Monday, October 7th, 2019

 

करणको अलराउन्डर प्रदर्शनमा नेपालको जित

  मस्कट : करण केसीको उत्कृष्ट प्रदर्शनमा नेपालले नेदरल्यान्डलाई ४ विकेटले पराजित गरेको छ ।   ओमानमा पाँच देश सम्मिलित टी–२० सिरिजको दोस्रो खेलमा नेपालले रोमाञ्चक जित निकालेको हो । यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।  


पेमाडोल्मा मोक्तानको तेश्रो कोशेली स्वरुप तामाङ प्रेम गित चु तिङ ङाला सार्वजनिक

युग लामा/ कुवेत –  मोक्तान आपाला ङा जामे र ल्हुइसे एदा बोलको गितले अत्याधिक दर्शकको माया बटुलेका मोडल तथा गीतकार पेमाडोल्मा मोक्तानको  तेश्रो कोशेली स्वरुप तामाङ प्रेम गित चु तिङ ङाला बोलको गितको म्युजिक भिडियो को म्हेन्दो मेडिया हाउसको अफियल युट्युब च्यानलबाट सार्बजनिक भएको छ । सिन्धुली दुम्जा ग्याम्पाटारमा स्वर्गिय आपा खड्ग बहादुर मोक्तान र माईली तामाङको कोखमा जन्मिनु भएका मोक्तान सानै उमेर देखि नै गित सङ्गित माया गर्ने एक श्रस्टा हुन ।   वैदेशिक रोजगारीको शिलशिलामा परदेशमै रहे पनि तामाङ गीत संगीतमा आफुले सकेको योगदान दिई रहेकी छिन । फुर्सदमा


सन्दीप लामिछानेले लिए चार विकेट

परदेशी खबर – पाँच देश सम्मिलित टी-२० क्रिकेट श्रृङ्खलाकाे दाेस्राे खेलमा सन्दीप लामिछानेले व्यक्तिगत चार विकेट लिएका छन् । उनले ४ ओभरकाे स्पेलमा २० रन खर्चेर महत्वपूर्ण चार विकेट हात पारेका हुन् । टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेदरल्याण्ड्सका टाेबियास भिसीलाई सन्दीप लामिछानेले आफ्नाे पहिलाे बलमै बाेल्ड गरेका हुन् । दाेस्राे ओभरमा बलिङ गर्न आएका लामिछानेले ओपनर भिसीलाई व्यक्तिगत ४ रनकाे अवस्थामा आउट गरेका हुन् । दाेस्राे विकेटका रुपमा ओ’दाउदलाई १५औँ ओभरकाे दाेस्राे बलमा पेभेलियन फर्काएका हुन् ।  तेस्राे र चाैथाे विकेट उनले १८ औँ ओभरमा लिएका हुन् । १८फुर्सदमा


हिरासतमा रहेका महरा बिरामी, उच्च रक्तचापसँगै स्वास-प्रश्वासको समस्या

काठमाडाैँ, २० असाेज । यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरामा स्वास्थ्य समस्या देखिएको छ । सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तको हिरासत कक्षमा रहेका महरालाई उच्च रक्तचापसँगै श्वास-प्रश्वासको समस्या देखिएको हो । महरालाई हिरासत कक्षमै अक्सिजन दिइएको छ । संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबरजस्ती करणीकाे प्रयास गरेको आरोपमा महरालाई आइतबार साँझ प्रहरीले बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको थियो । गएराति त्रिवि शिक्षण अस्पतालमा महराको स्वास्थ्य परीक्षण गरिएको छ । प्रहरीले उनको नियमित तथा फोरेन्सिक दुवै तरिकाबाट स्वास्थ्य जाँच गरेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धनबाट यही असोज १२ गतेफुर्सदमा


बेकारको वार्ता अमेरिकासँग अब हुँदैन : उत्तर कोरिया

प्योङयाङ, २० असोज । अमेरिकाद्वारा आफूविरुद्ध शत्रुता अन्त्य गर्नका लागि चालिएको कदमदेखि लिएर परमाणु वार्ता जारी राख्ने कुनै उद्देश्य नभएको आइतबार उत्तर कोरियाले बताएको छ । स्विडेनमा वार्ता रोकिनुभन्दा एक दिनअघि उत्तर कोरियाले यस्तो धारणा सार्वजनिक गरेको हो । उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी कारष्ट्रपति डोनाल्ड ट्रम्पबीच फेबु्रअरीमा सम्पन्न बैठकपश्चात् महिनौंसम्मको गतिरोधपछि यस्तो चर्चा भएको हो । स्विडेनमा भएको दुई देशबीचको वार्तालाई बीचमै छाडेर उत्तर कोरियाले अमेरिकाले समस्या समाधानका लागि कुनै नयाँ र रचनात्मक उपाय पेश नगर्नु निराशाजनक अवस्था रहेको बताएको छ । उता, अमेरिकाले भने दुईफुर्सदमा


दशैँ मनाउन कर्जा खोज्दै बादी समुदाय

कञ्चनपुर, १९ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ जमुनाभाणीका बादी समुदाय दशैँ मनाउनका लागि कर्जा खोज्नमा जुटेका छन् । बादी समुदाय वर्षात्का बेला मजदुरी नपाउँदा बेखर्ची भएका छन् । महाकाली नदीले छाडेको बगरमा तीन दशकदेखि बस्दै आएका बादी समुदायले मजदुरी नगरे चुल्होमा आगो बल्दैन । महाकाली नदीको बगरमा बालुवा चाल्ने, गिट्टी सङ्कलन गर्ने र कृषि मजदुरका रूपमा कार्य गरी बादी समुदायले जीविका चलाउँदै आएका छन् । भारतीय सीमा सुरक्षा बलले नदीमा बालुवा, गिट्टी चालेर बेच्ने कार्य रोक्न थालेपछि जीविका चलाउँदै आएको स्रोतसमेत खोसिन थालेपछि बेखर्ची भएको राधिका रानाले बताउनुभयो । जुनफुर्सदमा


म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतद्वारा ८ जना पीडितहरुलाई आर्थिक सहयोग

म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले जिल्लामा विभिन्न रोगबाट ग्रसित भई पीडित भएका ८ जनालाई १ लाख ७४ हजार ४ सय नेपाली रुपैयाँ आर्थिक सहयोग गरेको छ । म्याग्दीको बेनि बजार स्थित मोना कुवेतका उपाध्यक्ष दिपक छन्त्याल, सदस्य अमर कटवाल, सदस्य मेख घर्ती, मोना अन्तर्राष्ट्रिय कार्यसमितिका उपाध्यक्ष ओमनारायण जुग्जाली, मोना युएईका अध्यक्ष रुद्र रोका लगायतको उपस्थितिमा उक्त आर्थिक रकम हस्तान्तरण गरिएको मोना कुवेतका वरिष्ठ उपाध्यक्ष दिपक छ्न्त्यालले जानकारी गराएका छन । म्याग्दी जिल्ला अन्नपूर्ण गाँउपालिका – ५ स्थायी बसोबास गर्ने प्रसाद परियार लामो समय देखी घाँटिमा क्यान्सरफुर्सदमा


विश्वकर्मा एकता समाज नेपाल – कुवेतले प्रेस विज्ञप्ति जारी

विश्वकर्मा एकता समाज नेपाल – कुवेतले तत्कालीन २ वटा बिश्वकर्मा समाजहरु एकता भएका छैनन् भनी विभिन्न समाजिक संजाल तथा नेपाल स्थित केही अनलाइन मिडियामा प्रकाशित समाचारहरु प्रति प्रेस विज्ञप्ति जारी गर्दै गहिरो ध्यानाकर्षण भएको जनाएको छ । नेपालको पुर्व मेची देखि पश्चिम महाकाली सम्मका रोजगारिको सिलसिलामा कुवेत आइ विभिन्न पेशा तथा ब्यबसायमा कार्यरत बिश्वकर्माहरु लाई एक्यवद्धता बनाउने उदेश्यले कुवेतमा सन २०१६ मा स्थापना भएका नमुना बिश्वकर्मा समाज नेपाल – कुवेत र बिश्वकर्मा समाज नेपाल – कुवेतको लामो बृहत छलफल पश्चात् सन २०१९ सेप्टेम्बर २० तारिख कुवेत स्थित जलिबको पपिन्स हलमा बिश्वकर्माफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

गायक शिब परियारको स्वर तथा संगितमा रहेको “उनि राम्री“ गितको कभर भिडीयो सार्वजनिक

तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै

अञ्जु थोकरको ‘सुन सुन साथी’ सार्वजनिक ( भिडियो सहित )

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस