खेलकुद

 
 

हङकङमा भलिबल खेलाडीद्वय मञ्जु गुरुङ र लक्ष्मण राना सम्मानित

मे ६, हङकङ l राष्ट्रिय भलिबल खेलाडीद्वय मञ्जु गुरुङ र लक्ष्मण राना हङकङमा सम्मानित भएका छन् । पर्वत क्लब हङकङले आफ्नो वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गरेको हो । उक्त कार्यक्रममा क्लबका अध्यक्ष काजिमान गुरुङले अध्यक्षता ग्रहण गरेका थिए भने प्रमुख अतिथिमा पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’, विशेष अतिथिमा एनआएन हङकङका अध्यक्ष टीका गुरुङ, एनआरएन हङकङका उपाध्यक्ष तथा एसिया प्यासिफिक भलिबल दुत निरञ्जन गुरुङ, भुरुङदी सियो समाजका अध्यक्ष लोकमान गुरुङ लगायत पर्वत मञ्च हङकङ सँग आबद्ध १० वटै एकाइ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको मन्तव्यफुर्सदमा


१७औं बमजन कपको उपाधी सरोकार समाजले चुम्यो, (फोटो फिचरसहित)

३० मार्च २०१९ । माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवले आयोजना गरेको १७औं माउण्ट एभरेष्ट एम.बि.बमजन गोल्ड कप फुटबल टुर्नामेण्ट सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको छ । २२ र २९ मार्च लगातार २ शुक्रबार खेलाईएको गोल्ड कपको १७औं संस्करणमा बिजेताको उपाधी नेपालकुबेत सरोकार समाजले चुमेको छ भने गोर्खाली फुटबल क्लव(GFC) उप-बिजेता बनेको छ । १२ सशक्त नेपाली टिमहरुले सहभागीता जनाएको टुर्नामेण्टको पहिलो र क्वार्टर फाईनल चरणका खेलहरु गत हप्ता २२ तारिकका दिन सम्पन्न भएको थियो । जसबाट आफ्ना निकट्तम प्रतिश्पर्धी टिमहरुलाई पराजित गर्दै पुर्बेली टाईगर, गोर्खाली फुटबल क्लव, युनिक नेपाल र सरोकार समाजलेफुर्सदमा


युवा क्रिकेटर सन्दीप लामिछाने जेभियर इन्टरनेसनल कलेजको ‘ब्रान्ड एम्बास्डर’अनुबन्धित

जेष्ठ ११, काठमाडौँ l युवा क्रिकेटर सन्दीप लामिछाने जेभियर इन्टरनेसनल कलेजको ‘ब्रान्ड एम्बास्डर’ अनुबन्धित भएका छन् । सन्दीप लामिछाने (बीचमा)को साथमा प्रमुख कार्यकारी लोकबहादुर भण्डारी (दायाँ) र कार्यकारी निर्देशक गोपाल भण्डारी । इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेका पहिलो नेपाली खेलाडी सन्दीप स्वदेश फर्केलगत्तै जेभियर इन्टरनेसनल कलेजले दुई वर्षका लागि अनुबन्धित गरेको हो। आईपीएलको डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरेपछि चर्चित भएका सन्दीपलाई काठमाडौंमा जारी ‘कान्तिपुर हिसान शैक्षिक मेला’का क्रममा ‘ब्रान्ड एम्बास्डर’ अनुबन्ध गरिएको जेभियरका प्रमुख कार्यकारी लोकबहादुर भण्डारीले जानकारी दिए। भण्डारीका अनुसार क्रिकेटर लामिछानेले सद्‍भावना दूतकारुपमा जेभियर इन्टरनेसनलको स्कुल तथा कलेजकोफुर्सदमा


आगामी १६ र २३ फेब्रुअरीमा १६औं एम.बि. बमजन गोल्ड कप टुर्नामेण्टको कुम्भमेला हुदै, टाईसिट ०९ फेब्रुअरीमा

०३ फेब्रुअरी,कुवेत। माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लवल, काठमाण्डौ-कुवेतले १७ बर्षदेखी बर्षेनी सञ्चालन गर्दै आएको माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको १६औं श्रीङ्खला आगामी १६ र २३ फेब्रुअरी २०१८ शुक्रबारका दिन, कुवेतको फाहाहिल स्थित सनैया फुटबल मैदानमा सञ्चालन हुने भएको छ । यस गोल्ड कपको बिगतका श्रीङ्खलाहरु अक्टुबरदेखी डिसेम्बरसम्म सम्पन्न गरिने भए ता पनि यसपाली भने क्लवलाई फुटबल मैदानको लागि कुवेतको खेलकुद मन्त्रालयबाट स्विकृत प्राप्त गर्न निकै कसरत गर्नु परेकोले केही ढिला हुन गएको जानकारी गराउँदै, टाईसिटको लागि आगामी ०९ फेब्रुअरी २०१८ मा फर्वानियाको गार्डेनमा बिहानको ठिक १०.०० बजे उपस्थितफुर्सदमा


माउन्ट एभरेष्ट स्पोर्ट बम्जन कप १६ फेब्रुअरीमा हुने

माउन्ट एभरेष्ट स्पोर्ट बम्जन कप १६ फेब्रुअरीमा हुने, सम्पूर्ण नेपाली टिमहरुलाई गोल्ड कप चुम्ने तयारीमा रहन क्लवको आग्रह  जय आले / जनवरी १६, कुवेत। कुवेतको नेपाली समाज र नेपाली समाजमा रहेका प्रबाशी नेपाली फुटबल प्रेमीहरुको माझ लोकप्रिय रहेको माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबले सञ्चालन गर्ने गोल्डकप फुट्बल प्रतियोगिता आगामी १६ फेब्रुअरी २०१८ शुक्रबार देखी सुरु हुने भएको छ ।माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबका पूर्व अध्यक्ष जय आलेको अध्यक्षतामा बसेको पूर्ण बैठकले समयमै गोल्डकप प्रतियोगिता सुरु गर्ने निर्णय गरेको हो । बिगत १७ बर्ष देखी नेपाली समाज कुवेतमा खेलकुद ,सामाजिक र सामाजिक पत्रकारीतामा योगदान गर्दैफुर्सदमा


अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई १२ स्वर्ण

नेपालका रोशन खान उत्कृष्ट प्रशिक्षक पुस १८,काठमाडौं l भारतको कोलकातामा भएको पहिलो खुल्ला टिआइए अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले १२ स्वर्णसहित ३५ पदक जितेको छ । पाँचदिन चलेको च्याम्पियनसिपमा नेपालले १२ स्वर्ण, ८ रजत र १५ कास्य पदक जितेको हो । नेपालले फाइटमा ९ र पुम्सेमा ३ स्वर्ण पदक हात पारेको हो । नेपाली टोलीका प्रशिक्षक रोसन खान उत्कृष्ट प्रशिक्षक चुनिए । नेपालका रोहीत गिरीले २९ केजी र निता गुरुङले ५३ केजीमा फाइट र पुम्से दुवैमा स्वर्ण पदक जिते । फाइटतर्फ पुरुषको ८० केजीमा धनबहादुर दराई, ७३ केजीमा गोकुल अधिकारी रफुर्सदमा


नेपालले एसिया कप छनोट खेल्ने,कुवेत र ग्वाम फिफाको कारवाहीमा परेसँगै नेपालले पायो अवसर

पुस १२, काठमाडौं l नेपाली राष्ट्रिय फुटबल टिम सन् २०१७–२०१८ का लागि व्यस्त वर्ष रहने भएको छ । नेपालले एसिया कप छनोट खेल्ने भएपछि राष्ट्रिय टिमको कार्यक्रम बढ्ने भएको हो । एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई राखेको एसिया कप छनोट खेल्ने प्रस्तावलाई स्वीकारेको हो । छनोटको तेस्रो चरणका दुई टिम कुवेत र ग्वाम अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एएफसीको कारवाहीमा परेपछि नेपालको भाग्य खुलेको हो । नेपालसँगै मकाउले यो सम्भावना पाउनेछ । सोलिडारिटी कपको विजेता र उपविजेताका रूपमा नेपाल तथा मकाउले यो अवसर पाएकाफुर्सदमा


‘एडभेन्चर्स अफ द इयर’ अवार्ड जिताउन “मीरा राईलाइ जिताऔ”अभियान सुरु

नैनकला राई / अक्टोबर १० , कुवेत l नेपाली अल्ट्रा धाविका मीरा राई नेशनल जियोग्राफी च्यानलले हरेक बर्ष बितरण गर्ने एड्भेन्चर्स अफ द इयर अवार्डको मनोनयनमा परेपछि उनलाई जिताउन संसारभरी प्रचार गराउने हेतुले मीरा राईको उपस्थितिमा हिजो मिति अक्टोबर ९ का दिन बालुवाटार काठमाण्डौमा किरात मंचको अयोजनामा “मीरा राई जिताऔ”अभियान थालिएको छ । १२औं एड्भेन्चर्स अफ द इयर अवार्डका लागि नेशनल जियोग्राफीले विश्वभरका साहसी खेलसँग आवद्धहरुमध्ये १० जनालाई मनोनयन गरेको छ । जसमा मीरा राईलाइ ट्रायल रनरको रुपमा मनोनयन गरेको छ । मीरासँगै अन्य साहसी खेलमा सफलता पाएका खेलाडीहरु केभफुर्सदमा


‘एडभेन्चर्स अफ द इयर’ अवार्ड जिताउन "मीरा राईलाइ जिताऔ"अभियान सुरु

नैनकला राई / अक्टोबर १० , कुवेत l नेपाली अल्ट्रा धाविका मीरा राई नेशनल जियोग्राफी च्यानलले हरेक बर्ष बितरण गर्ने एड्भेन्चर्स अफ द इयर अवार्डको मनोनयनमा परेपछि उनलाई जिताउन संसारभरी प्रचार गराउने हेतुले मीरा राईको उपस्थितिमा हिजो मिति अक्टोबर ९ का दिन बालुवाटार काठमाण्डौमा किरात मंचको अयोजनामा “मीरा राई जिताऔ”अभियान थालिएको छ । १२औं एड्भेन्चर्स अफ द इयर अवार्डका लागि नेशनल जियोग्राफीले विश्वभरका साहसी खेलसँग आवद्धहरुमध्ये १० जनालाई मनोनयन गरेको छ । जसमा मीरा राईलाइ ट्रायल रनरको रुपमा मनोनयन गरेको छ । मीरासँगै अन्य साहसी खेलमा सफलता पाएका खेलाडीहरु केभफुर्सदमा


सोलिडारिटी कपको उपाधि जित्दै नेपालले रच्यो इतिहास

  ३० कात्तिक, काठमाडौं । मकाउलाई पराजित गर्दै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ । यससँगै यू-२३ सहित उपाधिको हृयाट्रिक मात्र गरेन, पहिलो महादेशीय उपाधि पनि उच्याल्यो । मंगलबार भएको फाइनल भिडन्तमा नेपालले मकाउलाई १-० गोल अन्तरले पराजित गरेको छ । नेपालका लागि सुजल श्रेष्ठले विजयी गोल गरे ।साभार:अनलाइन खबरबाट


पछिल्ला सम्प्रेसणहरु

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले १२ जुलाईमा ९औं वार्षिकोत्सव तथा साहित्य वाचन कार्यक्रम गर्दै

दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

बिजनेष

५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस