कुवेत

 
 

आगामि जुलाई ५मा सेन्ट्रल ब्लड बैंकमा रक्तदान कार्यक्रम हुदै, कार्यक्रममा सहभागिताको लागि तमु समाज कुवेतको आह्वान

परदेशी खबर/जुन १८, कुवेत। तमु समाज कुवेतको आयोजनामा “रक्तदान जीवन दान” भन्ने नारालाई आत्मसात गर्दै समाजले चलाऊँदै आएको रक्तदान अभियानको लागि छैटौ कार्यक्रम स्वरुप आगामी ५ जुलाई २०१९ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा गरिने भएको छ । रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै, बिगत लामो समयदेखी आफ्नो प्रतिनिधित्वमा चलाऊँदै आएको यो रक्तदान अभियान समाजको छैटौ श्रीङ्खला हो ।जो कोहिको जिवन यापनको दौडानमा हुनसक्ने सम्भावित दुर्घटना, अप्रेशन या अन्य कारणवश अति आवश्यक पर्ने अमुल्य बस्तु “रगत” विश्वको एक कुनाबाट दान गरेर अर्को कुनामा तड्पिएकाहरुको जीवन बचाउन सकिने भएकोले यस किसिमकोफुर्सदमा


खोटांङ कुवेत सम्पर्क मंचको चौथौं अधिवेशन आगामी १६ अगष्टमा हुने

नैनकला राई जुन १६, कुवेत l खोटाङ कुवेत सम्पर्क मंच, कुवेतको चौथौं अधिवेशन तथा ८ औं बार्षिक उत्सव अगष्ट १६ तारिकमा हुने भएको छ l गत १४ तारिख  जुन २०१९ शुक्रबारको दिन कुवेत स्थित फर्वानियामा मंचका उपाध्यक्ष  मोहन नाच्छ्रीङ राईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो l साथै अधिवेशन तथा ८ औं बार्षिक उत्सव कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति पनि रहने संस्थापक संरक्षक मन्जित चाम्लिङ राईले परदेशी खबरलाई जानकारी दिएका छन्l रोजगारीको सिलसिलामा कुवेतलाई कर्मथलो बनाउदै आएका खोटाङ्गेहरुलाई एक ढिक्का बनाउदै बिशेष जन्मभूमिको विकाशको लागि टेवा पुर्याउने हेतुलेफुर्सदमा


आज बेलुकी ५ बजे कुवेत अवतरण हुने भनिएको अतिथि कलाकार निशान भट्टराईको प्लाइट समयमा फेरबदल

परदेशी खबर, जुन १२, कुवेत। अन्तर्राष्ट्रिय कलाकार मंच कुवेतको आयोजनामा हुन गइरहेको कलाकार अक्षयकोष निर्माण बृहत् साँस्कृतिक कार्यक्रमको लागि अतिथि कलाकार निशान भट्टराई आज बुधबार बेलुकी ५ बजे कुवेत अवतरण हुने भनिएको फ्लाइटको समयमा फेरबदल भएको छ । मंचका अध्यक्ष सोम रसाईलीले कुवेतबासी सम्पुर्ण संगित प्रेमिहरुलाइ पर्न गएको असुबिधा प्रति माफि मग्दै सम्पूर्ण कुवेतबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई आज बेलुकी कलाकार स्वागतको लागि कुवेत बिमानस्थल नजानु हुन अनुरोध गर्दै, कलाकार आगमनको नयाँ सेडुल छिट्टै प्रकाशित गर्ने बताएका छन्।


तितोपाटी डट कमको नेतृत्वमा फेरबदल, प्रधान सम्पादकमा नबराज पन्थी नियुक्ति

परदेशी खबर/ जुन ६, कुवेत। कोसेली समुह कुवेतद्वारा संचालित तितोपाटी डट कमको प्रधान सम्पादकमा नवराज पन्थी नियुक्त भएका छन् ।   कोसेली समुह कुवेतको ब्यवस्थापन समितिको आज ६ जुन २०१९ बिहिबारको दिन संस्थाका अध्यक्ष आनन्द आचार्यको सभाध्यक्षतामा बसेको विशेष बैठकले सर्वसम्मत रूपमा निर्णय गरि प्रधान सम्पादक पदमा पन्थीलाइ नियुक्त गरेको हो ।   कोसेली समुह कुवेतको स्थापनाकाल देखि सम्पादकको रूपमा रहेर छापा संस्करण मरूभूमिको कोसेली पत्रिकाको प्रधान सम्पादक रहि सकेका सामाजिक अभियन्ता तथा कलमबाज पन्थी विगत १६ वर्ष देखि कुवेतमा कार्यरत रहेका छन् भने कुवेतमा रहेका विभिन्न सामाजिक संघ सँस्थामाफुर्सदमा


नेपाली जनएकता सेवा समाज कुवेतको वार्षिक उत्सव तथा अधिवेशन कार्यक्रम सम्पन्न

नैनकला राई/ जुन ४, कुवेतl आज जुन ४ तारिक इस्लाम धर्मावलम्बिहरुको पर्व ईदको छुट्टीको दिन कुवेत स्थित फर्वानियाको हलमा नेपाली जनएकता सेवा समाजले ४औं वार्षिक उत्सव तथा तेश्रो अधिवेशन कार्यक्रम सम्पन्न भएको छ l “एकता नै हाम्रो चाहाना, सेवा नै धर्म हो” भन्ने मुलनाराका साथ कुवेतमा कार्यरत लुलु इन्टरनेशनल कम्पनीमा रहेका नेपालीहरु मिलेर सन् २०१५ मा स्थापना भएको यस संस्थाले स्थापनाकाल देखिनै सक्रिय रही कम्पनीमा रहेका नेपालीहरु बिभिन्न आपत -बिपतमा परेकाहरुलाई सहयोग गर्दै कुवेतमा क्रियाशिल संस्थाहरुसँग हातेमाललो गर्दै आएको छ। स्थापनाकाल देखिनै संस्थाले प्रत्येक वर्ष रमादानको अन्तिम दिन (इदको दिन)कार्यक्रमफुर्सदमा


जनएकता सेवा समाज कुवेतको वार्षिकोत्सव तथा अधिवेशन कार्यक्रमको तयारी पुरा

परदेशी खबर/जुन २, कुवेत। नेपाली जनएकता सेवा समाज कुवेतको चौथौँ वार्षिकोत्सव तथा अधिवेशन कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ।  एकता नै हाम्रो चाहाना, सेवा नै धर्म हो” भन्ने मुलनाराका साथ सन् २०१५ मा स्थापना भएको नेपाली जनएकता सेवा समाजले चौंथो वार्षिकोत्सव तथा अधिवेशनको साथमा सांस्कृत्तिक कार्यक्रम भव्यरुपमा गर्ने तयारी पुरा भएको समाजका महासचिव डिबी भुसालले जानाकारी दिएका छन्।   संस्थाले प्रत्येक वर्ष रमादानको अन्तिम दिन (इदको दिन) कार्यक्रम गर्दै अाएको छ र यसपाली पनि त्यसैलाई नै निरन्तरता दिंदै यस दिन संस्थाको वार्षिकोत्सव तथा अधिवेशनको साथमा पञ्चेवाजा सहित स्थानिय कलाकारहरुको वेजोड प्रस्तुतीफुर्सदमा


कुवेतका ३ किराती संस्थाको संयुक्त आयोजनामा ७ जुनमा मनाउने साकेला उभौली कार्यक्रमको सम्पूर्ण तयारी पुरा

नैनकला राई/ जुन १, कुवेत l कुवेतका तिन किराती संस्था किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा मनाउन गइ रहेको शुभकामना आदानप्रदानका साथ साकेला उभौली चाड कार्यक्रमका सम्पूर्ण तयारी पुरा भएको कार्यक्रमका संयोजक तथा किरात राई यायोक्खाका अध्यक्ष मन्जित चाम्लिङ राइले परदेशी खबरलाई जानकारी दिएका छन् l “भाषा, संस्कार र संस्कृतिको संरक्षण! किरातिहरुको साझा अभियान!!” भन्ने मुल नाराका साथ यी तीन किराती संस्थाहरुले किरातीहरुको चाड संयुक्तरुपमा आयोजना गरिएको कार्यक्रममा स्थानिय कलाकारहरुको साथमा बिभिन्न संस्कृतिक झाँकीका साथ धुमधामले साकेला चाड मनाउने गरि तयारिमा जुटेकोफुर्सदमा


जनसम्पर्क समिति कुवेतले जुन २८ मा राष्ट्रिय जागरण अभियान गर्दै

तेश्रो अधिवेशन १६ अगस्टमा परदेशी खबर/जुन १, कुवेत। नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेत शाखाले राष्ट्रिय जागरण अभियान धुमधामका साथ मनाउने भएको छ। कुवेतको जिलिबमा शुक्रबार सभापति कल्याण कुमार श्रेष्ठको सभापतित्वमा बसेको नियमित बैठकले सो निर्णय गरेको बताइएको छ। नेपाली कांग्रेसको केन्द्रिय कार्यालयको निर्देशन अनुसार यहि जुन २८ तारीख शुक्रबारका दिन नेपाली जनसम्पर्क समिति कुवेत शाखाले राष्ट्रिय जागरण अभियान धुमधामका साथ मनाउने निर्णय गरेको समितिका महामन्त्री कृष्ण बहादुर तामाङले जानकारी दिए। साथै सो बैठकमा नेपाली जनसम्पर्क समिति कुवेतले अाउदो अगस्त १६ तारिख शुक्रबारका दिन नेपालबाट प्रमुख अतिथिकोफुर्सदमा


नेपाली दूतावास कुवेतको आयोजनामा १२ औं गणतन्त्र दिवस सम्पन्न

नैनकला राई / मे २९, कुवेतl आज साँझ मे २९ (जेठ १५) का दिन नेपाली दूतावास कुवेतको आयोजनामा राजदुतावासको सभाहलमा कुवेतबासी नेपालीहरुको बीच १२ औं गणतन्त्र दिवस कार्यक्रम सम्पन्न भएको छ। नेपाली दूतावास कुवेतले लोकतान्त्रिक गणतन्त्रले ११ औँ बर्ष पार गर्दै १२ औँ बर्षमा प्रवेश गरेको खुसिमा उक्त कार्यक्रमको आयोजना गरेको हो। दूतावासको सभा गृह हलमा सम्पन्न सो कार्यक्रममा महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रम नेपाली दूतावासका द्वितीय सचिव जानकी ओझाले सञ्चालन गर्नुभएको थियो भने मिनिस्ट्री अफ काउन्सेलर प्रकाश मणि पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको उद्घाटन महामहिमफुर्सदमा


एनआरएनए एनसिसि कुवेतको महाधिवेशनको मिति सर्यो, अधिवेशन ०२ अगष्ट हुने

नैनकला राई / मे २९, कुवेतl गैरआवासीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद कुवेतको छैटौं राष्ट्रिय महाधिवेशन २६ जुलाई २०१९ मा हुने भनिएको मितिमा एनसिसी बहराईन देशको पनि सोहि मितिमा हुने भएकोले आइसिसीको निर्देश अनुसार पूर्वसुचित मिति सारेर नयाँ मिति २ अगष्टमा हुने भएको छ। संस्थाको विधान अनुसार नै आगामी कार्यकाल २०१९–२१ को लागी छैटौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय भएको र आगामी नेतृत्वको लागी संघको विधान सम्मत नै निर्वाचन समितिले उम्मेदवारी लिने कुरा पनि महासचिव हरि लावतीले परदेशी खबरलाई जानकारी दिएका छन्। आगामी कार्यकालको लागी नयाँ पञ्जिकृत सदस्यता आवेदन दर्ता मितीफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै

बिजनेष

५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस