Wednesday, July 17th, 2019

 

साउदीमा एक नेपालीको मृत्यु

परदेशी खबर- बैदेशिक रोजगारीको सिलसिलामा आजभन्दा १५ बर्ष पहिले साउदी पुगेका सिराहा जिल्ला मिर्चैयाका राजकुमार कापरको मृत्यु भएको छ । गत १४ जुलाई २०१९ का दिन हृदयघातका कारण मृत्यु भएको हो । मृतक राजकुमार साउदीको पूर्वी प्रान्त अलखोबरको अलराखामा रहेको नासिर हज्जा अल सुवेइ एण्ड ब्रदर्स नामक कम्पनीमा सहायक ल्याब टेक्निसियनका रुपमा कार्यरत थियो । सो कम्पनीमा कार्यरत गौतम कापरका अनुसार दिउँसोको खाना खादै गर्दा एकासी ढलेपश्चात अस्पताल लगेको थियो । अस्पतालको ईमेर्जेन्सीमा पुर्‍याएको केहीबेरमै डक्टरले मृत्यु घोषणा गरिएको उनको साथी अजित यादवले बताए । मृतकको दुई छोरा, दुई छोरी रफुर्सदमा


एनआरएनए हङकङको अधिवेशनको लागि अध्यक्ष पदमा निरन्जन गुरुङको उम्मेदवारी

जुलाई १७,हङकङl एनआरएनए हङकङको सातौं अधिवेशनको लागि अध्यक्ष पदमा निरन्जन गुरुङले उम्मेदवारी दिएका छन् l एनआरएनए सबैको माझमा अबको नेतृत्व युवाको काँधमा’ भन्ने नारा लिएर चुनावी मैदानमा उत्रिएका गुरुङ आफूलाई हङकङमा रहनुहुने सम्पूर्ण आमा बुवा, दाजुभाइ दिदीबहिनी तथा सम्पूर्ण युवाहरुको साथ रहेको बताएका छ । गैर आवासीय नेपाली संघ (एन आर एन) हङकङका वरिष्ठ उपाध्यक्ष निरन्जन गुरुङले इन्डिया क्लबमा जुलाई २८ मा हुने नेपाली संघ हङकङको सातौं अधिवेशनका लागि उनले उम्मेदवारी दिएका हुन् । हाल उपाध्यक्ष गुरुङ हङकङमा रहेर आफ्नो व्यापार र व्यावसाय गर्नुको साथै, सन् २००५ देखि २०१९ सम्मफुर्सदमा


लालीगुराँस परिवार कुवेतको बार्षिक उत्सव तथा अधिवेशन २३ अगष्टमा हुने

नैनकला राई/ जुलाई १७ कुवेत l  लालीगुराँस संस्कृतिक परिवार कुवेतको ९ औं बार्षिक उत्सव तथा चौंथौं अधिवेशन आगामी २३ अगष्टमा हुने भएको छ l “कला र संस्कृति हाम्रो परम्परा “ भन्ने मुल नारा लिएर २०१० मा स्थापना भएको कुवेतको नेपाली समाजमा पुरानो र आफ्नो अलग पहिचान बनाउन सफल लालीगुराँस सांस्पकृतिक परिवार नेपाल कुवेतले यस पटक भने आफ्नो बार्षिक उत्सव तथा अधिवेशन पृथक ढंगले गर्ने सांस्कृतिक परिवार कुवेतका अध्यक्ष माधव पौडेलले परदेशी खबरलाई जानकारी दिएका छन्l उक्त दिनको कार्यक्रममा कृष्णजन्म अष्टमीको पुजा साथै रोपाइँ जात्राको प्रस्तुति गर्दै ९ औं बार्षिक उत्सवफुर्सदमा


तीन दिनमा ७६ अर्ब भुक्तानी : ४६ हजार चेक काटिए, मध्यरातसम्म बैंक खुला

काठमाडौं : सरकारले आर्थिक वर्षको अन्तिम तीन दिनमा ७६ अर्ब २१ करोड रुपैयाँ भुक्तानी गरेको छ। महालेखा नियन्त्रक कार्यालयले मंगलबार साँझ ७ बजेसम्म उपलब्ध गराएको तथ्यांकअनुसार आइतबारदेखि तीन दिनमा ४६ हजार वटा चेक काटिएका छन्। खर्च गर्ने निकायले पठाएको भुक्तानी आदेशका आधारमा रकम भुक्तानी गर्ने कोष तथा लेखा नियन्त्रक कार्यालयले देशभरबाट सोमबार राति १२ बजेसम्म प्राप्त भुक्तानी आदेशको चेक काट्ने जनाएको छ। एक आर्थिक वर्षमा सिर्जना भएको भुक्तानी दायित्व अर्को आर्थिक वर्षमा सार्दा सरकारले हर्जाना तिर्नुपर्ने भएकाले आर्थिक वर्षको अन्तिममा चेक काट्ने चाप परेको हो।  यस आर्थिक वर्षदेखि सरकारका भुक्तानीमाफुर्सदमा


आजदेखि इन्टरनेटको मूल्य १३ प्रतिशत बढ्ने

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले आज (बुधबार) देखि इन्टरनेटको १३ प्रतिशत मूल्य बृद्धि गर्ने भएका छन्। इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आइस्पान) नेपालको निर्णयमा सबै सेवा प्रदायकले उपभोक्ताबाट १३ प्रतिशत दूरसञ्चार शुल्क उठाउन सुरु गर्ने अध्यक्ष भोजराज भट्टले जानकारी दिए। भट्टका अनुसार आइतबार बसेको आइस्पानको बैठकले सरकारले थपेको १३ प्रतिशत शुल्क उपभोक्ताबाट उठाउँने निर्णय गरेको हो। सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भने इन्टरनेटको शुल्क बढाए सेवा प्रदायकहरुका लागि दुर्भाग्य हुने चेतावनी दिएका छन्। यो समाचार आजको कान्तिपुर दैनिकमा छ।


पछिल्ला सम्प्रेसणहरु

कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस