Sunday, June 9th, 2019

 

सन्जिब र मनु अभिनित समिर आचार्यको “असार लाग्दो जेठ” बजारमा (भिडियो सहित)

  जेठ २५, काठमाडौं। बिन्दा फिल्मसको प्रस्तुतिमा समिर आचार्यको “असार लाग्दो जेठ” बोलको निकै मीठो लोक दोहोरी गीत हालै मात्र बजारमा आएको छ। उक्त गीतमा गायक समिर आचार्य र गायिका कमला तामाङको आवाज रहेको छ भने महेश नेपालको शब्दमा गायक आचार्यले नै म्युजिक भरेका छन। चर्चित निर्देशक बिक्रम चौहानद्वारा निर्देशित सो गीतको म्युजिक भिडियोमा मोडल सन्जिब ठकुरी र मोडल मनु थापाले अभिनय गरेका छन भने दुर्लभ श्रेष्ठको छयाकन तथा सम्पादनमा मोडल ठकुरीकै अफिसियल युट्ब च्यानल मार्फत बजारमा ल्याईएको हो। हेर्नुहोस उक्त गीतको पूरा भिडियो  


तामाङ समाज युएईले तेस्रो प्रस्तुति एसएमएस धमाका ३- २०१९ कार्यक्रम गर्दे

मान सिङ गुरुङ (मानु कोन्मे)/ जुन ९, युएई। तामाङ समाज युएईले आउदो २०१९ जुलाई ०५ तारीख शुक्रबार दिनको ठिक २ बजे देखि युएईको राजधानी आबुधाबीको मलायली समाज हल मुसाफामा सांगीतिक मनोरञ्जनका साथ सामाजिक कार्यमा योगदान पुग्ने एस एम एस धमाका – ३ सांस्कृतिक सांझ- २०१९ कार्यक्रम गर्ने भएको छ। उक्त कार्यक्रममा अतिथि कलाकारको रुपमा श्रोताहरुले सर्वाधिक रुचाएका गायक सुरेश लामाको सहभागिता हुने भएको छ भने कार्यक्रममा युएई प्रवासमा रहेका स्थानीय चर्चित ख्यातिप्राप्त कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने भएको छ। अतिथि कलाकार गायक सुरेश लामाको बिशेष प्रस्तुति रहने कार्यक्रम संयोजक तथाफुर्सदमा


युएईमा किरातीहरुको चाड उभौली साकेला – ५०७९ भव्यताका साथ सम्पन्न

मान सिङ गुरुङ (मानु कोन्मे)/जुन ९, युएई ।किरातीहरुको महान चाड उभौली साकेला (येलेदोङ ५०७९) साकेला पार्क आबुधाबी स्थित मुसफा पार्क युएईमा भव्यता साथ सम्पन्न भएको छ। उक्त कर्यक्रम किरात राई यायोक्खा शाखा युएई, किराया क्षेकास अबुधावी, किराया क्षेकास अलऐन र सुनुवार सेवा समाज शाखा युएईले संयुक्त रुपमा आयोजना गरेको थियो । कार्यक्रम किरात राई यायोक्खा शाखा युएईकी अध्यक्ष श्रीमती चन्द्रकला सामपाङको सभापतित्वमा समापन भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा संस्थाका सल्लाहकार संस्थापक अध्यक्ष एबम् संरक्षक कटक राई ,विशेष अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईका महासचिव सनिल घिसिङ, किराया शाखाफुर्सदमा


जेद्धामा किरात राई यायोक्खा क्षेत्रीय समिति गठन, पहिलो पटक साकेला उभौली मनाइयो

जुन ९, जेद्दा, साउदी अरब। गत जुन ७ तारिख शुक्रवारका दिन नेपालका आदिवासी किरात राई समुदायको आधिकारिक जातिय संस्था किरात राई यायोक्खा (किराया) को क्षेत्रीय कार्यसमिति जेद्धा गठन भएको छ। नेपाल आदिवासी जनजाती महासंघ राष्ट्रिय समन्वय समिति साउदी अरबका उपाध्यक्ष बाल कुमार राइको संयोजकत्वमा गठित उभौली साकेला कार्यक्रम तथा किराया क्षेत्रीय समिति जेद्धा गठन आयोजक समितिद्वारा किरात राईहरुको महान राष्ट्रिय चाड साकेला उभौली (यले दोङ ५०७९) को अवसरमा आयोजित विशेष कार्यक्रमका विच मनोज राईको अध्यक्षतामा किराया यायोक्खा क्षेत्रीय समिति जेद्धाको गठन भएको हो। आधिकारिक रुपमा उभौली चाड मे १८ तारिखमाफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

आदिवासी जनजाति प्रथम अन्तर्राष्ट्रिय सम्मेलन शुरू

स्थानीय तहका पदाधिकारीलाई दिइने सेवा सुविधासम्बन्धी कानुन बदर

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस