Saturday, October 5th, 2019

 

ब्रेकिङ: सिन्धुली र काभ्रेको सिमानामा गाडी दुर्घट्ना, ३ को घट्नास्थलमै मृत्यु

काभ्रे । सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका र काभ्रेको रोशी गाउँपालिकाको सिमानामा बस दुर्घट्ना भएकोछ । दिउँसो करिब १ बजे काठमाडौंबाट रिजर्भमा लगिएको गाडी उक्त स्थानमा दुर्घट्ना भएको तेमाल गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष चन्द्रबहादुर लामाले जानकारी दिएको हो । दुर्घट्नामा परि ३ जनाको घट्नास्थलमै मृत्यु भएको वडा अध्यक्ष लामाले बताए । करिब ३५ जना घाइते हुनसक्ने लामाले अनुमन लगाएकाछन् । बा ३ ख २३ ५९ नं. को उक्त बस काठमाडौंबाट विराटनगर जाने क्रममा अनियन्त्रित भई दुर्घट्ना भएको बुझिएको छ । तेलाम अनलाइनले यो खबर प्रकाशित गरेका छन ।फुर्सदमा


रोशनीले दिइन् महराविरुद्ध बलात्कार प्रयासको उजुरी

काठमाडौं : निवर्तमान सभामुख कृष्णबहादुर महाराविरुद्ध बलात्कार प्रयास गरेको भन्दै रोशनी शाहीले प्रहरीमा उजुरी दिएकी छन्।  महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शैलेस थापा क्षेत्रीकाअनुसार शाहीले महानगरी प्रहरी वृत्त बानेश्वरमा शनिबार उजुरी दिएकी हुन्।  ‘उजुरी परेसँगै पक्राउ गरी अनुसन्धान गर्ने बाटो प्रहरीलाई खुलेको छ,’ डीआईजी क्षेत्रीले भने, ‘उजुरीअनुसार अब उहाँ  (महरा)लाई पक्राउ गरी कानुनी प्रक्रियामा जान्छौँ ।’ रोशनी शाहीले गत आइतबार बेलुकी महराले कोठामा आइ बलात्कार गरेको आरोप लगाएकी थिइन् ।  सोमबार एक मिडियामा भिडियोसहित उनका बारेमा समाचार आयो । लगातार अन्य मिडियाबाट पनि समाचार आउन लागेफुर्सदमा


पाकिस्तानसँगको द्वन्द्वमा आफ्नै हेलिकोप्टरलाई लागेको भारतद्वारा स्वीकार

नयाँ दिल्ली । गत फेब्रुअरीमा पाकिस्तानसँग काश्मिर बिषयमा भएको द्वन्द्वका क्रममा भारतीय वायु सेनाले हानेको मिसाएल लागि आफ्नै हेलिकोप्टर खस्दा छ जनाको मृत्यु भएको शुक्रबार पहिलोपटक पुष्टि गरेको छ । ‘गत फेब्रुअरीमा हाम्रो पक्षबाट छोडिएको मिसाइलले भुलवस आफ्नै हेलिकोप्टरलाई लाग्दा यसमा रहेका चालक दलका सदस्यसहित छ जनाको मृत्यु हुन पुगेको अनुसन्धानपछि पुष्टि भएको छ,’ वायुसेना प्रमुख राकेस कुमार भदौरियाले बताएका छन् । ‘हामी विश्वस्त पार्न चाहन्छौँ कि यस्तो गल्ती भविष्यमा दोहोरिने छैन,’ उनले सञ्चारकर्मीहरूलाई बताए । काश्मिर क्षेत्रमा भारत र पाकिस्तानबीच फेब्रअरी २७ मा भारतीय हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो ।फुर्सदमा


भारतीय समकक्षीसंग अर्थमन्त्रीको भेट : प्रतिबन्धित भारु सटहीका लागि आग्रह

काठमाडौं १८ असोज |भारतमा जारी विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन नयाँ दिल्ली पुगेका अर्थमन्त्री डा.युवराज खतिवडा र भारतीय समकक्षी निर्मला सीतारमणबीच भारतको वित्त मन्त्रालयमा भेट भएको छ। उक्त भेटका अवसरमा अर्थमन्त्री खतिवडाले द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानीका विषयमा छलफल भएको बताइएको छ। अर्थमन्त्री खतिवडाले भारत सरकारले भारु ५ सय र १ हजारका नोट प्रचलनमा बन्देज लगाउनुभन्दा पहिले नेपालमा मौज्दात भारु ५ करोडको सटहीमा रहेको समस्या समाधान गर्न आग्रह गरेका थिए। भारतबाट नेपालतर्फ जाने व्यक्तिले आफूसँग लैजान पाउने ठूला दरका भारु नोट फर्काउने सम्बन्धमा दुविधा भएकाले त्यसलाई स्पष्ट हुनेफुर्सदमा


कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनको विकास

असोज १८, माओत्सेतुङ नेतृत्वमा जनवादी गणतन्त्र चीन स्थापनाको ७० वर्ष पूरा भएको छ । चीनले यो ७० वर्षको अवधिमा कम्युनिस्ट शासनलाई सफलतापूर्वक हाँकेको मात्रै छैन अभूतपूर्व विकास गर्दै विश्वको दोस्रो ठूलो आर्थिक महाशक्ति राष्ट्रका रूपमा उदाउन सफल भएको छ । सन् १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टीले च्याङकाई सेक नेतृत्वको सरकार, जापानी साम्राज्यसँगको पेचिलो लडाइसँगै दीर्घकालीन जनयुद्धको कार्यनीति अवलम्बन गर्दै विजयी प्राप्त गरी १ अक्टोबर, सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना भएको थियो । हामीले आजको चीनको वैभव देखेका छौं तर चीनमा यो वैभव ल्याउने रक्तपातपूर्ण क्रान्तिको विगतफुर्सदमा


राष्ट्रपति सीको भ्रमण सुरक्षा तयारी बुझेर फर्कियो चिनियाँ सेना

काठमाडौँ,१८असोज | चिनियाँ जनमुक्ति सेना (पीएलए) को उच्चस्तरीय टोली राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सुरक्षा तयारीबारे जानकारी लिएर फर्किएको छ । सुरक्षा स्रोतका अनुसार गत साता काठमाडौं आएको टोलीले सीमित सरकारी अधिकारीसँग मात्रै भेटेको थियो । चिनियाँ सेनाको टोलीले सीको भ्रमण सुरक्षा तयारी प्रभावकारी बनाएको भन्दै खुसी व्यक्त गरेको थियो । सीको सुरक्षार्थ तैनाथ चिनियाँ सेनासँग भएको गोप्य छलफलपछि छुट्टाछुट्टै सुरक्षा रणनीति बनाएर व्यवस्थापन भइरहेको स्रोतले जनाएको छ । सरकारले राष्ट्रपति सीको नेपाल भ्रमण र त्यसबेला अपनाइने सुरक्षालाई ‘जेट प्लस’ रणनीति अपनाएको छ । मध्यम, विशिष्ट, अतिविशिष्ट र त्यसमाथिको सम्मान र सुरक्षा प्रदान गर्दा क्रमशःफुर्सदमा


कुवेतबाट मात्रै १३३ जनाको जम्बो टोली एनआरएनएको नौं विश्व सम्मेलनमा सहभागी हुने

परदेशी खबर/ अक्टोबर ५,कुवेत । NRNA/NCC कुवेतले NRNA/NCC कुवेतको इतिहासमै पहिलो पटक १३३ जनाले एनआरएनएको नवौँ विश्व सम्मेलनमा सहभागी हुने भएको छ। एनआरएनएको नवौँ विश्व सम्मेलन यहि अक्टोबर १५-१७ का लागि एनसिसि कुवेतले १३३ जना सदस्यहरुलाइ भोटिङका लागि दर्ता गराएका छन। जसमध्य आधा भन्दा धेरै काठमाडौ प्रस्थान गरिसके भने केही अबको केही दिनभित्र प्रस्थान गरिसक्नेछन। एनआरएनए कुवेतको छैटौं अधिवेशनबाट कुवेतका नेपाली समाजले अपेक्षा गरे अनुरुपको समुह टिम निर्माण भए पछि कुवेतका समाज र अन्य देशहरुका नेपालिहरुले कुवेतलाइ केहि फरक कोणबाट हेर्न थालिएको धेरैले बताउने गरेको पाइन्छ। यद्यपि विश्व सम्मेलनको पुर्वफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

गायक शिब परियारको स्वर तथा संगितमा रहेको “उनि राम्री“ गितको कभर भिडीयो सार्वजनिक

तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै

अञ्जु थोकरको ‘सुन सुन साथी’ सार्वजनिक ( भिडियो सहित )

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस