कविता

 
 

कविता ==“मजदुर दिवस´´

          चुडिएका चप्पललाई आफैं डाक्टर बन्दै बा ले एकै दिनमा दश चोटी अप्रेशन गर्नु भो र त्यसमै बोकाइरहनु भो ऊ त्यो बोराको लगभग आफू भन्दा दोब्बर ओजनदार जिन्दगीको भारी….।। आज हो आज पनि उस्तै हालत उही दैनिकी अनि मैलें सोधें, `ए बा! खै तिमीलाई मजदुर दिवस आएन?´ बा मौन केही बेर मौन हुनुभो र बोल्नुभो, `बाबु मैले मजदुर दिवस मनाएँ भने तँ भोक दिवस मनाउन सक्छस्?´           रमेश रसिक निजगढ


कविता -"बैचारिक जनक्रान्ति"

  अचेल, घाम नउदाइ अस्ताए झैँ लाग्छ जूनले बाटो बिर्सिएर ढाड फर्काए झैँ लाग्छ र त म अन्धकारको प्रीय बनेको छु । चिरबिर चिरबिर अावाजहरू संकटकालका बिद्रोही भएका छन् कोइलीहरू पनि अचेल पश्चिमा संगीतका प्रीय बनेका छन् मयूर नाच्दैन अचेल हात टेकेर घुट्टा नाच्न सुरू भएदेखि र त मलाई एकान्त प्रीय लाग्न थालेको छ । अह! मैले अाफ्नो उचाइ पत्ता लगाइन मेरा हितैसीहरू सगरमाथा माथि उक्लिएपछि स्वघोषीत म महान् बन्नेहरू अाफ्नै प्रीय बनेका छन् गौतम बुद्धका सन्देश परिमार्जन गर्दै कोही बन्दैछन् दोस्रो शान्ति दुत र त मलाई शान्ति अपत्यारिलो लाग्नफुर्सदमा


नगेन्द्र वरूम्हांग(मास्वा) कविता मेरो देश नेपाल

जननी जन्म भुमि,मेरो देश नेपाल किन छौ आज निराश,किन अँध्यारो तर्फ बढि रहेछौ सुन्दर हिमाल,समतल तराई अनि हरियाली बन जंगल पहाडले बनेको मेरो देश नेपाल । जन्मायौ यहि देशमा वीर सपुतहरू.. जन्मायौ यहि देशमा हजारौं शहीद हरू.. सधै अटल अनि शान्त, मेरो देश नेपाल ।       विश्वका कुना कुनामा वीर नेपाली भनि चिनायौ.. लडाईको मैदान मा सधै बहादुर बनायौ बीर गोर्खालीको जन्म दाता,मेरो देश नेपाल । चुपचाप छौ आज किन,अस्त ब्यस्त भई तड्पी रहेछ देश न त न्याय छ यहॉ न त कानुन,जीउदो लाश बनि रहेछ जनता उच्चफुर्सदमा


रमेश रसिकका ~ परदेशी जीवन ~

  गुम्सिइएको एक फिल्को हाँसो आँसुमा पकाइएको तिहुन आमाको सम्झनामा पालिएका केही खुसी मुटुका टुक्राहरूको मिलनमा कल्पिएको मन प्राणसरी धड्किरहने जन्मभूमिको माया र प्रेम बस ! यति यतिमै चलिरहेको छ म जस्तै महरूको जीवन न उन्मक्त हाँसो न निस्फिक्री रोदन हिहुँदको सिरेटो जस्तै सताउने घरको याद शिशिर जस्तै उराठ जिन्दगानी अरूद्वारा जीवित बनाइएको मेसिन झैँ म जस्तै म हरूको चलिरहेको जीवन चिलगाडीको प्रतीक्षामा बसिरहेका डाँडा माथिका घामहरूको सम्झनाले बाडुल्कीमा सताइरहेको मन खुसी र हाँसोको निमित्त पराईको निर्मम गाली सुन्न बाध्य यी कानहरु घरको पीडाले सताइरहेको मुटु पुर्खाको ॠण तिर्न गाँठोफुर्सदमा


कविता, " म श्रबण कुमार बन्न चहान्छु"

तिमीलाई थाहा  रहेन छ क्यार धर्ती र अाकाशको मिलन नभए पनि एक अर्को को पुरक हौ भनेर! हो त्यसरी नै पुरक छौ हामी नङ मासुको सम्बन्ध झैँ ! नहोस् पनि किन अनेकौं उतर चढाबलाई झेल्दै मलाई हुर्काई बढाई गर्नु भो जसरी बोट बिरुवा हुर्काउदा हावा पानी मलजल गरिन्छ, हो,,, त्यसरी नै यस धर्तिमा पाईला टेकाई जिम्मेवारी थमाई अगाढी बढाउनु भएको बा~अामाले मलाई , कसरी भन्न सक्यौं तिमी ले दुईमा एक चुन भनेर , त्यो पल मेरो लोचन बाट अश्रुधारा बगे पनि प्रतिकार गर्ने सामर्थ थिएन म’मा किन की तिमीले देकोफुर्सदमा


कविता – उदास छ मेरो देश नेपाल

जीर्ण उदाङ्गो अनिदो जस्तै खङरङ्गै सुकेको बृद्धा वृक्ष जस्तै बोली नफुटने अचल जड जस्तै आशैआशामा हारेर निराश जस्तै कठै मेरो प्रण भन्दा प्यारो देश नेपाल आज करुणा मय अबस्थामाछ नेपाल जगतको शान्ती यहि त थ्योनी स्वरगै थियो कान्तिपुरी नगरी हेर्दाहेर्दै परिवर्तन समशान घाटमा आर्तदर्द चीत्कार भरिए एकै रातमा हेर्दाहेर्दै शोकाकुल आँसुमा डुब्यो नेपाल मनोरम खुशी छिनाइ पलमै सङ्कटमा घेरीयो नेपाल यो घडी कति करुणिक दृश्य थिए सम्झन्दै मुटुमा शुल हुन्छ लेख्दिन झुठो जीवनमा ठुलो भुल हुन्छ मरिजाने मरिगए बाँच्नेलाइ पीडा पाएनन पीडितले राहत अरुलाइ नि भए सिधा बुद्ध जन्मेर खैफुर्सदमा


रकम राईका समर्पण

    माथ टेकाइ चरण छुन्छु आमा तिम्रो पासमा तिम्रो पासमा स्वर्गै लाग्छ छोडने छैन बस्छु साथमा कति कष्ट पिर ब्याथा सहि सहि जन्माइन हथेलिले काख चेपी आप्नो निशानी हुर्काइन   जियानको बाजि लायौ आमा नासोको खातिर तिमीले बरदान माग्छु ईश्वर सामु सेवागर्नु पाउ आमाको हामीले कैयौं आँधी तुफान आए कैयौं पिर ब्यथा मा पनि कति झरे निर्दोश आँसु कति दुखाइ मुटु पनि   हार मानेन आमाले कहिले हामीलाइ नौलो संसार दिए आमा भन्दा छैन ठुलो कुनै कुरा मनमा लिए पुजा गरौ आमालाइ भगवानको रुप हो जानी देवीदेवता सारा संसारफुर्सदमा


माङ्दोर्जे शेर्पाका कविता "नेपाली टोपी"

      तिमी मेरो सान हौ मेरो अभिमान हौ दृढ र अटल छौ जसरी सगरमाथा छ तिमी खस्दा देश खस्छ दुश्मनले हेपिदिन्छ। जसरी एउटी नारीले सिउदोको सिन्दूरले आफ्नो श्रीमानको इज्जत थामिरहेको हुन्छ त्यसरी नै सारा नेपालीको इज्जत बनी उभिरहन्छौ। सुनसान रातमा सबै शीतनिद्रमा पर्दा तिमी पनि आराम गर्छौ तर आफ्नो कर्तव्य भुल्दैनौ आफ्नो दायित्व बाट भाग्दैनौ उभिरहन्छौ निरन्तर कुनै सुरक्षाकर्मीले निर्धक्क छाती फुलाएर सुरक्षार्थ खटे जस्तै। कुनै रोगी भन्दैनौ कुनै कमजोर भन्दैनौ धनी-गरीब छ्ट्याउदैनौ कसैलाई पक्षपात गर्दैनौ पसिनाको अमिलो गन्धले केही फरक पर्दैन तिमीलाई जसले तिम्रो महत्व बुझ्छ जसलेफुर्सदमा


कविता " नेपाली र इच्छा "

    छन्द=मन्दक्रान्ता राख्छौँ साच्चै मुलुक मनमा राष्ट्र बादी भएमा। दुख्थ्यो हाम्रो मन र मुटुमा देश डुब्दै गएमा। गर्छौँ पूरा सहिद सपना बाड्न हाँसो सबैमा। आजै चालौँ कदम पथमा हुन्न गाह्रो कसैमा। बढ्छौँ हामी शिखर छुनमा दु:ख सारा भगाई। बन्थ्यो साच्चै दिल कमल झैं स्वार्थ हाम्रो हटाई। राख्छौँ हामी नजर सबमा शत्रु या मित्र हाम्रो। फाल्छौँ हामी कुलत मनको हुन्छ जो भित्र हाम्रो। मिल्थ्यो आशा निडर हुनुमा आज हामी मिलेमा। हाँसो बग्थ्यो अधर भरमा शत्रु हाम्ले जितेमा। नेपाली हौ मन छ सबको शान्तिको दीप बाल्न। हाँस्दै सक्छौँ वचन दिन योफुर्सदमा


बिद्या शर्माका कविता “..है जून..”

बिद्या शर्मा   ए जून ! कत्ति बलेकी तिमी ? के साँच्चै खुशी छ्यौ, तिमी ? त्यसो भए, मेरै आँगनमा पर्ने गरि सुखका आँसु झार्देउ सबसे सुन्दर थोपाहरु मेरै भागमा पार्देउ नभए, बरु तिमी रोईदेऊ छुस्स शीतले छोईदेऊ मेरा प्रेमिल पिडामा बस मेरा आफन्ती हूलमा बस मैले नचिन्ने मलाई चिनाऊ मसँग मेरै अस्तित्व किनाऊ मैले हारेको मलाई जित्नु छ एक फेर मैले टारेको मलाई चिन्नु छ एक फेर जस्सरी नि, आज कविता लेख्नु छ यही मनको यही मनोदशाको जसलाई तिम्रो उपस्थितिले, लुछुप्पै भिजाउनु छ अनि, पढ्ने ती आँखालाई रुझाउनु छफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले १२ जुलाईमा ९औं वार्षिकोत्सव तथा साहित्य वाचन कार्यक्रम गर्दै

दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

बिजनेष

५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस