Wednesday, August 21st, 2019

 

नयाँ बसपार्कको होटलमा महिला र पुरुष मृत भेटिए

४ भदौ, काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा एक जोडी महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् । बसपार्कको मोरङ पर्वत गेस्ट हाउसको कोठा नं. १११ मा चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीया सबिता भनिने सबिना बजगाईं मृत भेटिएका हुन् । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईंले घटनास्थलको प्रारम्भिक मुचुल्का उठाएर अनुसन्धान थालिएको अनलाइनखबरलाई बताए । ‘कट्टु मात्र लगाएको अवस्थामा युवतीको शव खातको तलपट्टी र युवकको खाटमाथि भेटिएको थियो’, उनले भने, ‘कसरी मृत्यु भयो भन्ने बारे छानविन भइरहेको छ ।’ प्रहरीका अनुसार, उनीहरु राति ११ बजे होटलमाफुर्सदमा


पुनर्निर्माणका लागि भारतले दियो २ अर्ब ४५ करोड

४ भदौ, काठमाडौं । भारतले भूकम्पपछिको पुनर्निर्माणमा २ अर्ब ४५ करोड बढी रकम हस्तान्तरण गरेको छ । नेपाल भारत संयुक्त आयोगको बैठकका क्रममा भारतीय राजदूत मञ्जिव सिंह पुरीले पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँको चेक हस्तन्तरण गरेका हुन् । यो रकम नुवाकोट र गोरखाका घरहरु पुनर्निर्माणमा खर्च हुने समाचार आजको अनलाइन खबरमा प्रकाशित गरिएको छ l


प्रधानमन्त्री र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

०४ भदौ, काठमाडौंl  प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा आएका भारतका विदेशमन्त्री सुब्रमन्यम् जयशंकरबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो प्रधानमन्त्री ओलीसँग विदेशमन्त्री जयशंकरले शिष्टाचार भेटवार्ता गरेका हुन्। नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार काठमाडौं आएका जयशंकरले प्रधानमन्त्रीलाई भेटेर राजनीतिक भेटघाट सुरु गरेका हुन्। भारतीय विदेशमन्त्रीको जिम्मेवारी सम्हालेपछि जयशंकरले पहिलो विदेश भ्रमण नेपालबाट थालेका हुन्। बुधबार बिहान सबा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका उनलाई परराष्ट्र सचिव शंकरदास बैरागीले स्वागत गरेका थिए। बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकारफुर्सदमा


उपत्यकामा ५५ जनामा भेटियो डेंगुको संक्रमण

४ भदौ, काठमाडौं । उपत्यकामा पनि डेंगु संक्रमित भेटिएका छन् । पूर्वी नेपालमा फैलिएको डेंगु नियन्त्रणमा आउन नसकिरहेको बेला काठमाडौं उपत्यकामा पनि संक्रमितहरू भेटिएका हुन् । इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार लालकाअनुसार उपत्यकाका १० वटा अस्पतालमा आएका मध्ये ५५ जनामा डेंगु संक्रमढ देखिएको छ । यद्यपि यो सङख्या अझै बढ्न सक्ने उनले बताए। महाशाखाले २३ वटा अस्पतालबाट तथ्याकं संकलन गरेको थियो । डाक्टर विवेक कुमारका अनुसार काठमाडौं उपत्यका तथा अन्य स्थानमा डेंगु सार्ने लामखुट्टेका दुवै प्रजाति भेटिएको छ । गत वर्ष यही समयमा उपत्यकामा मात्रै १६ जनालाईफुर्सदमा


घरेलु महिला कामदारको पुनः श्रम स्वीकृति खोल्ने निर्णय

४ भदौ, काठमाडौं । अब घरेलु कामदारले पुनः श्रम स्वीकृति पाउने भएका छन् । घरेलु कामदरका रुपमा प्रायः जसो नेपालबाट महिलाहरु नै विदेश पुग्छन् । बुधबार बसेको संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले केही शर्त पुरा गर्ने घरेलु कामदारलाई नेपाल आएर विदेश फर्किन बाटो खुला गर्ने निर्णय गरेको हो । तर, नयाँ घरेलु महिला कामदारमाथिको रोक भने कायमै रहनेछ । समिति सदस्य कांग्रेस सांसद प्रकाश रसाइली ‘स्नेही’ले मालिक तथा रोजगारदाताबाट सम्बन्धित महिला कामदारले ‘सुरक्षित’ रहेको स्वघोषणा पत्र र सोही देशको दूतावासले पनि श्रम इजाजत नवीकरणफुर्सदमा


ट्वीटर र फेसबुकको दाबी हङ‌कङ प्रदर्शन भ्रम फैलियो

हङकङ ४ भदौ ।। चीनले सामाजिक सञ्जालबाट हङ‌कङमा भइरहेको आन्दोलनबारे भ्रामक सूचना फैलाउने अभियान चलाएको पत्ता लागेको भन्दै ९३६ खाता बन्द गरेको छ । फेसबुक र ट्वीटरले भ्रम फैलाएकाले नियन्त्रणका लागि उपयुक्त कदम चालिएको दाबी गरेका छन् । ट्वीटरले हङ‌कङमा राजनीतिक द्वन्द्व सिर्जना गर्न खोज्ने ९३६ खाताहरू हटाइएको जानकारी दिएको छ । चीनबाट सञ्चालित ती खाताहरू संगठित रूपबाट हङ‌कङको राजनीतिक अवस्था र त्यसको वैधतालाई कमजोर पार्ने उद्देश्यबाट सञ्चालित भएको दाबी गरिएको छ । फेसबुकले पनि सातवटा फेसबुक पेज, तीनवटा ग्रुप र पाँचवटा खाता हटाइएको जनाएको छ । ‘त्यहाँ बारम्बार स्थानीयफुर्सदमा


ब्रजिलमा यो वर्ष हजारौँ डढेलो, २७ सय किलोमिटर पर दिउँसै अँध्यारो

काठमान्डौ, ४ भदौ । ब्रजिलको धेरै पानी पर्ने अमेजन वनक्षेत्रमा यो वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै डढेको लागेको तथ्याङ्क देशको अन्तरिक्ष निकायले सार्वजनिक गरेको छ। न्याश्नल इन्स्टिट्युट फर स्पेस रिसर्च (आइएनपीई) का अनुसार गत वर्षभन्दा यो वर्ष डढेलोको सङ्ख्या ८३ प्रतिशतले बढेको देखिन्छ। केही हप्ताअघि वनविनाशबारे उपलब्ध गराइएको तथ्याङ्कबारे विवाद उत्पन्न भएपछि राष्ट्रपति जाइर बोल्सोनारूले आइएनपीईका प्रमुखलाई पदमुक्त गरेका थिए। अतिदक्षिणपन्थी राष्ट्रपति बोल्सोनारूले पद सम्हालेयता अमेजन क्षेत्रलाई कृषि र खनिज उत्खननका लागि विकास गर्ने बताउँदै आएका थिए। प्रभाव वनमा लागेको डढेलोबाट निस्किएको धुँवाका कारण साओ पाउलो सहरमा दिउँसै अन्धकार भएको थियो।फुर्सदमा


मेलम्चीको जिम्मा सिनो हाइड्रोलाई, सुरुङ सक्न १२ महिना

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्ने कामको जिम्मा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई दिइने भएको छ । मेलम्ची खानेपानी विकास समितिले बुधबार कम्पनीलाई ठेक्का स्वीकार गरिएको पत्र पठाउने निर्णय गरेको समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए । कार्यकारी निर्देशक कँडेलले भने, ‘आशय सूचना सकियो भोलि हामी बैठक बस्छौँ र ठेक्का एसेप्ट गरेको पत्र दिन्छौँ, चिनियाँ कम्पनी सिनो हाइड्रोलाई ठेक्का दिइने पक्कापक्की जस्तै भएको छ । उनका अनुसार समितिले अनुमान गरेभन्दा करिब १५ प्रतिशत अर्थात ४५ प्रतिशत देखि ५० करोड रुपैयाँ कममा सिनो डाइड्रोले बोलपत्र पेस गरेको थियो ।फुर्सदमा


‘अख्तियारमा १५ ०० उजुरीको विस्तृत अनुसन्धान’

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ हजार ५ सयभन्दा उजुरीको विस्तृत अनुसन्धान गरिरहेको छ। अनुसन्धानले इतिहास ‘ब्रेक’ गर्ने अवस्था रहेको प्रमुख आयुक्त नवीनकुमार घिमिरेको भनाइ छ। ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सुशासन र राजनीतिक सदाचारका सम्बन्धमा गरेको छलफलमा उनले १ सय ४० भन्दा बढी व्यक्तिको अकुत सम्पत्तिमा छानबिन थालिएको बताए। कर्मचारी र स्थानीय तहका पदाधिकारीसहित सम्पत्ति विवरण नबुझाउनेलाई पनि राष्ट्रिय सतर्कता केन्द्रसँगको सहकार्यमा कारबाही गरिएको उनले सुनाए। ‘सम्पत्ति विवरण नबुझाउने १९ हजार जनालाई जरिवाना गरिएको छ’, उनले भने। ललिता निवास प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको उनले जनाए। अनुसन्धानमा जोसुकै परे पनिफुर्सदमा


महानगरको ब्रुमर खर्च लाखौँ धुलो ज्युँका त्युँ

  ‘काठमाडौँ महानगरपालिकालाई फोहोरमुक्त, स्वच्छ र हरियाली बनाउन ब्रुमर सञ्चालनमा ल्याइएको छ । ब्रुमर सञ्चालन प्रभावकारी हुनेछ,’ काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले झन्डै पाँच महिनाअघि गत चैत्र १२ गते राष्ट्रिय सभागृहमा ब्रुमर उद्घाटन कार्यक्रममा सो कुरा भनेका थिए ।  उनले त्यसरी भाषण गरेको झन्डै पाँच महिना यता महानगरमा असंख्य पटक ब्रुमर गुडे । तर सहरको धुलोको समस्या ज्युँका त्युँ रह्यो । सडक पिच नगरिएका तथा भएका खाल्डाखुल्डी नपुरिएकै कारणले ब्रुमरको काम प्रभावकारी हुन नसकेको बताइएको छ । सो कार्यक्रममा मेयर शाक्यले सडक विभाग, मेलम्ची खानेपानी आयोजना, केयुकेएल र महानगरपालिका वातावरणफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

बिजनेष

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस