Saturday, October 19th, 2019

 

सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने कि बोकेर घरतिर दौडने !

 काठमाण्डौ – जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने भएपछि रातारात काठमाण्डौको स्वरुप नै बदलियो ।  एकाएक सडकहरु कालोपत्रे गर्ने, खाल्टाखुल्टी पुर्ने र रंगरोगन गर्नेदेखि नाङ्गो सडकमा वृक्षारोपणसम्मको काम हुन थाले । निर्माण र सरसफाइका काममा सरगर्मी बढ्न थाल्यो ।  यी दृश्य सरसरती हेर्दा लाग्थ्यो, यही गतिले काम हुने हो भने एक वर्षमै नेपालको कायापलट हुने र विकासशील राष्ट्रबाट एक वर्षमै नेपाल विकसित राष्ट्र हुनेछ । दशैँमा टीका थाप्न गएर काठमाण्डौ फिर्नेहरु अचानक आश्चर्यमा परे । त्यस्तो छोडेर गएको काठमाण्डौ त यस्तो भएछ त ? भन्दै लख काट्नेफुर्सदमा


नेपाल मगर संघ शाखा युएईको १० औं महाधिवेशन बाट अध्यक्षमा शिला राना मगर निर्वाचित

नेपाल मगर संघ शाखा युएईको १० औं महाधिवेशन यही २०१९ अक्टोबर १८ तारिख शुक्रबार युएई स्थित शिल्भर स्पुन नेपाली रेष्टुरेन्टको सभाहल वर दुबईमा नेपाल मगर संघ केन्द्रिय बिदेश सचिव एवं बिदेश बिभाग प्रमुख रक्षा बहादुर रैका मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। उक्त १० औं महाधिवेशनले २०१९ – २०२१ कार्यकालको लागी शिला राना मगरको अध्यक्षतामा १६ जनाको केन्द्रिय कार्यसमिति चयन गरेको छ। वरिष्ठ उपाध्यक्षमा भुवन थापा मगर , उपाध्यक्षमा मोहन बुढाथोकी मगर,मनु थापा मगर र राजु बुढा मगर निर्वाचित भएको छ्न भने महासचिवमा नयन घर्ती मगर, उपमहासचिव राजेन्द्र थापा मगरफुर्सदमा


आलम मुद्दामा बोली फेर्दै देउवा : कांग्रेस अनुसन्धानको विपक्षमा उभिन सक्दैन

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले मोहम्मद आफताव आलमको मुद्दामा षड्यन्त्र भयो नभनेको स्पष्ट पारेका छन्।  शुक्रबार पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा गरेको प्रशिक्षण कार्यक्रमा व्यक्त गरेको अभिव्यक्तिप्रति आलोचना भएपछि देउवाले बोली फेरेका हुन्।  शनिबार विज्ञप्ति सार्वजनिक गर्दै देउवाले आफूले त्यस्तो भन्न नखोजेको दाबी गरेका छन्। सभापति देउवाले कुनै पनि गम्भीर मुद्दामा प्रकृयागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्ने तर्फ मात्रै संकेत गरेको दाबी गरेका छन्।  ‘१२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ।फुर्सदमा


पश्चिमी वायुको प्रभावले देशभर बढ्यो चिसो

काठमाडौं, २ कार्तिक । पश्चिमी वायुको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली भई चिसो बढेको छ । उक्त वायुको प्रभावले आज देशका उच्च पहाडी भू–भागका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन बाहिरिएसँगै निरन्तर न्यूनतम तापक्रम घट्नेक्रम शुरु भएकाले चिसो महसुस भएको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । राति देशका पूर्वी भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही मध्य तथा पश्चिमी भू–भागमा आङ्शिक बदली भई मध्यपहाडी भू–भागका एक÷दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आइतबार देशभर आङ्शिकदेखि सामान्य बदलीफुर्सदमा


देउवाको गृह जिल्लामा पानीको अभावले अधिकांश विद्यालयका शौचालय प्रयोगविहीन

डडेल्धुरा / २ कार्तिक । डडेल्धुराका अधिकांश सामुदायिक विद्यालयका शौचालय पानी अभावका कारण प्रयोगविहीन भएका छन् । विद्यालयमा पानी नहुँदा ग्रामीण क्षेत्रमा रहेका विद्यालयका शौचालय देखाउनलाई मात्र निर्माण गरिए जस्तो भएको छ । “खानेपानीको समेत सुविधा नभएको विद्यालयमा शौचालयमा हाल्ने पानी कहाँबाट पाउनु”, शम्भुनाथ निमावी छचोडाका विद्यार्थी रमेश ताम्राकारले भने । यस ठाउँमा एक गाग्री पानी ल्याउन आधा घण्टा लाग्ने गरेका कारण थप समस्या आएको विद्यार्थीले बताएका छन् । “पिउने पानी त घरबाट ल्याउनुपर्छ अनि कसरी शौचालयमा पानी प्रयोग गर्नु ?” मणिलेक अधारभूत नवदुर्गा–१ निन्तोलाकी लक्ष्मीकुमारी बोहराले भने, “विद्यालयमा खानेपानीकोफुर्सदमा


के के छन् त ? एनआरएनएका बाचाहरु

काठमाडौं, २ कार्त्तिक । सरकारले अभियानको रूपमा अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई साकार पार्ने तथा नेपाल भ्रमण वर्ष २०२० वर्षलाई सफल बनाउनेलगायत १२ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को नवौँ विश्व नेपाली सम्मेलन सम्पन्न भएको छ । एनआरएनएले नेपालको समृद्धिका निम्ति ठूला आयोजनामा नेपाल लगानी बोर्डसँग सहकार्य गरी सहजकर्ताको भूमिका निर्वाह गर्ने र सम्बन्धित देशका लगानीकर्तासँग समन्वय गराउने तथा स्वदेशमा बाह्य लगानी, प्रविधि, सीप, अनुभव तथा ज्ञान आकर्षणमा सहजकर्ताको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ । अबको केही महीनापछि नै औपचारिकरूपमा शुरुआत हुने भ्रमण वर्षलाईफुर्सदमा


ठूला दु:खले घेरिएका छन् जनताका गायक जीवन शर्मा

  सिमली छायामा बसी भरिया लामो सास फेरेको उमेर भैसक्यो असी झन् ठूला दुःखले घेरेको जनगायक जीवन शर्माको कालजयी यो गीत नसुन्ने सायदै कोही नेपाली होलान् । तर, यत्तिखेर यिनै जनताका गायकलाई ‘झन् ठूला दु:खले घेरेको’ देख्नेहरु चाहिँ साह्रै थोरै मात्र भएका छन् । हो, जीवनभर क्रान्तिको र परिवर्तनको पक्षमा दु:खी, गरिब र निमुखा किसान, मजदुर र भरियाका गीत गाएर आफू पनि दु:खको जिन्दगी बाँचिरहेका गायक जीवन शर्मा यत्तिखेर ‘ठूला दु:खले घेरिएका’ छन् । मध्य दसैँमा गायक शर्माको परिवारमा एउटा भवितव्य भयो, जसको कारण उनका माइला छोरा अमृत आचार्यमाथि घटेकोफुर्सदमा


नेवा: पुच: युएईद्धारा वरिष्ठ कलाकार भृगुराम श्रेष्ठको उपचारार्थ आर्थिक सहयोग

    परदेशी खबर / १९ अक्टोबर , युएई ।नेपाल भाषाको कैयौं लोकप्रिय गीत गाएर रेकर्ड गरि सकेका वरिष्ठ गायक भृगुराम श्रेष्ठ नेपाल भाषाको गायक र सडक नाटक ( डबु प्याँखं ) का कलाकार हुन। असन त्यौडमा जन्मिएका श्रेष्ठ हेटौडामा बसोबास गर्न पुग्नु भ​एको हो । श्रेष्ठ जन-कवि दुर्गालाल श्रेष्ठको समकक्षि पनि हुन भने नेवाः पुचः हेटौंडाका अध्यक्ष रहेका नेवार सामाजिक गतिविधिमा संलग्न क्रियाशिला अग्रसर व्यक्ति हुन। । श्रेष्ठले योगदानको कदर स्वरुप थुपै सम्मान र पुरुस्कारहरु पाइसकेका छन् ।त्यसमा नेपाल भाषा एकेडेमी दान्यहिरा पुरस्कार र चित्तधर सिरपा पुरस्कार श्रेष्ठको ठूलोफुर्सदमा


स्थानीय जनप्रतिनिधिको पारिश्रमिक खारेज

सर्वोच्चद्वारा ६ वटा प्रदेशका कानुनै बदर घोषित काठमाडौं : स्थानीय तहका जनप्रतिनिधिले पारिश्रमिक लिन पाउने कानुन सर्वोच्च अदालतले खारेज गरिदिएको छ। प्रदेशले बनाएका त्यस्ता कानुन संविधानसँग बाझिएको निष्कर्ष संवैधानिक इजलासले निकालेको छ। २९ हजार ५ सय ६५ जनप्रतिनिधिले अवैध तवरले पारिश्रमिक सुविधा लिइरहेका थिए। त्यसमा महानगरपालिका, नगरपालिका, गाउँपालिका र जिल्ला समन्वय समितिमा संलग्न जनप्रतिनिधि छन्। पारिश्रमिकसहित सेवासुविधाको व्यवस्था ६ वटा प्रदेशमा कार्यान्वयनमा थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की संलग्न संवैधानिक इजलासले शुक्रबार स्थानीय जनप्रतिनिधिले लिएको पारिश्रमिकलाई अवैध ठहर गरेको हो। मनमौजी रूपमाफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै

अञ्जु थोकरको ‘सुन सुन साथी’ सार्वजनिक ( भिडियो सहित )

एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस