अन्तर्राष्ट्रिय

 
 

इन्डोनेसियामा ‘हिंस्रक’ प्रदर्शन, संसदीय भवन नै जलाइयो

०२ भदौ , जाकर्ता l इन्डोनेसियाको पश्चिमी क्षेत्र पपुवास्थित हजारौं प्रदर्शनकारीको आन्दोलन हिंस्रक बन्न थालेको छ । आदिवासी पपुवान विद्यार्थीहरुमाथि प्रहरीले दमन गरेको भन्दै आक्रोशित बनेका प्रदर्शनकारीले सार्वजनिक भौतिक पूर्वाधारमा आगो लगाउनुका साथै सडक समेत भत्काइदिएका छन् । पश्चिम पपुवा प्रान्तको राजधानी मनोक्वारीस्थित प्रदर्शनकारीले सरकारी भवन नै जलाएको समाचार अलजजिराले जनाएको छ । पश्चिम पपुवा प्रान्तका पूर्व गभर्नर डोमिंगस मन्दाकान बस्ने भवन समेत प्रदर्शनकारीले जलाएका छन् । घटनामा घाइते कति भए र समग्र क्षति कति भयो भन्नेबारे यकिन भइनसकेको प्रहरीको भनाइ छ । प्रहरीले घटनाकाे बारेमा छानविन गरिरहेकाे जनाएकाे छफुर्सदमा


भर्जिनिया बीच सिटीमा गोलीकाण्डमा ११ जनाको मृत्यु

संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित एउटा सरकारी भवनमा भएको गोलीकाण्डमा ११ जना मारिएका छन्। घटनामा अन्य छ जना घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सन्दिग्ध व्यक्ति भर्जिनिया बीच सिटीका कर्मचारी हुन् र उनले सरकारी भवनमा ‘अन्धाधुन्ध’ गोली चलाउन थालेका थिए। गोलीकाण्डको जवाफी कारबाहीमा आक्रमणकारी पनि मारिएको प्रहरीले जनाएको छ। सन्दिग्ध व्यक्तिको पहिचान खुलाइसकिएको छैन। घटनामा एकजना प्रहरी पनि घाइते भएका छन्।साभार: बिबिसी नेपाली


भुपु गोर्खा लक्ष्य बहादुर गुरुङ बेलायतको उपमेयरमा निर्वाचित

परदेशी खबर/ मे २३, लण्डन । बार्नेट काउन्सिलको हेल वार्डका काउन्सिलर लक्ष्यबहादुर गुरुङ बार्नेट काउन्सिलको उपमेयरमा निर्वाचित भएका छन् । लन्डन बरो अफ बार्नेटको यहि मे २१ तारिख २०१९ तारिख बसेको वार्षिक काउन्सिल बैठकले गुरुङलाई उपमेयर पदमा निर्विरोध निर्वाचित गरेको हो। हरेक बर्ष बार्नेट काउन्सिलले काउन्सिलरहरु मध्येबाट नयां मेयर र उपमेयर चयन गर्ने क्रम अनुसार गुरुङ उपमेयरमा निर्वाचित भएका हुन ।बार्नेट काउन्सिल झन्डै चार लाख जनसंख्या भएको सबैभन्दा बढी जनसंख्या भएको काउन्सिल हो । गुरुङले उपमेयरमा निर्वाचित भएपछि सबै लाई धन्यवाद दिंदै बार्नेट काउन्सिल र नेपाली समुदायको बिचको सम्बन्ध लाईफुर्सदमा


क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो

जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ । क्युबाको सरकारी विमान सेवा कम्पनीको बोइङ विमान हवानाको होजे मार्टी अन्तराष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको थियो । विमानमा चालक दलका सदस्यसहित १ सय १६ जना थिए । क्युबाका समाचार माध्यमका अनुसार तीन जनालाई भने गम्भीर अवस्थामा उद्धार गरिएको छ । बाँच्न सफल तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । क्युबाकै पूर्वी क्षेत्रमा अर्को शहर होलुगुइनका लागि उडेको विमानमा रहेका सबै यात्रु क्युबाकै नागरिक हुन् । चालक दलका ६ जनाफुर्सदमा


उत्तर कोरियाद्वारा दक्षिणसँगको उच्चस्तरीय वार्ता रद्द

जेठ २ – उत्तर कोरियाले दक्षिण कोरियासँगको उच्चस्तरीय वार्ता रद्द गरेको छ । अमेरिकासँग दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासबाट रुष्ट बनेको उत्तरकोरियाले दक्षिणसँगको उच्चस्तरीय वार्ता रद्द गरेको घोषणा गरेको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले जनाएको छ । यसअघि, बुधबार दुई कोरियाबीच उच्चस्तरीय वार्ता हुने तय भएको थियो । अमेरिका र दक्षिण कोरियाले १९५३ को द्धिपक्षीय सम्झौता अनुुसार संयुक्त सैन्य अभ्यास गर्दै आएका छन् । तर, उत्तर कोरियाले अभ्यासका विषयमा आपत्ति जनाउँदै आएको छ । यसअघि, उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीचफुर्सदमा


यूट्युब मुख्यालयमा गोली चल्यो, केही घाइते, आक्रमणकारीद्वारा आत्महत्या

चैत २१ , काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित यूट्युबको मुख्यालयमा एक महिला बन्दुकधारीले गोली चलाएर तीन जनालाई घाइते बनाएकी छन् । उनी आफूले पनि आफैलाई गोली हानेर आत्महत्या गरेकी छन् । प्रहरीका अनुसार गोली लागेर घाइते भएकाहरुको अस्पतालमा उपचार जारी छ । घाइते भएका ३६ वर्षका एक युवकको अवस्था गम्भीर छ । सीबीसीएस न्यूज रिपोर्टका अनुसार घाइते युवक आक्रमणकारी महिलाको ब्वाएफ्रेण्ड हुन् । गोली चलाउनुको कारण खुलेको छैन । प्रहरीले आक्रमणको अनुसन्धान भइरहेको जनाएको छ । आक्रमणपछि यूट्युबको मुख्यालय बन्द गरिएको छ । यूट्युबको प्रोडक्ट म्यानेजर टाड शर्मनले ट्विट गर्दै लेखेकाफुर्सदमा


ताइवानमा शक्तिशाली भूकम्प, भौतिक संरचनामा ठूलो क्षति, कयौं हताहत

अनौठो संयोग, दुई वर्षपछि पनि उही दिन, उही तीव्रताको भूकम्प २४ माघ, काठमाडौं । ताइवानमा मंगलबार राति ६ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट हुआलिन शहरका भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ । कैयौं होटलहरु ढलेका छन् । स्थानीय प्रशासनले राहत र बचाउ कार्य जारी राखेको छ । भूकम्पमा परेर हालसम्म २ जनाको मृत्यु भएको पुष्टि भएको बीबीसीले लेखेको छ । स्थानीय मिडियाहरुले अग्ला होटलहरु भूकम्पको कारण ढलेका, पुलहरु भाँचिएका दृष्य प्रसारण गरेका छन् । मार्शल होटलको भुइँतलामा कयौं मानिस थिचिएको बताइएको छ । स्थानीयको सहयोगमाफुर्सदमा


अमेरिकाले गर्‍यो विश्वकै शक्तिशाली रकेट प्रक्षेपण

माघ २४, अमेरिकाले विश्वकै सभैभन्दा शक्तिशाली रकेट प्रक्षेपण गरेको छ । अमेरिकाको फ्लोरिडामा रहेको केनेडी स्पेस सेन्टरमा रहेको स्पेस सेन्टरबाट बुधबार विश्वकै शक्तिशाली रकेट ‘फाल्कन हेभी’ प्रक्षेपण गरिएको छ । यसलाई अमेरिकी व्यवसायी इलोन मस्कको स्पेस एक्स कम्पनीले लन्च गरेको हो । अहिलेको अवस्थामा रहेका रकेटले भन्दा फाल्कन हेभीले दुई गुणा बढी भार वहन गर्न सक्ने बीबीसीले जनाएको छ । स्पेक्स एक्सका सिइओका अनुसार पहिलो उडानमा ५० प्रतिशत मात्रै सफलता प्राप्त भए पनि अहिले भने सफलतापूर्वक प्रक्षेपण भएको छ । यो रकेटले लण्डनमा चल्ने पाँच वटा डबल डेकर बसको तौल बराबरकोफुर्सदमा


युएई सरकारले लागु गर्यो कामदारका लागि नयाँ नियम

फेब्रुवरी ६, युएई l संयुक्त अरब इमिरेट्स (युएई) सरकारले आफ्नो देशमा आउने नयाँ कामदारका लागि नयाँ नियम लागु गरेको छ। युएई सरकारले २०१८ फेब्रुअरी ४ देखि लागु हुनेगरी चालचलनको प्रमाणपत्र अनिवार्य पेश गनु पर्ने नियम लागु गरेको हो। रोजगारीका लागि आउने अन्य देशका नागरिकका निम्ति असल आचरणको प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने नियम बनाएको हो। नेपालीहरूले प्रहरी प्रधान कार्यालय नक्सालबाट उक्त प्रमाणपत्र बनाउन सक्ने छन्। प्रमाणपत्र लिइसकेपश्चात कन्सुलर सेवा विभाग त्रिपुरेश्वर र काठमाडौं स्थित युएइको राजदूतावासबाट प्रमाणिकरण गरी युएइको सम्वन्धित निकायमा बुझाउन पर्ने छ। पछिल्लो पाँच वर्षमा नेपाल बाहेकको मुलुकहरुमाफुर्सदमा


आँधीपछि आएको बाढी र पहिरोमा परी फिलिपिन्समा १ सय ८० भन्दा बढीको मृत्यु

फिलिपिन्सको दक्षिणी क्षेत्रमा आँधीपछि आएको बाढी र पहिरोका कारण मृत्यु भएकाको संख्या १ सय ८० भन्दा बढी पुगेको छ । आँधीपछि आएको बाढी र पहिरोमा परी दर्जनौं हराइरहेको बीबीसीले उल्लेख गरेको छ । शक्तिशाली टेम्बिन नामक आँधीले मिन्डनाओ टापुका विभिन्न स्थानमा बाढी आउनुका साथै पहिरो खसेको छ भने टुबोड र पिआगापो शहर सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ प्रतिघण्टा ८० किलोमिटर वेगको सो आँधीले मिन्डनाओ टापुबाट दक्षिणी पालावन क्षेत्रतर्फ बढिरहेको मौसम विभागलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । आँधीका कारण विद्युत र सञ्चार सेवा समेत प्रभावित भएपछि उद्धारमाफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

एनआरएनए कतारको अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान भारी मतले विजयी

कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस