Friday, July 12th, 2019

 

अविरल वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी भक्तपुरको बस्तीमा पस्न थाल्यो

रासस असार २७, काठकाडौँl अविरल वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान सुरु भएको छ। बिहिबारदेखि नै परेको अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढी खोलाभन्दा माथि आएपछि बस्तीमा पानी पस्न थालेको हो। हनुमन्तेमा बाढी उर्लिएपछि जिल्ला प्रशासन कार्यालयले हनुमन्ते नदी आसपासका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ भने नदी किनारामा बसेका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी नारायण भट्टले हनुमन्तेमा बाढी बढेकाले नदी आसपासका बासिन्दालई उच्च सतर्कतामा रहन आग्रह गरेको बताए। मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रजिअ भट्टका साथै नेपाली सेना,फुर्सदमा


सिन्धुलीमा वीपी र मध्य पहाडी राजमार्ग अवरुद्ध: खुलाउने प्रयास जारी, खुर्कोट मन्थली सडक पनि अवरुद्ध

२७ असार, सिन्धुली l तीन दिनदेखि लगातार परेको वर्षाका कारण सिन्धुलीको वीपी राजमार्ग र मध्य पहाडी लोकमार्ग अवरुद्ध भएका छन्। पानीसँगै पहिरो आउन थालेपछि वीपी राजमार्गको नेपालथोक सिन्धुली खण्ड र मध्ये पहाडी लोकमार्गको खुर्कोट घुर्मी खण्डको ठाउँठाउमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। विपी राजमार्गअन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ स्थित सोलाभन्ञ्याङ्ग-खनियाखर्क खण्डको चार बढी स्थानमा पहिरो गएको छ। गोलन्जोर गाउँपालिकाको बजेटमा सोलान्ञ्याङ्गबाट वीपी राजमार्गमाथि जंगलमा साइकल जोनका नाममा जंगलमा डोजर चलाएर खनिएको पहाड बग्न थालेपछि सडक नै अवरुद्ध भएको खबर आजको अन्नपुर्ण पोष्टमा प्रकाशित छफुर्सदमा


नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोको कारण यातायात सञ्चालनमा समस्या 

असार २७, काठमाडौं। नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो झरेका कारण यातायात सञ्चालनमा समस्या भएको छ । सडकमा पहिरो झरेपछि अहिले सो खण्डमा मुस्किलले एकतर्फी मात्रै गाडी चलिरहेका छन् । बिहीबार राति भएको वर्षाका कारण पहिरो खसेपछि सडक एकतर्फी मात्रै सञ्चालनमा आएको हो । यो सडक खण्डको सत्र किलोमा बिहीबार राति १० बजेतिर पहिरो खसेकाले एकतर्फी रुपमा मात्रै गाडी चलेको र ठूलो पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको खबर आजको नयाँ पेज डटकममा प्रकाशित भएको छl एकतर्फी रुपमा आलोपालो गरी मात्रै गाडी चलेकाले लामो जाम भएको पनि प्रहरीले जनाएको छफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस