Saturday, April 6th, 2019

 

जन-जागृति युवा समाज कुवेत द्वारा नेपाली नयाँ वर्ष २०७६ को भित्तेपात्रो सार्वजनिक

परदेशी खबर/अप्रिल ६, कुवेत l हरेक वर्ष झैँ  यस वर्ष पनि जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २७६ को भित्ते पात्रो सार्वजनिक तथा नि;शुल्क वितरण गरेको छ l हिजो अप्रिल ५ तारिक कुवेत स्थित फर्वानिया पार्कमा संस्थाका अध्यक्ष टिकाराम आचार्यको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि पूर्व NRNA अध्यक्ष एवं समाजसेवी व्यक्तित्व राजेन्द्र तामाङ लगाएत कुवेतका क्रियासिल संघ संस्थामा आवद्ध बरिष्ट व्यक्तित्व एवं प्रतिनिधिहरु , पत्रकार ,कलाकार साथै खेलाडीहरुको उपस्थितिमा जन-जागृति वार्षिक कार्यविधि अनुसार नेपाली  तिथि-मिति र चाडपर्व अंकित २०७६ को भित्ते पात्रो सार्वजनिक तथा नि:शुल्क वितरण गरिएको थियोफुर्सदमा


“दर्शन सांगीतिक धमाका 2019″ का लागि नायक पल शाह कुवेत आउदै

अप्रिल ५, परदेशी खबर l दर्शन ठकुरि समाज कुवेतले आफ्नो पाँचौं वार्षिक उत्सवको अवसरमा रमजानको छुट्टिमा पारी आउदो जून ७ तारिक २०१९ मा जिलिव स्थिल इन्डीयन सेंट्रल स्कूलको सभाहलमा “ दर्शन सांगीतिक धमाका 2019″ आयोजना गर्ने भएको छ । नेपालका चर्चित नायक पल शाह सगै अन्य कलाकारहरुको साथमा आयोजना गरिने उक्त कार्यक्रमको आन्तरिक गृहकार्यमा जुटेको समाजका महासचिव राज मल्लले परदेशी खबरलाई जानकारी दिएका छन् । नायक पल शाह सगै अन्य कलाकार पनि ल्याउने गृहकार्यमा आफुहरु जुटेको बताउदै चाडो भन्दा चाडो टुंगो लगाएर सबैमाझ जानकारी गराउने मल्लले बताएका छन् । सोफुर्सदमा


अझै मेघ गर्जन र चट्याङसहित वर्षा हुन्छ : मौसम पूर्वानुमान महाशाखा

अप्रिल ६ काठमाणडौ ।जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका धेरै स्थानमा अझै मेघगर्जन र चट्याङसहित वर्षा हुने प्रक्षेपण गरेको छ । काठमाडौंसहित मुलुकका धेरै भागमा बिहानैदेखि हावाहुरी र चट्याङसहितको वर्षा जारी छ । महाशाखाले शनिबार विशेष बुलेटिन सार्वजनिक गर्दै मुलुकको पूर्वी र मध्यका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली तथा पश्चिम भू-भागहरुमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेकाले सचेत हुन भनेको छ । ‘मध्य तथा पश्चिमको केही भूभागमा विकसित मौसमी प्रणालीका कारण उपत्यकालगायत देशका धेरैजसो स्थानहरुमा मेघ गर्जन तथा चट्टयाङसहित वर्षाले निरन्तरता पाउने देखिएको छ’ महाशाखाले बुलेटिनमा भनेको छ । मौसमविद्हरुका अनुसार केही दिनयताफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस