Saturday, June 1st, 2019

 

कुवेतका ३ किराती संस्थाको संयुक्त आयोजनामा ७ जुनमा मनाउने साकेला उभौली कार्यक्रमको सम्पूर्ण तयारी पुरा

नैनकला राई/ जुन १, कुवेत l कुवेतका तिन किराती संस्था किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा मनाउन गइ रहेको शुभकामना आदानप्रदानका साथ साकेला उभौली चाड कार्यक्रमका सम्पूर्ण तयारी पुरा भएको कार्यक्रमका संयोजक तथा किरात राई यायोक्खाका अध्यक्ष मन्जित चाम्लिङ राइले परदेशी खबरलाई जानकारी दिएका छन् l “भाषा, संस्कार र संस्कृतिको संरक्षण! किरातिहरुको साझा अभियान!!” भन्ने मुल नाराका साथ यी तीन किराती संस्थाहरुले किरातीहरुको चाड संयुक्तरुपमा आयोजना गरिएको कार्यक्रममा स्थानिय कलाकारहरुको साथमा बिभिन्न संस्कृतिक झाँकीका साथ धुमधामले साकेला चाड मनाउने गरि तयारिमा जुटेकोफुर्सदमा


आउदो सेप्टेम्बर २० मा रबि ओड र चक्र बमले कुवेतमा धमाका मच्चाउने

नैनकला राई / जुन १, कुवेत। सुदुरपश्चिमेली नेपाली समाज कुवेतले आफ्नो दोस्रो वार्षिक उत्सव तथा अधिवेशनको अवसरमा आउदो २० सेप्टेम्बर २०१९ शुक्रबारको दिन कुवेत स्थित ब्वाइज स्काउट एसोसिएसन हल, हवालीमा नेपाल आईडल २ का विजेता रबी ओड र पप् गायक तथा मोडल चक्र बमको साथ् बृहत सांगीतिक धमाका २०१९ कार्यक्रमको आयोजना गर्ने भएको छ। ‘सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली’ भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्थाले विभिन्न सामाजिक कार्यमा क्रियाशील रहदै आएको र यस २० सेप्टेम्बर २०१९ मा हुने भनिएको यो बृहत साँस्कृतिक कार्यक्रमबाट भएको आम्दानीलाई सुदुरपश्चिमेली नेपाली समाज कुवेतले सामाजिक सेवाकाफुर्सदमा


नेपाल आइडल बुद्ध लामा र गायिका सरस्वती लामा अाउदो जुलाई १९ मा कुवेत आउने

परदेशी खबर/ जुन १, कुवेत। नुवाकोट धादिङ रसुवा समाज कुवेतले जुलाई १९ तारिख शुक्रबार दिन अतिथि कलाकारहरु नेपालाको पहिलो आइडल बुद्ध लामा र लोकपप गायिका सरस्वती लामाको साथमा आफ्नो प्रथम बार्षिक उत्सब साथमा मनाउने भएको छ। उक्त कार्यक्रम कुवेत स्थित ईण्डियन सेन्टरल स्कुल, जिलिपमा अतिथि कलाकारको साथमा स्थानिया कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने कार्यक्रम संयोजक धर्म तमाङले जानकारी दिएको छन्। रोजगारीका शिलसिलामा कुवेतमा कार्यरत नुवाकोट,धादिङ, रसुवाका दिदीबहिनी दाजुभाईहरुलाई एकीकृत गर्दै “आपसी एकता हाम्रो उदेश्य, समृद्धि समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको नुवाकोट धादिङफुर्सदमा


भर्जिनिया बीच सिटीमा गोलीकाण्डमा ११ जनाको मृत्यु

संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित एउटा सरकारी भवनमा भएको गोलीकाण्डमा ११ जना मारिएका छन्। घटनामा अन्य छ जना घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सन्दिग्ध व्यक्ति भर्जिनिया बीच सिटीका कर्मचारी हुन् र उनले सरकारी भवनमा ‘अन्धाधुन्ध’ गोली चलाउन थालेका थिए। गोलीकाण्डको जवाफी कारबाहीमा आक्रमणकारी पनि मारिएको प्रहरीले जनाएको छ। सन्दिग्ध व्यक्तिको पहिचान खुलाइसकिएको छैन। घटनामा एकजना प्रहरी पनि घाइते भएका छन्।साभार: बिबिसी नेपाली


जनसम्पर्क समिति कुवेतले जुन २८ मा राष्ट्रिय जागरण अभियान गर्दै

तेश्रो अधिवेशन १६ अगस्टमा परदेशी खबर/जुन १, कुवेत। नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेत शाखाले राष्ट्रिय जागरण अभियान धुमधामका साथ मनाउने भएको छ। कुवेतको जिलिबमा शुक्रबार सभापति कल्याण कुमार श्रेष्ठको सभापतित्वमा बसेको नियमित बैठकले सो निर्णय गरेको बताइएको छ। नेपाली कांग्रेसको केन्द्रिय कार्यालयको निर्देशन अनुसार यहि जुन २८ तारीख शुक्रबारका दिन नेपाली जनसम्पर्क समिति कुवेत शाखाले राष्ट्रिय जागरण अभियान धुमधामका साथ मनाउने निर्णय गरेको समितिका महामन्त्री कृष्ण बहादुर तामाङले जानकारी दिए। साथै सो बैठकमा नेपाली जनसम्पर्क समिति कुवेतले अाउदो अगस्त १६ तारिख शुक्रबारका दिन नेपालबाट प्रमुख अतिथिकोफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

विश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइदै

नवीन बाबु गुरुङको निर्देशनमा बनेको सोल्मारी म्युजिक भिडियो बजारमा सार्वजनिक

मलेसियाले भन्यो-मेडिकल खर्च रोजगारदाताले तिर्छन्

बिजनेष

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस