Tuesday, July 9th, 2019

 

चिकित्सा शिक्षा आयोगमा विवादित डा. नीलमणी उपाध्यायसहित ६ जनाको आवेदन

काठमाडौं, २४ असार । चिकित्सा शिक्षा जाँचबुझ आयोगले दोषि ठहर गरेका डा. नीलमणि उपाध्यायसहित ६ जनाले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन दिएका छन् । कान्तिपुर दैनिकले खबर छापेकाे छ । सिफारिस समितिका अनुसार उपाध्याय सहित डा. श्रीकृष्ण गिरी, डा. प्रमोद साह, डा. पारस पोखरेल, डा. रमेश सिंह र नीलाम्बर झाले आवेदन दिएका हुन् । गिरि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्व रेक्टर हुन् । आयोगको उपाध्यक्ष सिफारिशका लागि गठित समितिले चिकित्सा शिक्षामा स्वार्थको टकराव नभएका र ख्याती प्राप्त गरेको भनि सिद्ध काजजातसहित १५ दिन अघि दरखास्त आव्हान गरेको थियो ।फुर्सदमा


त्रिविमा गोल्ड मेडल बेचुवाहरूलाई कारबाही गर्न मुद्दा दर्ता

काठमाडौं, २४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोल्ड मेडलका लागि परीक्षा परिणाम फेरबदल गर्ने तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ । राजधानी दैनिकले समाचार छापेकाे छ । परीक्षाको प्राप्तांक फेरबदल गरेको अभियोगमा त्रिवि परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखामा कार्यरत शाखा अधिकृत रामबहादुर कर्माचार्य, भक्तपुर बहुमुखी क्याम्पस दूधपाटीका शिक्षक सुरेन्द्रप्रसाद कोइराला र केदार भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ । अख्तियारले छानबिनमा गर्दा भक्तपुर बहुमुखी क्याम्पस दूधपाटी भक्तपुरमा शिक्षण सहायक (आंशिक) पदमा कार्यरत शिक्षक सुरेन्द्रप्रसाद कोइरालाले परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखामा कार्यरत रामबहादुर कर्माचार्यलाई १ लाखफुर्सदमा


अमेरिकी सुरक्षा संवेदनशील संस्थामा विज्ञ बनिन् नेपाली महिला

काठमाडौं, २४ असार । महिलालाई अशक्त र अवला देख्ने पितृप्रधान समाजले प्राविधिक क्षेत्रमा महिलाको कुन स्तरसम्मको सफलता अपेक्ष गर्ला ? यस प्रकारको सफलतामा एक नेपाली महिलाले विकसित मुलुकका पुरुषहरुलाई समेत पछाडि पारेकी छन् भन्दा कतिलाई पत्यार लाग्ला ? नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ । डा. गुञ्जना शर्मालाई भेटेपछि सबैले यस सत्यलाई स्वीकार गर्नैपर्छ । किनभने उहाँ विश्वको महाशक्ति राष्ट्र अमेरिकाको अत्यन्त सुरक्षा संवेदनशील मानिएको ह्यूज रिसर्च ल्यावोरेटोरिज (एचआरएल)मा इन्जिनियरिङ विज्ञका रुपमा कार्यरत हुनुहुन्छ । शर्मा आवद्ध ल्यावले तयार गर्ने न्यानो टेक्नोलोजी र सफ्टवेयर अमेरिकी रक्षा विभाग (डार्पा), अमेरिकीफुर्सदमा


चालीस अर्ब ठेक्का सेटिङ गर्दै मन्त्री र डीजी, एउटै प्याकेजबाट दुई अर्ब हात पार्ने दाउ

काठमाडौं, २४ असार । भौतिक पूर्वाधार तथा योजना मन्त्रालय, सडक विभागअन्तर्गतको हुलाकी राजमार्ग निर्देशनालयले ४० अर्ब रुपैयाँको ठेक्का सम्बन्धी म्याद थपको तीनवटा ठेक्काको एउटै प्याकेजमा राखेर सूचना जारी गरेपछि यसभित्रको रहस्य, चलखेल, मिलेमतो र सेटिङको खुलासा भएको छ । साँघु साप्ताहिकले समाचार छापेकाे छ । समाचार स्रोतको भनाइमा नेपाल समाचारपत्रको २०७६ असार ४ गतेको अंकमा ठेक्का बोलपत्रको म्याद थप सम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित भएसँगै सेटिङको तथ्य पनि खुलेको हो । सो सूचनामा सूचना नं. ०१– २०७५/०७६, मिति २०७६।०१।१६, सूचना नं. ०२–२०७५/०७६ मिति २०७६।०१।१७ र सूचना नं. ०३/२०७५/०७६ मिति २०७६।०१।२५फुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

काभ्रेमा बस दुर्घट्ना, २५ घाइते, तीनको अवस्था गम्भीर (घाइते विवरण सहित)

सीमा सुरक्षा थप मजबुत बनाइँदै

दाङका जबिन्द्रको कुवेत आएको डेढ महिनामै निधन

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस