कार्यक्रम

 
 

छैटौं महाधिवेशनको लागि एनआरएनए कुवेतको निर्वाचन आचार संहिता र कार्यतालिका सार्वजनिक   

नैनकला राई/ जुन २८, कुवेत l एनआरएनए कुवेतको आगामी २ अगष्ट २०१९ का दिन  INN & GO होटलमा  हुन गैरहेको छैटौं महाधिवेशनको लागि गठित निर्वाचन समितिले निर्वाचन आचार संहिता २०१९ र कार्यतालिका सार्वजनिक गरेको छ l निर्वाचन आचार संहिता २०१९ गत २६ जुनमा निर्वाचन आयुक्त शिबप्रसाद कोइरालाको अध्यक्षतामा जय आले, आनन्द आचार्य , नैनकला राई र गणेश रावत रहेका निर्वाचन समितिका सदस्यहरु बसेको उक्त बैठकले पारित गरेको हो  l एनआरएनएले यस पटक देखि पञ्जिकृत सदस्यताको लागि अनलाइन मार्फत फारम भर्नु पर्ने ब्यबस्था गरेको छ l  पञ्जिकृत सदस्यता फारम भर्नाको लागि गैरआवासीयफुर्सदमा


चितवन सेवा समाज कुवेतद्वारा भित्तेपात्रो सार्वजनिक

परदेशी खबर / मे १२, कुवेत l चितवन सेवा समाज कुवेतले हिजो मे ११ तारिक शुक्रबार फर्वानिया पार्कमा नेपाली नयाँ बर्ष २०७५ को भित्तेपात्रो सार्वजनिक गरेको छ। “चितवनको विकास र सामाजिक भावना, समाजको एकता र समृद्धिको चाहाना”भन्ने मुला नारा बोकेको समाजले कुवेतमा रहेका चितवनबासी सबैलाई एकीकृत गर्ने उदेश्यले अगाडि बढेको उक्त समाज २ बर्ष देखि भित्तेपात्रो सार्वजनिक गर्दै यस बर्ष पनि चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति काठमाडौ लगाएत बिश्वभरीका १२ देशहरूसग सहकार्य गरि उक्त भित्तेपात्रो बिमोचन गरेको समाजका अध्यक्ष नविन लोप्चनले बताए। स्थापनाकाल देखिनै सकृय रहदै आएको समाजले कुवेतमाफुर्सदमा


मोदीको जनकपुर भ्रमणः स्वागतकालागि बनाइएको स्वागत द्वार भत्कियो

वैशाख २६, जनकपुर l बुधबार बिहान आएको हावाहुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिन पछि हुन लागेको जनकपुर भ्रमणका लागि बनाइएको पण्डाल र स्वागत द्वार उडाएको छ । वर्षासँगै आएको हावाहुरीले मोदी स्वागतकालागि आयोजकले बनाएको स्वागत द्वार ढलेको हो । मोदीको अभिनन्दन हुने रंगभूमी बाह्र बिगाह मैदानमा पानी जमेको छ । हावाहुरी सडकको पण्डाल खसेपनि अभिनन्दन हुने स्थानमा खासै क्षति भने नभएको धनुषाका निमित्त प्रमुख जिल्ला अधिकारी दीपक कर्णले बताए । हावाहुरी अभिनन्दन हुने रंगभूमी मैदानमा कुनै क्षति नभएको कर्णले बताए । हावा हुरीकोक्रममा पण्डाल निर्माणकालागि ल्याएएको समाग्री बचाउन खोज्दाफुर्सदमा


अबुधबिमा  किरातीहरुले उभौली साकेला/ सालिवा श्याँदर पीदार चाड भव्यताका साथ मनाए

  परदेशी खबर / ५ अप्रिल l  गत शुक्रबार अप्रिल ४ तारिकमा किरात राई यायोक्खा शाखा युएई,क्षेकास आबुधाबी र सुनवार सेवा समाजको संयुक्त आयोजनामा यु ए इ को अबुधबी शहर स्थित मुसाफा (साकेला)पार्कमा किरातीहरुको महान चाड साकेला उभौली / सालिवा श्याँदर पीदार भव्यताका साथ सम्पन्न भएको छ l किरात राई यायोक्खा शाखाका अध्यक्ष हर्कजङ किरातीको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा आदिवाशी जनजाती महाशंघ युएईका सनिल घिसिगं रहेका थिए भने कार्यक्रम संस्थाका उपाध्यक्ष चन्द्रकला साम्पाङ र महासचिव तेज राईले संयुक्तरुपमा संचालन गरेका थिए साथै अतिथिहरुलाई मन्तव्यद्वारा स्वागत कार्यक्रम संयोजक तथाफुर्सदमा


फागुन ४ गते सोनाम ल्होछार मनाउन १ हजार १ जनाको मुल समारोह समिति गठन

परदेशी खबर/ १ जनवरी, कुवेत । नेपाल तामाङ घेदुङको नेतृत्वमा फागुन ४ गते सोनाम ल्होछार मनाउन १ हजार १ जनाको मुल समारोह समिति गठन भएको छ । घेदुङको केन्द्रिय कार्यालय पुतलीसडकमा बसेको विभिन्न संघसंस्थाको संयक्त बैठकले उक्त निर्णय गरेको हो । तामाङ समुदायको महान चाड, नयाँ बर्ष एबं राष्ट्रिय सास्कृतिक पर्ब ल्होछार तामाङ पहिलो महिना ख्रेला छेपागि अर्थात विक्रम सम्वतको फागुन ४ गते नागी (खि) ल्हो २८५४ भब्य रुपमा मनाउने निर्णय भएको घेदुङका महासचिव बाबु घिसिङले जानकारी दिनुभयो । “सोनाम ल्होछारको प्रवद्र्धन, हाम्रो सांस्कृतिक अभियान, ताम्सालिङ प्रदेशको स्थापना राष्ट्रको साझाफुर्सदमा


माता तिर्थ औँसीका दिन घुमारीघाटमा आमालाई सम्मान गरिने

बिरबहादुर बिसी/बैशाख ९,नवलपरासी l माता तिर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन नवलपरासीको पहाडि क्षेत्र बुलिङ्गटार गाउपालिका ६ घुमारीघाटमा आमाको विशेष सम्मान स्वरुप दिपदान एवं मातृ गरिने भएकोछ । धार्मिक तथा पर्यटकिय स्थलको रुपमा प्रकृतिबाटै निर्मित यस स्थानमा अहिलेको समाजमा नयाँ पुस्तालाई आमाबुबालाई मायाँ र सम्मान गर्नु पर्छ भन्ने सन्देश दिनका लागि यो कार्यक्रमको आयोजना गरिएको कृष्णागण्डकी क्षेत्र बिकास समितिका अध्यक्ष कुलराज चालिसेले बताउनु भयो। यस अभियानले यस क्षेत्रको बिकाशमा टेवा पुग्ने साथै अहिलेको पुस्तामा आफ्ना बुवाआमा देखि टाढा रहेपनि भावनात्मक र आत्मियता बढाउने,आमाबुवा र जेष्ठ नागरिकको हेरचाहमा जिम्मेवारि बोधफुर्सदमा


काठमाण्डौको बालाजु स्थित माछ पोखरीमा पाटो म्हेन्दो प्रोडक्सन प्रा.लि.को उद्घाटन कार्यक्रम सम्पन्न

नैनकला राई/ फाल्गुन २१, काठमाणडौ। हिजो फाल्गुन २०,२०७३ का दिन काठमाण्डौको बालाजु स्थित माछ पोखरीमा पाटो म्हेन्दो प्रोडक्सन प्रा.लि.को उद्घाटन कार्यक्रम सम्पन्न भएको छ l संस्थाका संयोजक एवं प्रोप्राइटर तथा  परदेशी खबर डटकमका प्रधान सम्पादक लामा भाइ (इष्टमान वाइबा)को संयोजकत्वमा भएको कार्यक्रममा प्रमुख अतिथिमा आमा फुल माया तामाङ र बिशेष अतिथिको रुपमा गीतकार तथा कथा पाटकथा संवाद डाइरेक्टर एवं चलचित्र बिकास बोर्डका अक्ष्यकोषका मेम्बर मिन सागर लामा रहेका थिए l कार्यक्रम संचालन बानु लोप्चनले गरेको उक्त कार्यक्रममा प्रोप्राइटर लामा भाइका साथ प्रमुख अतिथि र बिशेष अतिथिको हातबाट संयुक्तरुपमा रिबन काटेफुर्सदमा


राप्ती भेरी कर्णाली एकता समाजले आयोजना गरेको नयावर्ष बिशेष सांगीतिक धमाका भव्य रुपमा सम्पन्न ( फोटो फिचर )

    परदेशी खबर / जनवरी ६,कुवेत ।अंग्रेजी वर्ष २०१७ को अवसरमा राप्ती भेरी कर्णाली एकता समाजले आयोजना गरेको शुभकामना आदनप्रदान तथा बिशेष सांगीतिक धमाका २०१६ भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु रामजी खाँड, कल्पना काफ्ले र भूमिका गिरीको साथमा गरिएको कार्यक्रम कुवेतको जिलीब स्थित वेडिङ हलमा आयोजना भएको हो ।   समाजको अध्यक्ष पवनकुमार वलिको सभापतित्व र एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङको प्रमुख अातिथ्यतामा भएको कार्यक्रमको संचालन माधव शर्मा र सुरेश ग्याबा तामाङले गरेका थिए। कार्यक्रममा कुवेतमा सक्रिय विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधीहरुको साथमाफुर्सदमा


कुवेत ओर्लिए कार्यक्रमका लागि चर्चित कलाकार हरु

परदेशी खबर / जनवरी ४, कुवेत । राप्ती भेरी कर्णाली एकता समाज कुवेतद्वारा आयोजना हुन गइरहेको कार्यक्रमको लागी नेपालबाट चर्चित कलाकारहरु जनवरी ४ मा कुवेत ओर्लिएका छन् । अंग्रेजी नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन लोक तथा दोहोरी गायक तथा मोडल रामजी खाँडको साथमा लोक दोहोरी गायिकाद्वय कल्पना काफ्ले र भुमिका गिरी कुवेत आएका हुन्। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा आज बेलुकी कलाकारको स्वागतको लागी आयोजक राप्ती भेरी कर्णाली एकता समाजका प्रतिनिधिको साथमा एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङ, कुवेतमा सक्रिय विभिन्न सामाजिक संघ संस्थाको प्रतिनिधिहरुको साथ खोटाङ कुवेत सम्पर्क मञ्चकाफुर्सदमा


रामजी खाँडको साथ कुवेतमा नयाँ वर्ष मनाउँदै राप्ती भेरी कर्णाली एकता समाज

  परदेशी खबर / डिसेम्बर २०,कुवेत । “आजको आवस्यकता हामी सबै नेपालीको एकता ” भन्ने मुल नारालाई उठान गर्दै एकता भएको राप्ती भेरी कर्णाली समाज कुवेतले नयाँ वर्षको अवसर पारेर नेपालबाट आमन्त्रित कलाकारको साथमा शुभकामना आदनप्रदान सहित साँस्कृतिक कार्यक्रम गरि मनाईने भएको छ । नेपालबाट आमन्त्रण गरिएको कलाकारहरु चर्चित लोक गायक रामजी खाँडको साथमा भुमिका गिरि र कल्पना काफ्ले कुवेत आउने पक्का भएको जानकारी समाजद्वारा परदेशी खबरलाई दिएको छ । नयाँ वर्ष २०१७ को अवसर पारी आयोजना गर्न लागिएको उक्त कार्यक्रमको पुर्ण तयारी भैसकेको राप्ती भेरी कर्णाली समाज कुवेतले परदेशीफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

आदिवासी जनजाति प्रथम अन्तर्राष्ट्रिय सम्मेलन शुरू

स्थानीय तहका पदाधिकारीलाई दिइने सेवा सुविधासम्बन्धी कानुन बदर

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस