Tuesday, July 30th, 2019

 

सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट

परदेशी खबर/काठमाडौं : नेपालमा सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट आएको छ। आर्थिक वर्ष २०७५/७६ को ११ महिनामा यस मुलुकबाट एक खर्ब ८१ अर्ब ४७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। डाइभर्सिटी भिसा (डीभी) का साथै विद्यार्थी भिसामा अमेरिका जाने क्रम बढ्दै गएपछि त्यसको प्रभाव रेमिट्यान्समा परेको हो।  नेपालमा भूकम्पपछि सन् २०१५ को जुनयता अमेरिकाले नेपालीका लागि टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) दिएका कारण उक्त अवधिमा प्रवेशाज्ञा समाप्त भएका नेपालीले बढी समय बस्ने अनुमति पाएका छन्। यो सुविधा अन्तर्गत उनीहरूले सन् २०२० को मार्च २० सम्म अमेरिकामा काम गर्न पाउँछन्। राष्ट्र बैंककोे गत आवकोफुर्सदमा


गुणस्तरहीन औषधि ‘ग्लाइकोमेट’ धमाधम बिक्री

काठमाडौं, १४ साउन। नेपाली औषधि बजारमा गुणस्तरहीन औषधि ‘ग्लाइकोमेट’ धमाधम बिक्री भइरहेको छ । यूएसभी लिमिटेड इन्डियाले उत्पादन गरेको सो औषधि प्याकेटमै फुट्ने समस्यासमेत देखिएको छ । राजधानी दैनिकले खबर छापेकाे छ । यो औषधिको जेनेरिक नाम मेटफरमिन हाइड्रोक्लोराइड हो । यो औषधि मधुमेहका लागि प्रयोग हुने गर्छ । औषधि व्यवस्था विभागका महानिर्देशक पानबहादुर क्षेत्रीले सो औषधिको विषयमा आफूहरुले अध्ययन गरिरहेको बताए । ‘अध्ययनका क्रममा त्रुटि देखिए फिर्ता गर्न निर्देशन दिन्छौं,’ उनले भने ।


सीटीईभीटीका कार्यक्रम भद्रगोल

काठमाडौं, १४ साउन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सीटीईभीटी) अन्तर्गतका कार्यक्रम भद्रगोल बनेका छन् । राजधानी दैनिकले समाचार छापेकाे छ । परिषद्लाई विभिन्न कार्यक्रम सञ्चालन गर्न र प्रशासनिक खर्चका लागि वार्षिक अर्वाैं बजेट विनियोजन गरिए पनि उपलब्धि भने अत्यन्तै न्यून रहेको प्राविधिक शिक्षाका विज्ञ बताउँछन् । परिषद्ले प्रभावकारी योजना र कार्यक्रम पारदर्शी रूपमा सञ्चालन गर्न नसक्दा प्राविधिक शिक्षा अन्योलपूर्ण अवस्थामा गुज्रिरहेको विज्ञको भनाइ छ । परिषद्का लागि गत वर्ष २०७५/७६ मा ५ अर्ब ४८ करोड, ३२ लाख रुपैयाँ विनियोजन भएकोमा त्यसको उपलब्धि निराशाजनक देखिएको हो । उपलब्धि निराशाजनक देखिएसँगैफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

जापानमा आँधीले २५ को मृत्यु

दाइजो नल्याएकाे भन्दै भारतमा नेपाली युवतीको हत्या

अन्तर्राष्ट्रिय झापाली समाज’को अध्यक्षमा छत्र सुब्बा निर्वाचित

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस