नेपाली राजनीति

 
 

समाजवादी पार्टीमा २५ पदाधिकारी, दुई अध्यक्ष र आठ उपाध्यक्ष

यस्ता छन् ३ राजनीतिक मुद्दा र १६ विशेषता काठमाडौं, २३ बैसाख । नव गठित समाजवादी पार्टीले २५ सदस्यीय पदाधिकारीको नाम सार्वजनिक गरेको छ नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालको एकता घोषणा सभामा पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले दुई अध्यक्षसहित २३ जना पदाधिकारीको नाम सार्वजनिक गरे । दुई जना पदाधिकारीपछि नियुक्त हुने उनले बताएका छन् । जस अनुसार पार्टीमा २ जना अध्यक्ष रहेका छन् । पहिलो वरियतामा डा. भट्टराई संघीय जनपरिषदको अध्यक्ष र केन्द्रीय समितिको अध्यक्ष उपेन्द्र यादव रहेका छन् । तेस्रो वरियतामा अशोक राई वरिष्ठ नेताको रूपमाफुर्सदमा


नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकीकरण

मे ४, काठमाण्डौं l नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम पार्टी नेपालबीच एकीकरण भएको छ । एकतासम्बन्धि समझदारीपत्रमा फोरमका अध्यक्ष उपेन्द्र यादब र नयाँ शक्ति पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले शनिबार हस्ताक्षर गर्नुभएको हो । नयाँ पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने र एकताको औपचारिक घोषणा साेमबार काठमाडौमा गरिने दुवै दलका अध्यक्षले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सहमति अनुसार डाक्टर भट्टराई र यादव दुवै नयाँ पार्टीको अध्यक्ष बन्ने सहमति भएको नेताहरुले जानकारी दिएका छन् । डाक्टर भट्टराई संघीय परिषदको र यादवले केन्द्रिय समितीको नेतृत्व गर्ने समझदारी भएकोफुर्सदमा


मोदीलाई जनकपुरमा स्वागत गर्न पाउँदा हामी खुशी भएका छौं : प्रम ओली

वैशाख २८, काठमाडौँ l प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रामायण सर्किटको थालनी र जनकपुर–अयोध्या बस सेवा आरम्भ गरेका छन् । नेपालको दुई दिने राजकीय भ्रमणमा जनकपुर ओर्लिएका एक घण्टा भित्रै आफ्नो पुजा–अर्चना गरी धार्मिकस्थल र जनस्तरमा सम्बन्ध जोड्ने कार्य आरम्भ गरेका हुन् । मोदीको नेपाल प्रवेश जनकपुरबाट हुनुलाई धेरैले जहाँबाट सम्बन्ध बिग्रियो त्यहीँबाट शुरु गर्ने उनको प्रयत्न भएको बुझाई राखेका छन् । उनलाई रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश मुख्यमन्त्री लालबाबु राउत, भारतीय राजदूत मंजिभसिंह पुरी लगायतले विमानको द्वारसम्म नै पुगेर स्वागत गरेका थिए । नेपालफुर्सदमा


व्यवस्था फेरियो, चरित्र फेरिएन

सरकारले गर्ने हरेक कामले कि लोकतन्त्रलाई बढाउँछ कि घटाउँछ । सरकार त माइतीघर मण्डलामा प्रदर्शन गर्न नपाइने र माघीमा बिदा नदिनेजस्ता निर्णयले के लोकतन्त्रलाई बढाएको छ ? वैशाख ११, काठमाडौँ l राजाले हारेको र नागरिकले जितेको दिन हो, वैशाख ११ । राजाले संविधानलाई आफ्नो हातमा लिंँदै मन्त्रिपरिषदको अध्यक्ष आफैं भए । नेता र क्रियाशील नागरिकलाई बन्दी बनाए । संविधानले चिन्दै नचिनेका डा. तुलसी गिरी, कीर्तिनिधि विष्ट जस्तालाई उपाध्यक्ष बनाए । उनको शासनमा पत्रकारका हात बाँधिएको थियो । बाबु महेन्द्रले २०१७ मा ल्याएको एकतन्त्रीय दलविहीन व्यवस्थालाई उनले दुरुस्तैसँग सुरुवात गरेका थिए । यसरी नेपाली जनताको अधिकार समाप्त गरेका कारण आम नागरिकफुर्सदमा


राष्ट्रिय सभा निर्वाचन परिणाम

एमालेको २९ कांग्रेस १३, माओवादी १०, राजपा र फोरम २/२ माघ २५, काठमाडौँ l राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा एमालेले २९ सिटसहित बहुमत ल्याएको छ । कांग्रेसले १३, माओवादी केन्द्रले १०, राजपा र फोरमले २/२ सिट ल्याएका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका क्रममा ललितपुरको जावलाखेलस्थित केन्द्रमा मतदान गर्दै एक मतदाता । ५९ सदस्यीय राष्ट्रिय सभामा ७ वटै प्रदेशबाट ८ जनाका दरले ५६ सांसद निर्वाचित हुने र राष्ट्रपतिबाट ३ सदस्य मनोनीत गर्ने संवैधानिक व्यवस्था छ । प्रदेश १ मा एमालेका ६ र कांग्रेसका २ जना राष्ट्रिय सभा सदस्यमा विजयी भएका छन् । प्रदेशफुर्सदमा


बुधबार हुने राष्ट्रियसभा चुनावको तयारी पूरा

माघ २३ ,काठमाडौंl निर्वाचन आयोगले  राष्ट्रियसभा चुनावको तयारी पूरा भएको जनाएको छ । आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले चुनावका लागि सुरक्षालगायत सबै तयारी पूरा भएको जानकारी दिनुभएको हो । हरेक प्रदेशबाट ८–८ जनाको दरले ५६ जना राष्ट्रियसभामा चुनिने प्रावधान रहेकोमा २४ जना निर्विरोध निर्वाचित भइसकेकाले अब ३२ जनाका लागि मात्र बुधबार चुनाव हुने आयोगले जनाएको छ । यसका लागि ५२ जना उम्मेद्वार प्रतिस्पर्धामा छन् । राष्ट्रियसभामा हरेक प्रदेशबाट तीनजना महिला, दलित समुदायबाट एकजना, अपांगता भएका वा अल्पसंख्यकबाट एकजना र अन्य बाट तीनजना सांसद चुनिनेछन् । प्रदेशफुर्सदमा


एमाले अध्यक्ष ओली र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

माघ १८, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ । स्वराजको सम्मानमा एमालेले होटल सोल्टीमा रात्रीभोज राखेको छ । त्यस अघि भेट भएको हो । भेटमा आपसी हितका विषयमा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ । भारतीय विदेशमन्त्री बिहीबार अपराहृन काठमाडौं आएकी हुन् । उनले भोलि राष्ट्रपति, प्रधानमन्त्री, माओवादी अध्यक्ष प्रचण्ड लगायतलाई भेट्ने कार्यक्रम छ । साभारः अनलाइन खबरबाट


स्वराज आज आउँदै, औपचारिक जानकारी ‘भ्रमणकै दिन’

‘स्वराजको भ्रमणले ओलीलाई दिल्ली होइन, मोदीलाई काठमाडौंको यात्रा तय गर्ने सम्भावना छ’ माघ १८, काठमाडौँ l परराष्ट्र मन्त्रालयले भारतीय विदेशमन्त्री सुष्मा स्वराज करिब २५ घण्टे ‘राजनीतिक’ यात्रामा बिहीबार (आज) काठमाडौं ओर्लने औपचारिक रूपमा सार्वजनिक गरेको छ । भारतीय विदेश मन्त्रालयले भ्रमण घोषणा गरेको दुई दिनपछि परराष्ट्रले त्यस्तो जानकारी गराएको हो । परराष्ट्रमन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भने मन्त्रालयले बिहीबार (सुष्मा आइपुग्नु केही घण्टाअघि मात्र) भ्रमणको औपचारिक जानकारी गराउने तयारी गरेको छ । परराष्ट्र मन्त्रालय बुधबार मात्रै दुईपक्षीय एजेन्डा र खाका तयार गर्नमा जुटेको छ । परराष्ट्रमन्त्रीको कार्यभार आफैंले सम्हालेकाले सुष्मासँग दुईपक्षीय वार्ता पनि प्रधानमन्त्रीफुर्सदमा


डा. केसीको गिरफ्तारीपछि लहरो तान्दा पहरो थर्केजस्तो, प्रधानन्यायाधीशमाथिनै डा. केसीको ११ वटा सवाल

पुस २६, काठमाडौं l अदालतको अवहेलना गरेको अभियोगमा डा. गोविन्द केसीलाई पक्राउ गरेपछि यसले प्रधानन्यायाधीशकै छवी र कार्यशैलीमाथि प्र्रश्न चिन्ह उब्जेको छ । सर्वोच्च अदालतमा बयान दिने क्रममा डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि ११ अभियोग लगाएपछि यसले लहरो तान्दा पहरो थर्केजस्तै भएको छ । डा. केसीले प्रधानन्यायाधीशमाथि लगाएको अभियोग सत्य हो कि होइन भन्ने आफ्नो ठाउँमा छ, तर यो अभियोगलाई न्यायलयले कसरी सम्बोधन गर्छ भन्ने महत्वपूर्ण प्रश्न हो । यसअघिका कुनै पनि बहालवाला प्रधानन्यायाधीशमाथि यति ठूलो अभियोग कहिल्यै लागेको थिएन । प्रधानन्यायाधीशमाथि डा. केसीको अभियोग : मंगलबार सर्वोच्च अदालतमा बयान दिनेफुर्सदमा


सात वटै प्रदेशको अस्थायी मुकामको ठाउँ प्रस्ताव

पुस १८, काठमाडौँ l सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो । मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा ती अस्थायी मुकामको खाका तयार गरिएको बताए । उनका अनुसार प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, प्रदेश नं ३ को भक्तपुरको ठिमी, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को धनगढी अस्थायी मुकामफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले १२ जुलाईमा ९औं वार्षिकोत्सव तथा साहित्य वाचन कार्यक्रम गर्दै

दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

बिजनेष

५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस