प्रवास

 
 

एनआरएनए हङकङको अधिवेशनको लागि अध्यक्ष पदमा निरन्जन गुरुङको उम्मेदवारी

जुलाई १७,हङकङl एनआरएनए हङकङको सातौं अधिवेशनको लागि अध्यक्ष पदमा निरन्जन गुरुङले उम्मेदवारी दिएका छन् l एनआरएनए सबैको माझमा अबको नेतृत्व युवाको काँधमा’ भन्ने नारा लिएर चुनावी मैदानमा उत्रिएका गुरुङ आफूलाई हङकङमा रहनुहुने सम्पूर्ण आमा बुवा, दाजुभाइ दिदीबहिनी तथा सम्पूर्ण युवाहरुको साथ रहेको बताएका छ । गैर आवासीय नेपाली संघ (एन आर एन) हङकङका वरिष्ठ उपाध्यक्ष निरन्जन गुरुङले इन्डिया क्लबमा जुलाई २८ मा हुने नेपाली संघ हङकङको सातौं अधिवेशनका लागि उनले उम्मेदवारी दिएका हुन् । हाल उपाध्यक्ष गुरुङ हङकङमा रहेर आफ्नो व्यापार र व्यावसाय गर्नुको साथै, सन् २००५ देखि २०१९ सम्मफुर्सदमा


कुवेतमा फेरि नेपाली कामदारको निधन, २ हप्ता भित्रमा ६ जनाले ज्यान गुमाए

परदेशी खबर / जुलाई १६, कुवेतl । कुवेतमा फेरि एक नेपालीको निधन भएको छ । नेपालको पुर्वी रूकुम कोल- ६ पद्मी गाउँका २७ वर्षीय जवारलाल बुढा मगरको १४ तारिख आइतबार ओछ्यानमै मृत भेटिएको थियो। मृतक जवारलाल रातीको काम सकेर कम्पनीको आवासगृहमा खाना खाएर सुतेका थिए l जवारलाल रोजगारीको सिलसिलामा कुवेतको हिस्को कम्पनीमा १५ महिना अघि मात्रै कुवेत आएका हुन् । यस घटना संगै उच्चा रक्तचाप, सवारी दुर्घटना र आगो लागि दुर्घटना जस्ता विभिन्न कारणले कुवेतमा २ हप्ता भित्रमै ६ जना नेपाली कामदारहरुले ज्यान गुमाइसकेका छन् । मृत्यु हुनेहरुमा जुलाई ६फुर्सदमा


छैटौं महाधिवेशनको लागि एनआरएनए कुवेतको पञ्जिकृत फाराम शुल्क जुलाइ १९ तारिक भित्र बुझाइसक्नु पर्ने

परदेशी खबर / जुलाई १५ , कुवेतl छैटौं राष्ट्रिय महाधिवेशनको लागि एनआरएनए एनसीसी कुवेतको पञ्जिकृत सदस्यता फारम भर्ने अन्तिम मिति र शुल्क सम्बन्धमा एनसीसी कुवेतको निर्वाचन समितिले एक सूचना जारी गरि यहि जुलाइ महिनाको १९ तारिक राती १० बजेसम्म पञ्जिकृत शुल्क बुझाइसक्न सम्पुर्ण कुवेतवासी नेपालिहरुलाई सूचित गरेको छ । निर्वाचन आयुक्त शिब कोइरालाद्वारा हस्ताक्षरित सूचना अनुसार गैर आवासिय नेपलाी संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी २ अगष्ट २०१९ शुक्रबारको दिन छैटौं राष्ट्रिय महाधिवेशन हुन गइरहेको हामी सबैमा सर्वविदितै छ । उक्त अधिवेशन प्रयोजनको लागि गठित निर्वाचन समितिले आचार संहिता तथाफुर्सदमा


बृहत सांगीतिक घमाकाको लागि प्रथम नेपाल आइडल बुद्ध लामा र पप गायिका सरस्वती लामा बुधबार कुवेत आउदै

परदेशी खबर / जुलाई १४, कुवेतl नुवाकोट धादिङ रसुवा समाज कुवेतको प्रथम वार्षिक उत्साव तथा बृहत सांगीतिक घमाका १९ जुलाई शुक्रबारका दिन जिलिब स्थिति (ईन्डियान ब्रीटिस स्कुल) मा हुन गैइरहेको उक्त सांगितिक धमाकाका लागि प्रथम नेपाल idol बुद्ध लामा र पप तथा रक गायिका सरस्वती लामा बुधबार दिनको ठिक ३:३० बजे कुवेतको अन्तर्राष्ट्रिय बिमान स्थलमा आइपुग्ने जानकारी भएकोछ। रोजगारीको शिलसिलामा कुवेतमा कार्यरत नुवाकोट,धादिङ, रसुवाका दिदीबहिनी तथा दाजुभाईहरुलाई एकीकृत गर्दै गठित “आपसी एकता हाम्रो उदेश्य, समृद्धि समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको नुवाकोट धादिङफुर्सदमा


कुवेतमा तमू ल्होसार आगामी जनवारी १० तारिकमा मनाउने

परदेशी खबर / जुलाई ११, कुवेत l तमु समाज कुवेतले आफ्नो महान चाड तमू ल्होसार आगामी २०२० जनवारी १० तारिक मनाउने भएको छ l “गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नारा बोकेर २००९’मा स्थापना भएको नेपाली समाज कुवेतको सबै भन्दा जेष्ठ जातिय संस्था ‘तमू समाज कुवेतले आफ्नो महान चाड चि-ल्हो (मुसा) तमू ल्होसार मनाउने समाजको अध्यक्ष राजु गुरुङले जानकारी दिएका छन् । प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, सँस्कार र सँस्कृतिको संरक्षण गर्नुको साथै विभिन्न सामाजिक सेवामा निरन्तरफुर्सदमा


आगामी १६ अगष्टमा लुम्बिनी समाज नेपाल कुवेतको चौथौं अधिवेशन हुदै

परदेशी खबर / जुलाई ७, कुवेत l रोजगारीको सिलसिलामा कुवेतलाई कर्मथलो बनाउदै आएका लुम्बिनीवासीहरुलाई एक ढिक्का बनाउदै आएको लुम्बिनी समाज नेपाल कुवेतको आफ्नो चौथो अधिवेशन आगामी अगस्ट १६ तारिक २०१९ शुक्रबारका दिन गर्ने समाजका अध्यक्ष रमेश नेपालीले जानकारी दिएका छन्। आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लुम्बिनी समाज नेपाल कुवेतले क्रियाशील संघ संस्थाहरुसंग हातेमालो गर्दै सामाजिक कार्यमा अग्रसर रहदै आएको छ भने गृह जिल्ला तथा ग़ैर जिल्लामा विभिन्न अप्ठ्यारामा परेकाहरुलाई आफ्नो क्षमता र पहुँचले भ्याए सम्मफुर्सदमा


तमु समाज हङकङको दोस्रो अधिवेशनबाट पुन: अध्यक्षमा कोमाल गुरुङ निर्वाचित

प्रदेशों खबर/ जुलाइ ४, हङकङ। तमुहरुको भाषा भेषभुषा,संस्कार र संस्कृतिलाई प्रबर्द्धन गर्न,प्रवास हङकङमा रहेका तमुहरुको सुख दुखमा साथ दिन,समस्य पर्दा समस्यको समाधानको पहल गर्न खोलिएको तमु समाज हङकङको दोश्रो अधिवेशन यहि ०१ जुलाई २०१९ सोमबार याउमातेई कम्युनिटी हल जोर्डन हङकङमा सम्पन्न भएको छ। उक्त दोस्रो अधिवेशनले पुन: दोश्रो कार्यकलको लागि कोमल गुरुङ (स्याङजाली कान्छा) को अध्यक्षतमा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ भने दोस्रो कार्यकालको लागि अधिवेशनले पुन:महिला विभागको अध्यक्षमा पुष्पा गुरुङलाई चयन गरेको छ । दोस्रो अधिवेशनले अध्यक्षमा कोमल गुरुङ (स्याङजाली कान्छा),उपाध्यक्षमा मन प्रसाद गुरुङ,,महासचिवमा अनिता गुरुङ,सह-सचिवमा मुककाजी गुरुङ,कोषाध्यक्षमाफुर्सदमा


हरि कंडेलको अगुवाइमा घरेलु कामदारको श्रम स्वीकृतिको माग राख्दै दुतावासमा ज्ञापन-पत्र 

परदेशी खबर / जुलाई २, कुवेतl श्रम गरेर वैधानिक रुपमा आएका घरेलु कामदारहरुले नेपालमा छुट्टि गएर श्रम रोजगारीको लागि श्रम स्वीकृतिको फुकुवा गरेर पुनः कुवेत आउन पाउनु पर्छ भन्ने माग राख्दै कुवेतमा गठित संघर्ष समितिको संयोजक हरि कंडेलको अगुवाइमा आज जुलाई २ तारिक २०१९ मा कुवेतको नेपाली राजदूतावासमा ज्ञापन-पत्र बुझाएको छ l   कुवेतका राजदुत महामहिम दुर्गा प्रसाद भण्डारी र मिनिस्टर अफ काउस्न्सिलर प्रकाशमणी पौडेलको उपस्थितिमा संघर्ष समितिको संयोजक हरि कंडेल लगाएत समितिका पदाधिकारी र सदस्यहरु द्वारा हस्तक्षरीत ज्ञापन-पत्र श्रम सहचारी ज्ञानेन्द्र शर्माको हातमा बुझाएको जानकारी जागृती युवा समाज कुवेतकोफुर्सदमा


दर्शन ठकुरी समाज कुवेतद्वारा मृगौला पिडितलाई आर्थिक सहयोग

परदेशी खबर / जुलाई १, कुवेतl बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगर निवासी मृगौला पिडित हेमन्त सिंह ठकुरीलाई दर्शन ठकुरी समाज कुवेतले रु २२ ,००० ( बाइस हजार ) नगद आर्थिक सहयोग गरेको छ। आर्थिक अवस्था कमजोर भएका सिंह गत फाल्गुन महिनादेखि ओछ्यानमै थला परेको विभिन्न अनलाईन मिडिया मार्फत जानकारी पाएपछी उपचारको लागी आर्थिक सहयोग संकलन गरेको र उक्त संकलित सहयोग रकम संस्थाकी सदस्य कविता शाहीले गत आइतबार अस्पतालमै गएर पिडित सिंह लाई हस्तान्तरण गरिएको समाजका अध्यक्ष एल बि हमालले जानकारी दिएका छन् । सामाजिक कार्यमा कृयाशिल रहदै आएकोफुर्सदमा


तमु समाज युएईले महत्वपुर्ण निर्णयहरु गर्दै बैठक सम्पन्न

जुन २९, युएई। तमु समाज युएईको नियमित बैठक तमु समाज युएईका अध्यक्ष उषा तमुस्योको अध्यक्षतामा हिजो २०१९ जुन २८ तारिख शुक्रबार असरासिमिय सारजाह युएईमा सम्पन्न भएको छ। तमु समाज युएईका अध्यक्ष उषा तमुस्योको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि तमु समाज युएईका संरक्षक राजु तमु रहेका थिए भने अतिथिमा तमु समाज युएईका उपाध्यक्ष मुनिन्द्र तमु,तमु समाज युएईका उपाध्यक्ष नन्द जंग तमु ,आबुधाबी क्षेत्रीय समितिका अध्यक्ष नन्द कुमार तमु ,तमु समाज युएई दुबई क्षेत्रीय समितिका कोषाध्यक्ष ललिता तमुस्यो रहेको थियो साथै तमु समाज युएईका केन्द्रिय कार्यसमितिका पदाधिकारीहरु,आबुधाबी क्षेत्रीय कार्यसमितिका पदाधिकारीहरु,दुबई क्षेत्रीय कार्यसमितिकाफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

कुवेतमा बुद्ध लामा र सरस्वती भुजेलको प्रस्तुतिमा झुमे दर्शकहरु (फोटो फिचरसहित)

एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस