Wednesday, October 16th, 2019

 

नेपाल मगर संघ शाखा युएईको १० औं महाधिवेशन हुँदै

प्रदेशों खबर। प्रवासमा रहेर पनि सम्पुर्ण मगर समुदाय लाई एकताको सुत्रमा बांध्न ,मगर समुदायको पहिचान,भेषभुषा,भाषा, संस्कार,धर्म र संस्कृति लाई बचाइ राख्ने उद्देश्यले स्थापित नेपाल मगर संघ शाखा युएईको १० औं महाधिवेशन आउदो २०१९ अक्टोबर १८ तारीख शुक्रवार युएको दुबई स्थित सिल्भर स्पुन नेपाली रेष्टुरेन्ट वर दुबईमा सम्पन्न हुने भएको छ। उक्त महाधिवेशन सफल पार्नको निमित्त युएईको सातै राज्यमा रहेका सम्पुर्ण मगरहरु लाई उपस्थितिको लागि नेपाल मगर संघ युएईले आव्हान समेत गरेको छ भने १० औं महाधिवेशन नेपाल मगर संघ केन्द्रिय विदेश बिभाग सचिव रक्षा बहादुर रैका मगरको प्रमुख आतिथ्यमा सम्पन्नफुर्सदमा


फेरि अर्का सांसदलाई अदालतको पक्राउ पूर्जी काठमाडौं– नेकपाका सांसद पार्वत गुरुङलाई

काठमाडौं– नेकपाका सांसद पार्वत गुरुङलाई जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेको छ ।  उनलाई ज्यान मार्ने उद्योगमा जारी पक्राउ पूर्जी जारी गरिउको हो । जिल्ला प्रहरी कार्यालय दोलखाले पूर्जी तामेल गरेको छ ।  २०७४ बैशाखमा वीरध्वज खड्कामाथि काठमाडौंमा आक्रमण भएको थियो । खड्काले सांसद गुरुङबिरुद्ध काठमाडौं प्रहरीमा उजुरी दिएका थिए ।   रातो पार्टीले यो खबर प्रकाशित गरेका छन ।  


रामेछापमा बुहारीद्वारा ससुराकाे हत्या

मन्थली, २९ असाेज । जिल्ला प्रहरी कार्यालय रामेछापले आफ्नै ससुराको हत्या अभियोगमा बुहारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख एवम् डिएसपी सन्तोषकुमार भट्टराईका अनुसार मन्थली नगरपालिका वडा नम्बर १२, जिङ्गल बस्ने ६५ वर्षीय डिकबहादुर अछामी सार्कीको हत्या अभियोगमा कान्छी बुहारी पार्वती अछामीलाई पक्राउ गरिएको हो । बुहारीले ससुराको हत्या के कारणले गरेकी हुन् सो विषयमा रामेछाप प्रहरीले अनुसन्धान शुरू गरेको छ । ‘जिङ्गलाका ६५ वर्षीय डिकबहादुर अछामी सार्कीको आफ्नै घरमा मृत अवस्थामा शव भेटिएको खबर हुन साथ असोज २७ गते प्रहरी निरीक्षको नेतृत्वमा टोली खटियो’, प्रहरीफुर्सदमा


गैरआवासीय नेपाली संघ NRNA ले आज नयाँ नेतृत्व चयन गर्दै

काठमाडौं,२९असोज | अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को नवौं अन्तर्राष्ट्रिय सम्मेलनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्दैछ । नयाँ कार्यसमिति निर्वाचनको लागि गठित निर्वाचन समितिले जारी गरेको सूचनाअनुसार आज उम्मेदवारी दर्ता, निर्वाचन देखि नतिजा घोषणासम्मको कार्यक्रम रहेको छ । बिहान साढे ८ बजे देखि १२ बजेसम्म क्षेत्रीय अध्यक्षहरुको रिपोर्ट पेस गर्ने, विधान संसोधन र साधारणसभाको निर्णय पढ्ने कार्यक्रम छ । त्यस्तै निर्वाचनका लागि उम्मेदवारी दर्ता, नामावली प्रकाशन लगायतका कार्यक्रम जारी रहनेछ । त्यसलगत्तै निर्वाचन सम्बन्धी कार्यक्रम अघि बढ्ने छ । यस्तो निर्वाचन तालिका यसअघि निर्वाचन समितिले सार्वजनिक गरेकोफुर्सदमा


नेकपाका दर्जन नेता चीनतिर

काठमाडौं, २९ असाेज । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दर्जन नेता चीनतिर लागेका छन्। नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच कार्यकर्ता तहमा अध्ययन भ्रमण वृद्धि गर्ने समझदारी भएलगत्तै नेताहरु चीन गएका हुन्। नेकपाका स्थायी समिति सदस्य बेदुराम भुसाल, देवेन्द्र पौडेल र कार्यालय सचिव ईश्वरी रिजाल सोमबार चीनको गोन्जाओ पुगेका छन्। चीनको परराष्ट्र मन्त्रालयको आयोजनामा सात देशका नेताहरु सम्मिलित बैठकमा भाग लिन उनीहरु गोन्जाओ पुगेका हुन्। त्यसैगरी सुरेश आलेमगरको नेतृत्वमा अर्को टोली चीनको स्वशासित क्षेत्र तिब्बत गएको छ। सो टोली पनि सोमबार नै त्यसतर्फ लागेको हो। यस्तै ५फुर्सदमा


पशुपतिमा फेला पर्‍यो ४५ किलो सुन

पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ । यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो । हालसम्म चढाइएको सुन ९ किलोमात्र भनेर समाचार प्रकाशित भएपछि सर्वत्र विरोध भएको थियो । त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत गठित श्रीपशुपतिनाथ सम्पत्ति संरक्षण तथा गुठीजस्ता अध्ययन एवं छानबीन समितिले पुनः खोजी गर्दा सुनको यो तथ्य फेला परेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा गोपीकृष्ण ढुंगानाले लेखेका छन् ।


पछिल्ला सम्प्रेसणहरु

गायक शिब परियारको स्वर तथा संगितमा रहेको “उनि राम्री“ गितको कभर भिडीयो सार्वजनिक

तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै

अञ्जु थोकरको ‘सुन सुन साथी’ सार्वजनिक ( भिडियो सहित )

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस