका छन् । दिउँसो ठिक २ बजे सुरु हुने उक्त बुद्ध जयन्तीफुर्सदमा


कास्की आदर्श सेवा समाज युएईको वृद्धाश्रामलाइ सहयोग हस्तान्तरण सम्पन्न

  केदार कुँवर / मनोज कुमार सैंजु, अक्टोबर ३०,पोखरा । कास्की आदर्श सेवा समाज युएईको सहयोगमा लेखनाथ नगरपालिका १३ मा अवस्थित रहेको राधा कृष्ण वृद्धाश्रामलाई गत शनिबार एक समारोह बिच वृद्धाश्राम प्राङ्गडमा आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कास्की आदर्श सेवा समाज अन्तराष्ट्रिय समन्वय समितीका संयोजक श्री तिलक साप्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा विशेष अतिथीको रूपमा वृद्धाश्राम व्यावस्थापन तथा संचालक समितीका अध्यक्ष प्रेम लिगल, उपाध्यक्ष गणेश बहादुर के.सी, सचिव शोभामोहन पौडेल, अतिथीको रूपमा पत्रकार कविन्द्र खनाल समाजका सँस्थापक अध्यक्ष तथा निवर्तमान अध्यक्ष एवं वर्तमान सल्लाहाकार गुप्त शेखर पौडेल,फुर्सदमा


नयाँ स्मार्ट लाइसेन्समा अस्पष्टता देखियो

                लक्ष्मण खनाल अक्टोबर २४,युएई  – नेपाल सरकारद्वारा जारी सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) स्पष्ट नभएको भन्दै युएई सरकारले मान्यता नदिएको पाइएको छ । यातायात व्यवस्था कार्यालय काठमाडौंद्वारा जारी लाईसेन्समा लेखिएको ‘ननप्रोफेसनल ड्राइभिङ लाईसेन्स’ र लाईसेन्सको किसिम नखुलाएको कारण युएईस्थित शारजह ट्राफिक कार्यालयले नेपालको लाईसेन्सलाई मान्यता नदिएको हो । स्याङ्जा घर भएका धीरज श्रेष्ठ युएईको शारजाहस्थित एमिरेट्स क्याप ट्याक्सी कम्पनीमा ट्याक्सी चालकको लागि छानिएर आएका थिए । उनले आफ्नो पुरानो लाइसेन्स हराएकोले युएई आउनु अघि यातायात व्यवस्था कार्यालयबाट ०१—०६—०००६४७४४ नम्बरको स्मार्ट लाइसेन्सफुर्सदमा


​हराएका बाबुरामको शव युएईको अस्पतालमा

  उमाकान्त पाण्डे अक्टोबर २३,युएई। भिजिट  भिसामा युएई आएर रोजगारी थालेका पाल्पाको धारापानीका बाबुराम विश्वकर्मालाई दुई महिना अघिनै कम्पनीले घर फर्किने टिकट थमाएको थियो । त्यहि टिकटमा घर फर्किएका भए बाबुराम भदौ १६ गते नै नेपाल पुगिसकेका हुन्थे । तर टिकट हात परेपछि घर फर्किनु पर्ने बाबुराम हराए । बाबुरामको मानसिक अवस्था ठिक थिएन । त्यहि भएर कम्पनीले भिसा रद्द गरेर नेपाल सम्मको टिकट काटि दिएको थियो । भदौ १६ गते बिहानको टिकट पाएका बाबुराम १५ साँझबाट बेपत्ता भए । मानसिक अवस्था ठिक नभएका बाबुरामलाई कम्पनी र साथीभाईले खोजी तफुर्सदमा


यूएईमा नियमित नेपाली फिल्म लाग्ने

आश्विन ३०,काठमाडौं l यूएईमा नियमित नेपाली फिल्म प्रदर्शनी हुने भएको छ । दयाहाङ राई अभिनीत फिल्म ‘वीरविक्रम’ बाट हालै प्रदर्शनीको थालनी गरिएको छ । मिलन चाम्सको निर्माण र निर्देशन रहेको ‘वीरविक्रम’ युएईका विभिन्न नौ सहरमा एकसाथ प्रदर्शनी भएको हो । यूएईका सबै प्रान्तका ११ वटा सिनेमा हलहरूमा एकसाथ ‘वीरविक्रम’ प्रदर्शनी गरिएको हो । जसमा सिन्धगा मल्टिप्लेक्स बरदुबईमा फिल्म हाउसफुल भएको थियो । यसरी हाउसफुल अन्य विदेशी भाषी फिल्म विरलै हुने गरेको सिन्धगा मल्टिप्लेक्सका कर्मचारीले बताएका छन् । नेपाली फिल्म प्रदर्शनको शुभारम्भ गर्दै नेपाली दूतावास अबुधाबीका कार्यबाहक राजदूत नेत्र टन्डन, नेपालफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै

बिजनेष

५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस