गजल

 
 

गजल – के गर्न खाेज्याैं?

          सधैं बन्द हडताल के गर्न खाेज्याैं? ए नेता ज्यु नेपाल के गर्न खाेज्याैं? जहाँ बुद्ध जन्में त्यहाँ छैन शान्ति रगतकाे छ अाहाल के गर्न खाेज्याैं? हिजो लुट्नु जनता लुट्याै अाज देश बनाएर कंगाल के गर्न खाेज्याै? जता हेर्छु उस्तै जुलुस छन् सडकमा बुनी युद्धको जाल के गर्न खाेज्याैं? सिमाना मिचें अाज वैरीहरूले नहालेर पर्खाल के गर्न खाेज्याैं।         रञ्जित बाबू नराल(समर्पण )


हेम मगरका गजल "यार"

      न सोध भो प्यारमा के-के गरिएन यार खोज्दै खुसी कहाँ-कहाँ डौडिएन यार रात दिन मनमा एउटा प्रश्न उठि रह्यो टुक्रिएको यो मुटु किन? गाँसिएन यार साच्चै हरपल मर्दैछु म यादहरुमा यहाँ निष्ठुरी बिना धड्कन धड्किएन यार जस्लाई मैले मायागरे आफूभन्दा धेरै ऊ कहिल्यै मेरो आफ्नो भईदिएन यार जिउन धेरै गार्‍हो हुदा, दिल टुटे पछि छोडि दिए संसार मैले बाँचिएन यार           हेम मगर


दिपक नेपालका -गजल शिशुको लाश भेटेदेखि

        आगोको पोलाई हरायो प्रेममा घसेटेदेखी ! प्यारले बोलाई निन्द्रामा घाँटि अँचेटेदेखी !! आमा प्रति यहीं कारणले विश्वास लाग्दैन ! झाडीमा नवजात शिशुको लास भेटेदेखी !! सुरक्षाको नाममा ढुकुटि रित्याएता पनी ! आस छैन प्रहरी बाट जनता लखेटेदेखी !! उहाँलाई रगतको नाता भनेर भन्दिन ! अपराधी भन्न झूठा कागजाज समेटेदेखी !! अपरिचित लाई दुश्मन मान्न छाडीसके ! सम्पतीमा दाईले भाईको गला रेटेदेखी !!           दीपक नेपाल मार्पाक-५,निमार्चोक धादिङ हाल कुवेत


गजल – कुवेतमा – एस पि माथवरका

  यो दिन रातै बिजुली चम्कनि कुवेतमा । भने जस्तो राम्रो छैन कम्पनी कुवेतमा ।। पाइदैन् हाम्रो जस्तो पहाडको हावापानी । बाह्रै मास आगो लाग्छ दनदनी कुवेतमा ।। आफन्त, देश मन मुटु भरि हुदा पनि। कोही हुन्न आफ्नै भनि सम्झनि कुवेतमा ।। यु के जापान अमेरिका आँखा लाउछन । कहाँ जान्छन् र हुनिखानि धनि कुवेतमा । कैले हो बनको चरि बनमै रम्ने भन्दै ।। लाखौं युवा बस्याछन् दिन गनि कुवेतमा ।         एस पि माथवर दाङ देउखुरी हाल कुवेत


गजल- तिमी गएदेखि "सुरज निर्दोष"

    न्यास्रो छ प्यारा घर आगनि तिमी गए देखि लाउनै छोड्यो अचेल बाडुल्कि तिमी गए देखि रमाईला लाग्थे बन पाखा हरिया डाँडा काँडा जानै मन लाग्दैन गाई गोठालि तिमी गए देखि मध्य रातका जुन ताराले गिज्याउछन मलाई एक्ली हुन्छु भिजाउछु सिरानि तिमी गए देखि मन दुखेको छ अनि तन दुखेको छ मेरो प्यारा केही पाउदै पाएन मैले ओखति तिमी गए देखि साँझ पर्छ लोरी सुनाएर सुताउन सुताउछु मैले बिहान नहुदै बोलाउछे छोरी तिमी गए देखि दिन चार्य त ओखल जाँतो मेलापात गर्दै बित्छ कटाउनै धौ धौ पर्छ मध्य रातीफुर्सदमा


उसले स्वदेश पढ्दै छ अचेल प्रवासमा पुगेर – दिल प्रकाश मगर

    धरातल हेर्नू शिखरको आसपासमा पुगेर बादल पनि त चुहिन्छ आकाशमा पुगेर समय संगै मृत्यु पनि यति छिटो दौडियो अचेल मान्छेहरू मर्न थाले पचासमा पुगेर जिन्दगीभर नाँगिए थ्यो एउटा फुटपाथ शिर देखि पाउ सम्म ढाकियो लासमा पुगेर जसले स्वयंलाई समेत पढ्न पाएन कहिल्यै उसले स्वदेश पढ्दै छ अचेल प्रवासमा पुगेर त्यसैबेला मलाई पागलपनको संज्ञा दिन्छ्यौ म भने तिमी नै बढी सम्झन्छु निराशमा पुगेर       दिल प्रकाश मगर  सल्यान नेपाल्  हाल मलेसिया 


स्मृती तामाङको गजल “आमा”

  तिम्रो हातले खुवाए झैं माम मिलेन मेरी आमा दुःख पर्दानि बिसाउने ठाम मिलेन मेरी आमा|| भेडाबाख्रा चराउँछु म अरबको यो मरुभूमिमा मुग्लालानमा सोंचेजस्तो काम मिलेन मेरी आमा|| भाषा भेष छुट्टै धर्म छुट्टै हुँदोरहेछ यहाँको मेरो जन्म थलो जस्तै गाँम मिलेन मेरी आमा|| अधुरै भयो फाटेको तिम्रो चोली फेर्ने सपना मरीमरी काम गर्दा नि दाम मिलेन मेरी आमा|| भेटे धेरै मन्दिर,मस्जिद चैत्य अनि गुम्बाहरु तर तिमी जस्तै पुण्य धाम मिलेन मेरी आमा|| मिले सारा संसारका सुख अनि खुशीहरु सबै मुगलनमा आमा रुपी नाम मिलेन मेरी आमा||     स्मृति तामाङफुर्सदमा


स्मृती तामाङको गजल "आमा"

  तिम्रो हातले खुवाए झैं माम मिलेन मेरी आमा दुःख पर्दानि बिसाउने ठाम मिलेन मेरी आमा|| भेडाबाख्रा चराउँछु म अरबको यो मरुभूमिमा मुग्लालानमा सोंचेजस्तो काम मिलेन मेरी आमा|| भाषा भेष छुट्टै धर्म छुट्टै हुँदोरहेछ यहाँको मेरो जन्म थलो जस्तै गाँम मिलेन मेरी आमा|| अधुरै भयो फाटेको तिम्रो चोली फेर्ने सपना मरीमरी काम गर्दा नि दाम मिलेन मेरी आमा|| भेटे धेरै मन्दिर,मस्जिद चैत्य अनि गुम्बाहरु तर तिमी जस्तै पुण्य धाम मिलेन मेरी आमा|| मिले सारा संसारका सुख अनि खुशीहरु सबै मुगलनमा आमा रुपी नाम मिलेन मेरी आमा||     स्मृति तामाङफुर्सदमा


कविता "भक्कानिएर रोेएँ"

  पिरतीको डामा डोल भो अलपत्र मन तिम्रो बज्यो ढोल बन्यो उसै प्रेम रतन त्यो अन्तिम दिन तिमीले जितको खुसि मनाउदा भक्कानेर रोएँ त्यो दिन देखि हरेक रात आँसुले सिरानी धोएँ तिमी त गयौ पराइको सिउदो रंगाई गोरेटो लाई बङ्गाई महसुस त के गर्यौ होला र! अतितका ती दिनहरू के सम्झ्यौ होला र! तिम्रा ती निष्ठुरी मनले, यता म एकोहोरो भए गुमाउनुको पीडा उस्तै, दिनमा भत्किएको मन टाल टुल गरे पनि हरेक रात एक्लो महसुसमा आँसुले सिरानी धोई रहे, जति भुल्न खोज्छु, उति आउछ याद बनी निकाली दियौ दिलबाट खैफुर्सदमा


गजल बनेको छ

    लाग्छ अौकात नाप्न मान सम्मान बनेको हो भाँडोको भार धान्नलाई अोदान बनेको हो हो मृत्यु पछि अाफन्तको परिचय दिलाउन दाह संकारको नाम दिंदै चिहान बनेको हो मलाई मेरो बाबाले यै भन्नू हुन्छ बारम्बार फलामको अाकार दिन अारान बनेको हो ऊ त्यो घरको माली थ्यो यही कारण हेर्नुस् कौशी वरी परी फूलको बगान बनेको हो बिधानको मात्र किताब बन्दा हाम्रो देशमा भष्टचारी सदैब हेर्नुस् अन्जान बनेको हो           खड्का जगत दोलखाली दोलखा नेपाल  हाल मलेसिया


पछिल्ला सम्प्रेसणहरु

लोकसेवाले माग्यो १०९६ अधिकृत

साग फुटबलमा नेपाललाई स्वर्ण : भुटान उपविजेता

नेपाली दूतावास कुवेत र म्यानपावरको लापरबाहिका काराण पिडित २१ जना कामदार कालो सुचिमा

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस