Saturday, August 10th, 2019

 

त्रिशुली बस दुर्घटनाका ९ मृतकको शव भेटियो, २० अझै वेपत्ता

काठमाडौं, २५ साउन । शुक्रबार विहान २९ यात्रु बोकी सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस धादिङस्थित त्रिशूली नदीमा खस्दा मृत्यु भएका मध्ये अहिलेसम्म ९ जनाको शव भेटिएको छ । मृतकमध्ये ५ जनाको मात्रै सनाखत भएको छ । भारतीय नागरिक अजय दास, विजय कुर्मी, बसका कन्डक्टर ऋषि उप्रेतीको शव पहिचान भएको हो । मलंगवाबाट राजधानी काठमाडौं आउँदै गरेको ना६ख ७४६९ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट त्रिशुली नदीमा खसेको थियो । कृष्णभीरनजिक फेला परेका २ शव सर्लाहीको मलंगवा १ का ४० वर्षीय सुनिलकुमार श्रीवास्तव र उनकी श्रीमती ३५ वर्षीया निमाको भएकोफुर्सदमा


ट्याङ्कर विष्फोट हुँदा तान्जानियामा कम्तीमा ६० काे मृत्यु

साउन २५, अफ्रिकी राष्ट्र तान्जानियामा शनिबार इन्धन बोकेको ट्याङकर विष्फोट हुँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ भने ७० जना भन्दा बढी घाईते भएका छन्। प्रहरीका अनुसार ट्याङकर अनियन्त्रित भएर सडकमा पल्टिएको थियो। पल्टिएको ट्याङकरबाट इन्धन आफ्नो सवारी साधनमा हाल्न सयौँ मान्छे जम्मा भएका थिए। सोही समयमा पल्टिएको ट्यांकर विष्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। उक्त विष्फोटपछि मानिसहरुका शव टाढा–टाढासम्म छरिएका थिए। स्थानीय प्रहरीका अनुसार विष्फोट तान्जानियाको मोरोगारो शहरमा भएको हो। यो बन्दरगाहाबाट इन्धन आसार्ने एक प्रमुख मार्ग भएको बताइएको छ। साथै यो क्षेत्र अत्यधिक मात्रामा इन्धन चोरी हुनेफुर्सदमा


अब कैदीले पनि जेलभित्रै यौन सम्पर्क गर्न पाउने

काठमाडौं । कैदीलाई प्रजनन अधिकार दिने गरी कारागार ऐन मस्यौदा तयार भएको छ। गृह मन्त्रालयअन्तर्गत कारागार व्यवस्थापन विभागले तयार पारेको मस्यौदामा सन्तान नभएका कैदीलाई प्रजनन अधिकार दिने व्यवस्था प्रस्ताव गरिएको छ। मस्यौदामा सन्तान नभएका तर सन्तान जन्माउन इच्छुक कैदीबन्दीलाई सात प्रदेशका सातवटा कारागारभित्र यौन सम्पर्कका लागि दम्पती भेट्ने विशेष व्यवस्था गरिने उल्लेख छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।


याक्खा समुदायको पहिलो म्यूजीक भीडीयो सार्वजनीक

अगष्ट १०l किरात जाती अन्तर्गत अल्पसंख्यक जातिको रूपमा रहेको याक्खा समुदायको पहिलो पटक एकै साथ ४ वटा याक्खा भाषाको गीतको म्युजिक भिडियो निर्माण भएको छ । उक्त म्यूजीक भिडियो हालसालै नेपाल र यू केमा एकैसाथ रीलिज गरिएको हो । किराँत याक्खा छुम्मा युके र युके निवासी याक्खाहरुको सहयोगमा उक्त म्युजिक भिडियो निर्माण गरिएको हो । याक्खा पालाम शब्द आइतराज याक्खा, स्वर आइतराज याक्खा र मनु नेम्बाङ,सङ्गीत टेकेन्द्र यक्सो , कानिङ याक्खाबा” ,शब्द सङ्गीत अजय याक्खा, स्वर मिना राई, माङ्चुवा छेम्ना ”शब्द आइतराज याक्खा, स्वर ललित जिमि,संगीत खगेन्द्र यक्सोको रहेको छफुर्सदमा


कुवेतमा पनि २५औं विश्व आदिवासी दिवस मनाए (फोटो फिचरसहित)

परदेशी खबर / १० अगष्त , कुवेत । हिजो अगष्ट ९ तारिकका दिन नेपाल आदिवासी जनजाति महासंघ कुवेत शाखाको बिशेष आवहान तथा कुवेतमा क्रियाशील सम्पूर्ण जातीय संस्थाको सयुंक्त आयोजनामा २५औं विश्व आदिवासी दिवस मनाइएको थियो l “विश्वभरका आदिवासी जनजाती एक हौ, आजको आवश्यकता भनेको हाम्रो एकता र हाम्रो एकता भनेको हाम्रो सहभागीता अनी आफ्नो धर्म, लिपी, भेषभुषा, कला र संस्कृतिलाई सम्मान गरियोस्” भन्ने मागका साथ विश्वभरका आदिवासीहरुले यो दिवस प्रत्येक वर्ष भव्यताका मनाउदै आइरहेका छन् । यसैलाई निरन्तता दिदै हिजो ९ अगष्त शुक्रबारका दिन विविध जातीय पहिचान झल्किने गीत, नृत्य,फुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न

कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)

कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस