Saturday, October 26th, 2019

 

युएईमा तमु च्यु ल्होसार खुल्ला पुरुष भलिबल कप २०१९ प्रतियोगिता हुंदै

परदेशी खबर/अक्टोबर २६, युएई।” खेल खेलौ निरोगी बनौं स्वास्थ्यको लागि खेलकुद ” भन्ने मुल नाराका साथ तमु प्ये ल्हु संघ युएईले २०१९ नोभेम्बर २९ तारिख र २०१९ डिसेम्बर ०२ तारीख युएईको राष्ट्रिय दिवसको दिन तमु च्यु (मुसा वर्ग) ल्होसार खुल्ला पुरुष भलिबल कप – २०१९ आयोजना गर्ने भएको छ। नेपालको राष्ट्रिय खेल भलिबल तमु प्ये ल्हु संघ युएईले गुरुङहरुको महान पर्व च्यु ल्होसार (मुसा बर्ग) को अवसर पारेर युएई स्थित दुबईको अल्कोज बोल्दिया (नगरपालिका) भलिबल मैदानमा २०१९ नोभेम्बर २९ तारिख र डिसेम्बर ०२ तारिख भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।फुर्सदमा


चलचित्र ‘सुर्य किरण’को गीत सार्वजनिक, केकी र अमिर अतिथि कलाकार

मंसिर २० गते देशभर प्रदर्शन हुने   परदेशी खबर/ काठमाण्डौं – थुप्रै तामाङ चलचित्रको निर्देशन गरिसकेका नायक तथा निर्देशक अमिर दोङले पहिलो पल्ट नेपाली कथानक चलचित्र ‘सुर्य किरण’को निर्देशन गरेका छन् । यसै चलचित्रको पहिलो गीत र प्रोमो शुक्रबार सार्वजनिक गरेको छ । कार्यक्रमको प्रमुख अतिथि नेपाल आदिवासी जनजाती चलचित्र महासंघका अध्यक्ष अमृत सुनार रहेको कार्यक्रममा चलचित्रको जनाकारी दिदै गीत सार्वजनिक गरिएको हो । फिल्मको टाइटल गीत ‘मैच्याङ्लाई फकाउला डम्फू बजाउदै’ सार्वजनिक गरिएको हो । गायक विशाल काल्तानले गीत लेखेका छन् भने गायिका जितु लोप्चन र काल्तानकै स्वर रहेका छन्फुर्सदमा


तमु समाज ओमानले आउदो जनवरी ०३ तारिखमा तमु च्यु ल्होसार मनाउदै

परदेशी खबर/अक्टोबर २६, ओमन।प्रबास ओमानमा तमु समुदायको मौलिक भेषभुषा , भाषा ,धर्म ,संस्कार, कला ,संस्कृति र पराम्पराको जगेर्ना र निरन्तरता दिने मुख्य उद्देश्यकासाथ स्थापित तमु समाज ओमानले तमु समुदायको मौलिक महान पर्व तमु च्यु (मुसा वर्ग) ल्होसारको सुखद अवसरमा आगामी ०३ जनवरी २०२० शुक्रबारको दिन अल मासा हल रुवि मस्कट ओमानमा भव्यताकासाथ तमु च्यु ल्होसार (मुसा बर्ग) मनाउने भएको छ। उक्त तमु च्यु ल्होसार (मुसा वर्ग) – २०७६ बृहत सांस्कृतिक कार्यक्रम लाई भव्य र सभ्य रुपमा मनाउनको लागि नेपाल बाट अतिथि कलाकारको रुपमा नेपालका बहुचर्चित ख्यातिप्राप्त सुमधुर स्वरका धनी लोकप्रियफुर्सदमा


सुनिताको `तामाङ सेलो गाउन मन लाग्यो´ सार्वजनिक

तामाङ नायिका सुनिता लुङ्बाको` तामाङ सेलो गाउन मन लाग्यो´ गीतको बोलको भिडियोसहित सार्वजनिक गरिएको छ । भक्तपुरको सूर्यबिनायकस्थित शुभ कामना पार्टी प्यालेसमा बिहीबार पत्रकार सम्मेलन गरी भिडियो युट्युवाट सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि काभ्रे रोशी गाउँपालिका अध्यक्ष डिबि मोक्तानले नायिका लुङ्बाले गायन क्षेत्रमा समेत पाइला चलेकोमा खुशी व्यक्त गरे । अध्यक्ष मोक्तानले झण्डै एक दर्जन तामाङ चलचित्रहरुमा सफल अभिनय गरेर सफल भैसकेकी लुङ्बा गायन क्षेत्रमा सफल हुने बताए । तामाङ चलचित्र सङ्घका अध्यक्ष बिकु थोकरले अब लुङ्बा नायिका मात्र सीमित नभएको बताए । यसअघि समेत लुङ्बाको आवाजमा रहेकोफुर्सदमा


यापर भिटेन रिहा भए

परदेशी खबर/ ललितपुर – भिटेनका नामले चर्चित र्‍यापर समिर लामा घिसिङ रिहा भएका छन् । ‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीतमा अश्लील शब्दको प्रयोग गरी लागुऔषध गाँजा खान प्रोत्साहित गरेको आरोपमा पक्राउ परेका भिटेनलाई शुक्रबार साँझ जमानीमा रिहा गरेको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ । बुवाको जमानीमा रिहा भएका भिटेनलाई १३ गते प्रहरीमा हाजिर हुन भनिएको छ । भिटेनले प्रहरीको युनिफर्म लगाई लागुऔषध सेवन गरिरहेको फोटो आफ्नो फेसबुकमा राखेर प्रहरी पोशाकको दुरुपयोगसमेत गरेको भन्दै ललितपुर प्रहरीले सार्वजनिक हित तथा नैतिकताविरुद्धको अपराधमा अदालतबाट सात दिनको म्याद थप गरीफुर्सदमा


रोल्पाका शनि बने पहिलो नेपाल लोकस्टार

काठमाडौं : रोल्पाका शनि विश्वकर्माले नेपाल लोकस्टारको उपाधि चुमेका छन्। एपीवान टेलिभिजनबाट प्रसारित सर्वाधिक पुरस्कार राशिको रियालिटी सो नेपाल लोकस्टारको उपाधिसँगै उनले ५० लाख नगद पुरस्कार र सिटिजन्स लाइफ इन्सोरेन्सका तर्फबाट २५ लाख बराबरको जीवन बिमा हात पारेका छन्। भृकुटीमण्डपस्थित खुला मैदानमा शुक्रबार आयोजित फाइनलमा उनले ‘अमिलो रसैले…’ बोलको गीत गाएका थिए। प्रतियोगितामा स्याङ्जाका चेतन गोतामे दोस्रो भई २५ लाख नगदसँगै १५ लाख बराबरको जीवन बिमा पनि प्राप्त गरे। उदयपुर कटारीका विनोद दनुवारले १० लाख नगदसँगै १० लाख बराबरको जीवन बिमा प्राप्त गरे। रामेछापका रामकुमार नेपालीले सान्त्वना स्थान हासिल गरे।फुर्सदमा


आलमलाई जोगाउने को-को ?

काठमाडौं : मोहम्मद अफताब आलमलाई सघाउने सम्भावित व्यक्तिमाथि प्रहरीले निगरानी सुरु गरेको छ। पीडितले न्याय पाउने गरी अनुसन्धान गर्न प्रदेश २ प्रहरी प्रमुख प्रद्युम्न कार्की र जिल्ला प्रहरी प्रमुख भूपेन्द्र खत्रीलाई प्रहरी मुख्यालयले निर्देशन दिएको छ। राजापुर घटना अनुसन्धानमा केन्द्रबाट समन्वय भइरहेको निमित्त प्रहरी महानिरीक्षक पुष्कर कार्की बताउँछन्। रौतहट जिल्ला प्रहरी कार्यालयबाटै मुद्दा चल्ने भएकाले उसलाई चाहिने प्राविधिकसँगै अन्य सहयोग भइरहेको उनको भनाइ छ। ‘यो घटना दबाउने जो कोही व्यक्ति उम्किन पाउँदैनन्। पीडितले न्याय पाउने गरी अनुसन्धान हुन्छ’, उनी भन्छन्, ‘रौतहट प्रहरीलाई आवश्यक समन्वय र सहयोग भइरहेको छ।’ घटना अनुसन्धानमाफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

गायक शिब परियारको स्वर तथा संगितमा रहेको “उनि राम्री“ गितको कभर भिडीयो सार्वजनिक

तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै

अञ्जु थोकरको ‘सुन सुन साथी’ सार्वजनिक ( भिडियो सहित )

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस