Friday, August 2nd, 2019

 

साउदी अरबका महिला अब पुरुषको अनुमतिविना विदेश जान पाउने

एजेन्सी साउदी : साउदीका महिलाहरु अब आफ्ना पुरुष अभिभावकको अनुमति विना नै विदेश भ्रमण गर्न पाउने भएका छन् । एक्लै तथा परिवारको अनुमतिविना विदेश जान नपाउने प्रतिबन्ध फुकुवा भएको यहाँको सरकारले पुष्टि गरिदिएको हो । उच्च घरानियाँ परिवारबाटै युवतीहरु भागेर विदेश जाने क्रम देखिन थालेपछि शुक्रबार यस्तो फैसला घोषणा गरिएको हो । अमेरिकाका लागि साउदी राजदूत रिमा बन्दर अल साउदले पनि सरकारको यस्तो फैसलालाई पुष्टि गरेकी हुन् । यसअघि साउदी महिलाहरु श्रीमान, बावु, दाजु वा पुरुष आफन्तको सल्लाह विना विदेश जान पाउने थिएनन् । यो खबर आजको अन्नपूर्ण पोस्टले प्रकाशितफुर्सदमा


विश्वकप छनोट अन्तर्गत नेपाल र अस्ट्रेलियाबीच क्यानबेरामा खेल हुने

काठमान्डौ/ १७, साउन । सन् २०२२ मा हुने कतारमा फिफा विश्वकप फुटबल र सन् २०२३ मा चीनमा हुने एएफसी एसियन कपको छनोट प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले अस्ट्रेलियासँगको अवे खेल क्यानबेरामा खेल्ने भएको छ। अस्ट्रेलिया फुटबलले शुक्रबार जनाएअनुसार नेपाल र अस्ट्रेलियाबीच जिआइओ रंगशालामा खेल हुनेछ। असोज २३ (अक्टोबर १०) हुने खेल त्यहाँको समयअनुसार दिउँसो १ बजे सुरु हुनेछ। विश्वकप छनोटमा नेपालको यो तेस्रो अवे खेल हुनेछ। त्यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौ १९ कुवेत र भदौ २४ गते चाइनिज ताइपेईसँग अवे खेल खेल्न तयारी गरिरहेको छ। दशरथफुर्सदमा


चीन सरकारले १०० दिनसम्म राष्ट्रवादी कार्यक्रम मात्र चलाउन टीभीहरूलाई दियो निर्देशन

काठमाडौं ,१७ साउन । चीन सरकारले लोकप्रिय धारावाहिक र ऐतिहासिक शृंखलाहरूमाथि १०० दिनका लागि प्रतिबन्ध लगाएको छ । बिहीवारदेखि लागू हुने गरी जारी गरिएको आदेशमा देशभरिका टीभी प्रसारकहरूले देशभक्तिपूर्ण र राष्ट्रवादी शोहरू मात्र देखाउन पाउनेछन् । अक्टोबर १ मा जनवादी गणतन्त्र चीन स्थापना भएको ७०औं वर्षगाँठका अवसरमा कम्युनिस्ट पार्टीले तयारी गरिरहेको हुँदा यस्तो आदेश आएको हो । ८६ वटा राष्ट्रपति टीभी शृंखला बाहेक अरू केही पनि शृंखला टीभी स्टेसनहरूले देखाउन पाउने छैनन् । चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनले यो निर्देशन जारी गरेको हो । उक्त संस्थाले रेडियो, टेलिभिजन रफुर्सदमा


चमत्कार चीनको,बनायो शीशाको ५५० मिटर लामो वाटर स्लाइड

काठमाडौं १७,साउन। चीनका इन्जिनीयरहरूले गुइझु प्रान्तमा ५५० मिटर लामो शीशाको वाटर स्लाइड बनाएका छन् । उक्त स्लाइड जंगल हुँदै ३२८ फीटको उचाइमा पुग्छ र जमीनतिर पुग्छ । पर्यटकहरू यो विशाल स्लाइडमा पानीमा चोपलिँदै रमाउन सक्ने स्लाइडका सञ्चालकले बताए । उनले यो स्वस्थ, सिर्जनात्मक र रमाइलो रहेको दाबी गरे । शीशाको पिँध भएको स्लाइड बनाउन ७० लाख युआन खर्च गरिएको छ । यो होङ्गुओशुको सुन्दर स्थलमा अवस्थित छ । कुल १० वर्गकिलोमिटरमा फैलिएको यो ठाउँ झरना र चुनका ठूला गुफाका लागि प्रख्यात छ । त्यसै ठाउँनजिक १२८ मिटर लामो शीशाको पिँधफुर्सदमा


अमेरिकी सैनिक अफगानिस्तानबाट फिर्ता गर्ने सम्झौता हुन लाग्दै

काठमाडौं, १७ साउन । ट्रम्प प्रशासनले अफगानिस्तानबाट हजारौं अमेरिकी सैनिकहरू फिर्ता बोलाउने तयारी गरेको छ । १८ वर्षसम्म चलेको द्वन्द्व अन्त्य गर्नका लागि तालिबानसँग शान्ति सम्झौता गर्नका लागि सैन्यफिर्ती गरिन लागेको हो । सैन्यफिर्तीको बदलामा ह्वाइट हाउसले तालिबानबाट धेरै किसिमका अपेक्षा गरेको छ । युद्धविराम गर्नुपर्ने अनि अलकायदालाई त्याग्नुपर्ने शर्त अमेरिकाले तालिबानसमक्ष राखेको अमेरिकी अधिकारीहरूले बताए । शान्ति सम्झौता अनुसार, उक्त क्षेत्रमा रहेका अमेरिकी सैनिकको संख्या १४ हजारबाट घटाएर आठ वा नौ हजारमा झारिनेछ । ह्वाइट हाउसका अधिकारीहरूले तालिबानसँग आठ चरणको वार्ता गरिसकेका छन् । वार्ताको नेतृत्व अफगानिस्तानमा जन्मेका कूटनीतिकफुर्सदमा


१२ वर्षमा बिहे, १३ मा आमा

  जनकपुरधाम, १७ साउन । चन्दनिया देवी सदा १६ वर्षकी भइन्। उनको विवाह तीन वर्षअघि भएको थियो। अहिले काखमा छोरो छ भने गर्भमा अर्को बच्चा । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ । शारीरिक रूपमा कमजोर देखिएकी चन्दनियालाई ढेडवर्षे छोरो सम्हाल्न गाह्रो छ। गर्भको बच्चा सात महिना पुगिसकेको छ। चन्दनियालाई परिवार नियोजनका साधनबारे जानकारी छैन। यसबारे सोध्दा उनी लजाउँछिन् मात्र। महोत्तरी मनरा सिसवा नगरपालिका-१० मधवा टोलका मुसहरी बस्तीमा अधिकांश छोरीको बिहे १० देखि १२ वर्षकै उमेरमा हुन्छ। बिहे भएको एकदुई वर्षमै आमा बनेपछि उनीहरू शारीरिक रूपमा कमजोर हुन्छन्। सन्तान पनिफुर्सदमा


मंसिरमा १४ उपनिर्वाचन गर्ने सरकारी निर्णय

काठमाडौं, १७ साउन । सरकारले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त ५० स्थानका लागि आगामी १४ मंसिरमा उपनिर्वाचन गर्ने निर्णय गरेको छ । राजधानी दैनिकले समाचार छापेकाेछ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रिक्त पदमा आगामी १४ मंसिरमा निर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि बिहीबार मध्यान्ह निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका ५० स्थानमा १४ मंसिरमा उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । आयोगको सो सुझावअनुसार नै सरकारले १४ मंसिरका लागि मिति तोकेको हो । बिहीबार प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका रफुर्सदमा


बाढीले चार सीमा स्तम्भमा क्षति, ६ वर्षमा ३ हजार ७ सय निर्माण

काठमाडौं, १७ साउन । यो वर्षको भारी वर्षा र बाढीका कारण नेपाल–भारत सीमा क्षेत्रका चार वटा सीमा स्तम्भमा क्षति पुगेको छ । राजधानी दैनिकले समाचार छापेकाे छ । कपिलवस्तु सीमा क्षेत्रमा रहेका चार वटा सीमा स्तम्भमा क्षति पुगेको हो । नापी विभागले सीमा स्तम्भ ढलेर केही तलसम्म बगेको जनाएको छ । सो सीमा स्तम्भको निर्माण कार्य अब दुई देशबीचको संयुक्त छलफल पछि अघि बढ्ने विभागले जनाएको छ । नेपाल र भारत सीमामा ८ हजार ५ सय ५४ वटा सीमा स्तम्भ रहेकोमा ६ वर्षमा ३ हजार ७ सय ३३ वटा निर्माणफुर्सदमा


आजको मौसम : मेघ गर्जनसहित वर्षा हुने

परदेशी खबर/ काठमाडौं : निरन्तर वर्षाका कारण बाढी, पहिरोले त्रसित जनजीवन सामान्य बन्दै गएको छ। केहि दिनदेखि सक्रिय नभएको मनसुनी गतिविधि अझ बढ्ने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ। मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भागभन्दा दक्षिणतिर अवस्थित भएको र बिस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै जाने देखिएको मौसमविद्ले बताएका छन्। महाशाखाले शुक्रबार बिहान ६ बजे प्रकाशन गरेको बुलेटिनअनुसार देशभर देशभर सामान्य बदली भई केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। ‘अहिले  देशको पूर्वी, पश्चिमि तथा मध्य पहाडी भू-भागमा सामान्य बदलीको अवस्था रहेको छ।’ महाशाखाले भनेकोफुर्सदमा


स्वस्तिमा र निश्चललाईआदर्श जोडीको सम्मान

परदेशी खबर/ काठमाडौं : नायिका स्वस्तिमा खड्का तथा निर्देशक एवं कलाकार निश्चल बस्नेतलाई आदर्श जोडीको रूपमा सम्मान गरिएको छ । ललितपुरको जावलाखेलस्थित खुला चौरमा आयोजित तीनदिने तीज माइती मेला– २०७६ को उद्घाटन समारोहमा नेपाली कला क्षेत्रको आदर्श जोडी मान्दै उनीहरूलाई सम्मान गरिएको हो । श्रीमान् श्रीमती नै एउटै क्षेत्रमा समर्पित भई सफलसमेत बनेको जोडीलाई हरेक वर्ष तीज कार्यक्रमको आयोजना गरी सम्मान गर्दै आएको आयोजक संस्था ललित ब्युटिसियन बहुउद्देश्य सहकारी संस्था लिमिटेड र ललित फरिया घरकी अध्यक्ष मीनाकुमारी रिमालले बताइन् । सात वर्षदेखि हरितालिका तीजको अवसरमा लगातार हुँदै आएको उक्त कार्यक्रमफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

जापानमा आँधीले २५ को मृत्यु

दाइजो नल्याएकाे भन्दै भारतमा नेपाली युवतीको हत्या

अन्तर्राष्ट्रिय झापाली समाज’को अध्यक्षमा छत्र सुब्बा निर्वाचित

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस