Sunday, November 3rd, 2019

 

म्याग्दीमा बस दुर्घटना : चारको मृत्यु

बेनी : म्याग्दीको मालिका गाउँपालिका-७ बिममा आइतबार साँझ बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दरवाङ बजारदेखि बिम जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस लुरवाङको गलघण्टी भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थानीयले घटनास्थलमा चार जनाको शव भेटिएको जानकारी गराएका र दरवाङबाट इलाका प्रहरी कार्यालयको टोली घटनास्थल भर्खरै पुगेको प्रहरी निरीक्षक धु्रबप्रसाद शर्माले जानकारी दिए। ‘स्थानीयले चार जनाको मृत्यु भएको जानकारी गराएका छन्। प्रहरीको टोली भर्खरै घटनास्थल पुगेको छ,’ प्रहरी निरीक्षक शर्माले भने। घटनास्थल पुगेका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले एक जनाको शव बाहिर निकालेकोफुर्सदमा


सिन्धुपाल्चोक बस दुर्घटना: ज्यान गुमाउनेको संख्या १५ पुग्यो, पाँच जनाको सनाखत

सिन्धुपाल्चाेक – दोलखाको मागादेउरालीबाट काठमाण्डौ जाँदै गरेको बस सुकुटेमा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । दुर्घटनामा तीन महिने शिशुसहित ज्यान गुमाउनेको संख्या १५ पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाएकामध्ये पाँच जनाको सनाखत भएको छ । यो खबर उज्यालो अनलाइनले प्रकाशित गरेका छन ।  


राष्ट्रपतिले सातै प्रदेशका प्रमुखलाई गरिन् पदमुक्त

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी छन् । आइतबार साँझ राष्ट्रपति भण्डारीले सबै प्रदेश प्रमुखलाई पदमुक्त गरेकी हुन् ।  राष्ट्रपति कार्यालयले राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार प्रदेश प्रमुखलाई पदमुक्त गरेको जानकारी गराएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम  प्रदेश प्रमुखलाई पदमुक्त गरेकी हुन् । ‘आइतबार सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सरकार, मन्त्रिपरिषद्को  मिति २०७६ ७ १७ को निर्णयबाट सिफारिस भइ आए अनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखलाई पदमुक्तफुर्सदमा


नेवाः गुठी कुवेतले कुवेतमा नेपाल संवत ११४० तथा म्हपूजा हर्सोल्लासपुर्वका साथ मनाए

नेवाः गुठी कुवेतले कुवेतमा नेपाल संवत ११४० तथा म्हपूजा हर्सोल्लासपुर्वका साथ मनाएको छ । गुठी कुवेतले १ नोभेम्बर २०१९ शुक्रबारको दिन सांझ नेपाली राजदूतावास,एनअारएन, कुवेतमा कृयाशिल संघ संस्था, पत्रकार लगायत नेपाली समाज कुवेतमा कृयाशिल व्यक्ति ब्यक्तित्वहरू तथा सम्पुर्ण नेवाः दाजुभाइ एवं दिदीबहिनीहरूकाे सामुहिक उपस्थितिमा एक विशेष समारोहको अायोजना गरी कुवेतको फरवानिया स्थित युनिक अडिटोरियम हलमा कार्यक्रम २ चरणमा नयाँ वर्ष तथा म्हपूजा भव्य रूपमा मनाएको हो । नेपाल संवत ११४० तथा म्हपूजाको अाैपचारिक शुभकामना अादान-प्रदान पश्चात शुरू भएको  म्हपूजामा नेवार तथा गैरनेवार गरेर पचासाैंको संख्यामा सहभागी भएका थिए भने सहभागीफुर्सदमा


तामाङ समाज यूएईको बिधालय शैक्षिक सहयो हस्तान्तरण कार्यक्रम सम्पन्न

तामाङ समाज यूएईको बिधालय शैक्षिक सहयोग हस्तान्तरण, छात्रवृत्ति बितरण तथा Top Talent Encouragement Award – 2019 कार्यक्रम हिजो सम्पन्न भएको छ ।   नेपाल तामाङ घेदुङको संघिय कार्यलयमा हिजो आयोजित कार्यक्रममा यस बर्षको बिधालय शैक्षिक सहयोग काभ्रे रोशी गाउँपालिका -९ पिन्थली स्थित महाकाली देवी कर्मोद्वय प्रा. बि. लाई एक लाख एघार हजार एक सय एघार (१११,१११/-) रुपैयाँ हस्तान्तरण गरेको थियो । यसैगरी गरिब तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति स्वरुप काभ्रेकै चौरी देउराली गा. पा. -७ को सिर्जनशील जनता उ. मा. बि मा कक्षा १२ मा अध्ययनरत छात्र बिकास लामा र रामेछापफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न

कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)

कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस