नेपाल

 
 

नेपाल र मरिससबीच श्रम समझदारी, नेपाली कामदारले त्यहाँका श्रमिक सरह तलब पाउने

जेठ २८, काठमाण्डौ l नेपाल र दक्षिण अफ्रिकी देश मरिससबीच श्रम समझदारी भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा भैरहेको अन्तर्राष्ट्रिय श्रम सङ्गठनको शतवार्षिकी समारोहमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालिम मन्त्री सुदेश एस क्यालीचर्नले समझदारीपत्रमा हस्ताक्षर गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सझदारीमा कामदार शून्य लागतमा जान पाउने व्यवस्था गरिएको छ । सबै शुल्क एवं लागत रोजगारदाताले नै व्यहोर्नुपर्ने समझदारी पत्रमा उल्लेख छ । दुवै देशले कामदारलाई अवैध तरिकाले शुल्क लिन नपाउने गरी लागतको नियमन एवं नियन्त्रणफुर्सदमा


कैलाली-कञ्चनपुरमा भीषण हावाहुरी, हुरी बर्दिया र दाङतर्फ बढ्दै

जुन ६, कैलाली –  कैलालीका विभिन्न ठाउँमा अचानक आएको भीषण हावाहुरीमा परि घाइते हुनेहरुको संख्या ४१ जना पुगेको छ । विभिन्न अस्पतालमा घाइतेहरुको उपचार भैरहेको कैलालीका प्रहरी उपरीक्षक  सुदीप गिरीले बताउनुभयो ।  राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार बिहीबार साँझ साढे ७ बजेतिर आएको भीषण हावाहुरीका कारण कैलाली र कञ्चनपुरमा क्षति पुर्याएको हो ।कैलालीको धनगढीलगायतका ठाउँमा बिहीबार साँझ अचानक आएको भीषण हावाहुरीले रुखहरु ढाल्नुका साथै घरहरुका छाना उडाएको छ ।  सडक छेउका रुखहरुले विद्युतका पोलहरु ढालेका कारण जिल्लाभर बिजुली गएको छ । साथै राजमार्गहरुमा रुख ढलेका कारण यातायात अवरुद्ध रहेकोफुर्सदमा


५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

जेठ १७, २०७६ , काठमाण्डौ l वैदेशिक रोजगार व्यवसायीले कामदारलाई शुक्रबारदेखि विदेश पठाउन रोकेका छन् । सरकारसँग राखेका ५ बुँदे माग पुरा नभएको भन्दै व्यवसायीले आजदेखि ७ दिन कामदारलाई विदेश पठाउन रोकेका हुन् । गएको जेठ ३ गते बसेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष भेलाले सरकारलाई १५ दिनको अल्टिमेटम दिंदै माग सम्बोधन नभए जेठ १७ गतेदेखि २३ गतेसम्म विदेश जाने कामदारको टिकट नकाट्ने निर्णय गरेको थियो । यो बीचमा सरकारले आफ्ना माग पुरा गर्न पहल नगरेकाले शुक्रबारदेखि वैदेशिक रोजगारीमा जाने कामदारको टिकट काट्न बन्द गरेको वैदेशिक रोजगार व्यवसायी संघकाफुर्सदमा


खोटाङमा भीषण हावाहुरी र असिना–पानीसँगै चट्याङले ८ जना घाइते

रासस खोटाङ । हावाहुरी र असिना पानीसँगै परेको चट्याङले खोटाङमा आठ जना गम्भीर घाइते भएका छन् । आइतबार साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका विष्ट, छोरी जानुका विष्ट, अनुशा विष्ट र छोरा अभिशेष विष्ट, सोही ठाउँका लक्ष्मी कटवाल, खेमकुमारी कटवाल, पदमकुमारी कटवाल र मीना कटवाल घाइते भएका हुन् । घाइते सबैको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले बताउनुभयो । उनीहरुलाई प्रहरी र स्थानीयवासीले उद्धार गरेर आइतबार साँझ नै जिल्ला अस्पतालमा ल्याइएको थियो । घाइतेमध्ये खेमकुमारीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतलेफुर्सदमा


प्रत्येक नेपालीको ऋण दायित्व बढेर ३१ हजार नाघ्यो

अप्रिल १२- आंकलन अनुसार प्रत्येक नेपालीको काँधमा ३१ हजार सात सय ५० रुपैयाँ सरकारी ऋण दायित्व देखिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ। कार्यालयले शुक्रवार राष्ट्रपतिलाई बुझाएको आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदनमा सो कुरा उल्लेख गरेको हो। प्रत्येक नेपालीको ऋण रु३१,७५० नेपालको कूल ऋण दायित्व जनसङ्ख्याले भाग लगाउँदा स्रोत: महालेखापरीक्षकको कार्यालय वार्षिक प्रतिवेदनका अनुसार गएको आर्थिक वर्षमा नेपाल सरकारको ऋण दायित्व गत वर्षको तुलनामा एक तिहाइले बढेको छ। नेपाल सरकारको कूल ऋण दायित्व नौ खर्ब १५ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। प्रतिव्यक्ति सात हजार थप आन्तरिक ऋण तीन खर्ब ९१फुर्सदमा


अझै मेघ गर्जन र चट्याङसहित वर्षा हुन्छ : मौसम पूर्वानुमान महाशाखा

अप्रिल ६ काठमाणडौ ।जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका धेरै स्थानमा अझै मेघगर्जन र चट्याङसहित वर्षा हुने प्रक्षेपण गरेको छ । काठमाडौंसहित मुलुकका धेरै भागमा बिहानैदेखि हावाहुरी र चट्याङसहितको वर्षा जारी छ । महाशाखाले शनिबार विशेष बुलेटिन सार्वजनिक गर्दै मुलुकको पूर्वी र मध्यका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली तथा पश्चिम भू-भागहरुमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेकाले सचेत हुन भनेको छ । ‘मध्य तथा पश्चिमको केही भूभागमा विकसित मौसमी प्रणालीका कारण उपत्यकालगायत देशका धेरैजसो स्थानहरुमा मेघ गर्जन तथा चट्टयाङसहित वर्षाले निरन्तरता पाउने देखिएको छ’ महाशाखाले बुलेटिनमा भनेको छ । मौसमविद्हरुका अनुसार केही दिनयताफुर्सदमा


तीन दिन देशभर मौसम प्रभावित हुने, अधिकांश स्थानमा वर्षाको सम्भावना

रासस चैत्र २१, २०७५ काठमाडौँ l पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले आगामी तीन दिनसम्म देशभरि नै बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार रातिदेखि कमजोर रुपमा पूर्वमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हल्कादेखि मध्यम वर्षा गराउने महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन् । उक्त प्रणली क्रमशः विकसित भई आगामी शनिबारसम्म कायम रहने बताइएको छ । काठमाडौँ उपत्यकामा बिहीबार दिउँसो केहीबेर मौसम खुल्ला भई घाम लाग्नेछ र अन्य स्थानमा भने तत्काल मौसमफुर्सदमा


विदेशमा कुनै समस्यामा परेमा अव सिधै सिंहदरवारमा फोन गरौं 

चैत्र १८ , काठमाडौं। सरकारले बैदेशिक रोजगारमा रहेकाहरु वा आन्तरीक श्रम बजारका गुनासा सुन्न कल सेण्टर सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सोमवार कल सेण्टरको उद्घाटन गरे । बैदेशिक रोजगार बोर्डद्धारा श्रम मन्त्रालयमा स्थापित सो कल सेण्टर सोमवार देखि विहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन सुरु भएको छ । कल सेण्टरको उद्घाटन गर्दै मन्त्री विष्टले विश्वको जुनसुकै ठाउँमा रहेको नेपाली पनि समस्यामा परेमा सो सेण्टरमा जानकारी गराउन सक्ने र सरकारले मद्धत गर्ने बताए । उनले बैदेशिक रोजगारमा रहेकाहरुसँगै आन्तरीक श्रम बजारका समस्या तथा सुझावहरुफुर्सदमा


बारामा भीषण हावाहुरी, कम्तीमा २१ जनाको मृत्यु

१७ चैत २०७५/ काठमाडौंl बारामा आज साँझको भीषण हावाहुरीबाट २१ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमबहादुर शाहीले टेलिफोनमा दिएको जानकारी अनुसार अहिलेसम्म २१ जनाको शव फेला परेको छ। उनका अनुसार टेलकुवामा १, भलुहीमा ५, क्वै सोर्ण गाउँपालिकामा १, फेटा पुरेनियामा ७, हर्दिया र परशुरामपुरमा २ जना, धर्मनगरमा ४ जनाको शव फेला परेको र १ जनाको वीरगञ्ज उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ। घाइतेलाई वीरगञ्ज र नजिकको अस्पताल पु-याएर उपचार भइरहेको उनले बताए। डिएसपी शाहीले हावाहुरीबाट घरहरु तहस नहस भएकाले मृतकको संख्या थपिनसक्ने बताए। ‘बारामा ठूलो प्राकृतिकफुर्सदमा


साउन १ देखि पेन्सन खारेज, अब योगदानमा आधारित निवृत्तिभरण

१५ जेठ, काठमाडौं । सरकारले पेन्सनको भार थेग्न नसक्ने भएपछि आगामी आर्थिक वर्षबाट योगदानमा आधारित निवृत्तिभरण योजना लागू गर्ने भएको छ । अब २०७५ साउन १ गतेदेखि नियुक्त हुने सरकारी कर्मचारीहरुले पेन्सन पाउने छैनन् । उनीहरुले योगदानमा आधारित निवृत्तिभरणमा चित्त बुझाउनुपर्ने छ । मंगलबार आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले भने, ‘संवत् २०७५ साउन १ गतेदेखि नियुक्त हुने राष्ट्रसेवकहरुलाई योगदानमा आधारित निवृत्तिभरण योजना अनिवार्य लागू गरिने छ ।’ सरकारलाई पेन्सनको भार प्रत्येक पाँच वर्षमा दोब्बर पर्दै गएको छ । गत वर्षसम्म नेपालको कुल बजेटको ६फुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै

बिजनेष

५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस