Wednesday, August 7th, 2019

 

कुवेतमा सवारी दुर्घटनामा २ जना नेपालीको मृत्यु

परदेशी खबर/ अगष्ट ७, कुवेतमा। कुवेतमा आज बिहान करिब १० बजे काम सकेर कोठामा फर्किने क्रममा सडक दुर्घटनामा परी २ जना नेपालीहरूकाे मृत्यु भएको छ । मृत्यु हुनेहरूमा कुवेतको प्रतिष्ठित कम्पनी केजिएल(KGL) मा कार्यरत काभ्रेका गोकर्ण घिमिरे तथा दाङका शेर बहादुर मल्ल रहेका छन् उनिहरु सन २०११ देखि कुवेतमा कार्यरत दुबै जना मृतकहरु उक्त कम्पनीमा सवारी चालकका रुपमा कार्यरत थिए।मृतक दुवैजना कम्पनिको काम सकेर कुवेतको फाहाहिलबाट बस्ने ठाउँ फर्वानिया फर्किने क्रममा रोड नं-५१ मा मृतकहरु चढेको सवारी साधनको चक्का पड्किएर ईमर्जेन्सी लेनमा सवारी साधन पार्क गरि बाहिर निसक्ने क्रममा अर्कोफुर्सदमा


स्थानीय अनलाइनमा प्रकाशित गलत फोटो राखिएको समाचारप्रति मिडिया प्रतिनीधिले मागे माफी

परदेशी खबर / अगष्ट ७, कुवेत l स्थानीय अनलाइनमा प्रकाशित गल्तीले अर्कैको फोटो राखिएको समाचारप्रति मिडिया प्रतिनीधिले माफी मागेका छन् l घरेलु कामदारको रूपमा कुवेत आएकी राहदानी नं. ०७६०३७१ भएकी ४२ वर्षीया मिना देबी सार्कीको अगष्ट ५ तारिक बिहान सबेरै उनी बस्दै आएको फर्वानिया स्थित कोठामा मृत भेटिएको  खबर प्रकाशित भएको थियो । मृतक नेपाली चेली सम्बन्धि समाचार प्रति कुवेत स्थित नेपाली अनलाइन मिडियामा मृतक महिलाको फोटो पोष्ट गर्न जादा गल्तीलेअर्कै महिलाको फोटो पोष्ट गरिएको प्रमाणित भएको छ। उक्त फोटो सामाजिक संजालमा भाइरल भएपछी पीडित महिलाले आफ्नो चरित्र हत्या गरिएकोफुर्सदमा


लोकतन्त्रमा लोकसेवाको ‘कू’ स्वीकार्य छैन : किराती

काठमाडौँ : सांसद सुदन किरातीले लोकसेवा आयोगले लोकतान्त्रिक व्यवस्थामा ‘कू’ गरेको आरोप लगाएका छन्।  किरात राई यायोक्खाको ३२ औँ स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै किरातीले लोकसेवा आयोगको संवैधानिक ‘कु’ आफूहरुलाई स्वीकार्य नहुने बताए।  ‘संविधानले व्यवस्था गरेको कुरामा आज आएर लोकसेवा आयोगले ‘कू’ गर्दा हामी मुकदर्शक भएर बसेका छौँ’, किरातीले भने, ‘हामीले यस्तो लोकतन्त्रको परिकल्पना गरेका थिएनौँ।’  उनले मन्त्रालयले भित्री रूपमा स्थानीय तहलाई कर्मचारी माग गर्न लगाएर लोकसेवा आयोगलाई विज्ञापन गर्न निर्देशन दिएको बताए।  ‘मन्त्रालयले भित्री रूपमा पत्र लेखेरै स्थानीय तहलाई कर्मचारी माग गराउने र लोकसेवा आयोगलाई निर्देशन दिनेफुर्सदमा


पाकिस्तानले भारतको ‘अवैध’ कदमविरूद्ध लड्ने

  काठ्माण्डौ २२ साउन | पाकिस्तानका प्रधानमन्त्री इमरान खानले जम्मू-कश्मीरको विशेष हैसियत खोस्ने भारतको निर्णयविरुद्ध लड्ने कसम खाएका छन्। उनले उक्त विषयलाई संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‍मा समेत प्रतिवाद गर्ने बताएका छन्। खानले भारतको निर्णयले अन्तर्राष्ट्रिय कानुन तोडेको र भारतमा जातको आधारमा हिंसा हुन सक्ने डर रहेको बताएका छन्। भारतले विशेष हैसियत रद्ध गरेसँगै उक्त क्षेत्र पूर्ण बन्दको अवस्थामा छ। हिमाली क्षेत्र कश्मीरमा भारत र पाकिस्तान दुवैको दाबी रहे पनि ती दुई देशले केही भागमा मात्र शासन गर्दै आएका छन्। भारतले शासन गरेको कश्मीर क्षेत्रमा लामो समय देखि पृथकतावादी आन्दोलन चलिरहेकोफुर्सदमा


उत्तर कोरियाले साइबर आक्रमण गरेर २ अर्ब डलर चोरेको राष्ट्रसङ्घको आरोप

काठ्माण्डौ २२ साउन | एउटा गोप्य राष्ट्रसङ्घीय प्रतिवेदनले उत्तर कोरियाले उच्चस्तरका साइबर आक्रमणहरू गर्दै आफ्ना हातहतियार परियोजनाका लागि झन्डै दुई अर्ब डलर अवैध रूपमा जुटाएको आरोप लगाएको सूत्रहरूले बीबीसीसँग पुष्टि गरेका छन्। विज्ञहरूको एउटा समूहले वित्तीय संस्था तथा क्रिप्टोकरेन्सी भनिने डिजिटल मुद्रा सटही गर्नेहरूसँग कम्तीमा ३५ वटा साइबर आक्रमणबारे अनुसन्धान गरिरहेका छन्। ती विज्ञहरूका अनुसार वार्ता सुरु गर्नेका लागि कूटनैतिक प्रयासहरू जारी रहँदारहँदै पनि प्योङ्याङले आफ्नो परमाणु र क्षेप्यास्त्र कार्यक्रमहरू अघि बढाइरहेको छ। उनीहरू भन्छन् उसले अवैध रूपमा पानीजहाजबाट पानीजहाजमा गरिने स्थानान्तरण र नरसंहारका हतियार खरिद गर्दै राष्ट्रसङ्घीय प्रतिबन्धहरूको उल्लङ्घनफुर्सदमा


चीन बोल्यो कश्मीर विवादबारे : लद्दाख केन्द्रशासित रूपमा स्वीकार्य छैन

बेइजिङ्ग , २२ साउन ।जम्मु कश्मीरबाट धारा ३७० हटाएर लद्दाखलाई केन्द्र शासित प्रदेश बनाएपछि चीनले विरोध गरेको छ। लद्दाख केन्द्रशासित रूपमा स्वीकार्य नहुने उसको भनाइ छ। भारतले आफ्नो आन्तरिक मामिलामा नबोल्न चीनलाई सचेत गराएको छ। अरूको आन्तरिक मामिलामा आफू पनि नबोलेको र आफ्नोमा पनि नबोल्न उसले भनेको छ। चिनियाँ समाचार पत्र ग्लोबल टाइम्सका अनुसार चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘भारत सरकारले चिनियाँ क्षेत्र आफ्नो राज्यमा सामेल गरेको छ। यसको हामी विरोध गर्छौं। भारतीय कदमबाट चीनको क्षेत्रीय अखण्डता र सम्प्रभुता उल्लंघन भएको छ। यो अस्वीकार्य छ।’ जम्मु कश्मीरको भूभाग हाल भारत,फुर्सदमा


तीन महिनादेखि साउदीमा ३५ नेपाली अलपत्र

काठमाडौँ / २२,साउन । तीन महिनादेखि कामविहीन भई साउदी अरबको राजधानी रियादमा अलपत्र परेका ३५ जना नेपाली कामदार नेपाली दूतावास परिसरको सेल्टरमा बसिरहेका छन् । कम्पनीले उपयुक्त वास नदिएपछि उनीहरू दूतावासको शरणमा आएका हुन् । उनीहरूलाई दूतावासले एक सातादेखि शरण दिइरहेको छ । दूतावासमा बस्ने उपयुक्त ठाउँसमेत छैन । ‘हामीले दूतावासभित्र बस्न पाउनु नै ठूलो कुरो हो । कम से कम सुरक्षित त छौं । बिहानबेलुका खान पाएका छौं,’ पीडित टेकबहादुर ओलीले भने, ‘यहाँ घाम छेक्ने छत छ ।’ दूतावासका गाडी पर्किङ गर्ने ठाउँमा उनीहरूलाई राखिएको छ । सुत्न मिल्ने ओछ्यान छैन । खाना बाहिरबाट ल्याएर दूतावासले खुवाइरहेको छ ।फुर्सदमा


ग्राण्डीको निरन्तर लापरबाही. ‘सकुशल’ बच्चाको उपचारकै क्रममा मृत्यु

काठमाडौ, २२ साउन । गलत अस्पताल छनोट गरेका कारण मैले बच्चा गुमाएँ । ग्राण्डी अस्पतालले सञ्जीव न्यौपानेको बच्चाको उपचारमा लापर्बाही गरेको थाहा हुँदाहुँदै म यहाँ आउनै नहुने । श्रीमती निशाले त भनेकी पनि थिइन्, तर मैले नै मानिनँ, सधैं त्यस्तो हुँदैन भनें । अहिले १८ दिनकी छोरीको कलिलो अनुहारले मलाई लखेटिरहेको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ । गएको असार २० गते निशाको कोखबाट जुम्ल्याहा छोरी सकुशल जन्मे । प्रसूति कक्षबाहिर बसेको मलाई डाक्टर आफै आएर दुवै छोरी स्वस्थ छन् भनेका हुन् । पहिलो सन्तान जन्मिएको १२फुर्सदमा


प्रधानमन्त्री रोजगार कार्यक्रम : एक महिनामै फेरि बेरोजगार

दाङ, २२ साउन । सरकारले बेरोजगारलाई लक्षित गरी प्रधानमन्त्री रोजगार कार्यक्रम ल्यायो । सबै स्थानीय तहमा आर्थिक वर्ष सकिनै लाग्दा बजेट आएको थियो । कान्तिपुर दैनिकले समाचार छापेकाे छ । हतारमा निवेदन माग गरियो, हतारमै कामदार छनोट भए । हरेकले कम्तीमा आधा दिनदेखि बढीमा एक महिनाको काम पाए । बबई गाउँपालिका–५, हापुरेकी मनकुमारी खडकाले एक महिनासम्म बिरुवा रोप्ने, ढुंगा सोलिङ गर्ने, सडकमा माटो भर्नेजस्ता काम गरिन् । ‘एक महिनाको १५ हजार रुपैयाँभन्दा बढी बुझ्दा धेरै राहत मिलेको थियो, अहिले फेरि खाली भइयो,’ उनले भनिन् । खडका फेरि कार्यक्रम कहिले आउलाफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न

कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)

कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस