Tuesday, November 20th, 2018

 

सुन्दर पोखराः ‘हेवन इज मिथ नेपाल इज रियल’ (फोटो/भिडियो)

काठमाडौं ४,मङ्सिर |नेपालको प्राकृतिक सुन्दरतालाई विश्वसामु पुर्याउन नेपाल एट्थ वोन्डरको टिमले पर्यटन बोर्डसँगको सहकार्यमा पोखराका विभिन्न पर्यटकीय गन्तव्यहरुको डकुमेन्ट्री निर्माण सुरु गरेको छ। सो टिमले ‘हेवन इज मिथ नेपाल इज रियल’ नामको भिडियो श्रृंखलाअन्तरगत पोखरा, घान्द्रुक र ल्वाङ गरी तीन ठाउँ समेटिएको दोस्रो एपिसोड सार्वजनिक गरिएको छ। भिडियोमा प्राकृतिक रमणियतासँगै सांस्कृतिक विविधताले समेत यी स्थानलाई चिनाएका छन्। प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालले श्रव्यदृष्य सामग्रीको अभावमा पर्याप्त संख्यामा विदेशी पर्यटकहरुलाई आकर्षित गर्न नसकिरहेको सन्दर्भमा यि सामाग्री पर्यटक आकर्षित गर्न निकै महत्वपुर्ण हुने विश्वास गरिएको छ। प्रकाशित ४ मंसि


अमेरिकाको एक अस्पतालमा गोलीबारी हुँदा चिकित्सकसहित ४ को मृत्यु

काठमाडौं ४,मङ्सिर | अमेरिकाको सिकागो राज्यस्थित ‘सिकागो मर्सी अस्पताल’मा एक बन्दुकधारीले गोली चलाउँदा ४ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा डाक्टर, फार्मासुटिकल सहयोगी, प्रहरी अधिरकारी र बन्दुकधारी आंफै रहेको बताइएको छ । प्रहरीका अनुसार बन्दुकधारी सुरक्षाकर्मीसँगको भिडन्तमा मारिएका हुन् वा आत्महत्या गरेका हुन् भन्ने यकिन भएको छैन । एक प्रहरीको भने उनले बोकेको बन्दुकले गोली रोकेका कारण ज्यान जोगिएको बताइएको छ । बन्दुकधारीले किन गोलीबारी गरे भन्ने खुलेको छैन । प्रहरीले बन्दुकधारीले आफू प्रेम सम्बन्धमा रहेको युवतीलाई लक्षित गरेर गोली चलाएको हुनसक्ने अनुमान गरेपनि त्यो पुष्टि नभइसकेको जानकारी दिएकोफुर्सदमा


पप्पु कन्स्ट्रक्सन कालोसूचीमा, टेण्डर प्रक्रियामा रोक

काठमाडौं ४, मंसिर । सरकारले पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्दै सम्पूर्ण टेण्डर प्रक्रियामा रोक लगाएको छ । ठेक्का सम्झौता अनुसार समयमै काम नसकेको भन्दै कोस्टाल पप्पु जेभीलाई कालोसूचीमा राख्न सिक्टा सिंचाइ आयोजनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो । सिक्टाको सिफारिस अनुसार कार्यालयले पप्पु कन्स्ट्रक्सनलाई कुनै पनि टेण्डर प्रक्रियामा भाग लिन नपाउने गरी रोक लगाइएको हो । पप्पुलाई ठेक्का प्रक्रियामा सहभागी गराउँदा विकासमा बाधा अवरोध सिर्जना हुने र त्यसबाट सर्वसाधारण जनताको जीवनस्तरमा समेत नराम्रो असर पर्ने सम्भावना देखिएको सूचनामा लेखिएको छ । मंगलबार कार्यालयले जारीफुर्सदमा


आफूहरु भुमिगत नभएको भन्दै विप्लवका कार्यकर्ताले गरे बझाङमा प्रदर्शन

बझाङ ४,मङ्सिर |। नेत्रविक्रम चन्द विप्लव नेतृत्वका नेकपाका कार्यकर्ताहरुले सोमबार बझाङ जिल्लामा प्रदर्शन गरेका छन् । नेकपाका झण्डै ३ सय भन्दा बढी कार्यकर्ताहरुले सदरमुकाम चैनपुरमा सरकार विरुद्ध नारबाजी गदै बजार परिक्रमा सहीत प्रदर्शन गरेका हुन् । नेकपा समर्थक उच्च स्तरीय नेताहरु र जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरु भुमिगत भएको भन्दै सरकारी तहबाट आफुहरुलाई आरोप लगाएको र आफुहरु भुमिगत नभई जनताको माझमा र विच सडकमा भएको भन्दै आफुहरुले जनप्रदर्शन गरेको नेकपाका जिल्ला कमीटी सदस्य जोग बहादुर कठायत (विश्वास) ले बताए । खुल्ला मञ्च बाट सुरु गरिएको उक्त जनप्रदर्शन बजार परिक्रममा पश्चातफुर्सदमा


माथिल्लो तामाकोसीको कार्यप्रगतिमा ऊर्जामन्त्रीको चासो

काठमाडौं ४,मङ्सिर । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको कार्य प्रगतिबारे ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले चासो व्यक्त गरेका हुन् । आयोजनाको कुल भौतिक प्रगति ९७ प्रतिशत भए पनि विद्युत् उत्पादन हुने समय पर धकेलिएको र लागतसमेत बढ्दै गएका कारण मन्त्री पुनले चासो व्यक्त गरेका हुन् । आयोजनाको काम पछिल्ला दिनमा प्रभावकारी नभएको भन्दै मन्त्री पुनले समस्या समाधान गरी छिटोभन्दा छिटो विद्युत् उत्पादन सुरु हुने वातावरण तयार पार्नसमेत नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठलाई निर्देशन दिएका छन् । सुरुमा आयोजनाको लागत ३५ अर्ब रहेको भएफुर्सदमा


पहिलो यौन सम्पर्कमा युवतीले चाहाने दश कुरा

काठमाडौं ४.मङ्सिर । एक अध्ययनअनुसार स्त्रीले आफ्नो जीवनमा फरक–फरक खालको यौन अनुभव गर्न चाहान्छन् । उनीहरु यौनका विषयमा धेरै नै अनौंठा कुराहरु सोच्ने गरेको पनि अध्ययनको निष्कर्ष छ । जस्तैः चरम सन्तुष्टि, आसन, यौनिक अभ्यासलगायत थुप्रै कुराबारे युवतीहरु जिज्ञासु हुन्छन् । युवतीहरुले यौनका विषयमा बनाउने केही मनोविज्ञानबारे एक अध्ययनको निष्कर्ष यस्तो छः १. सुहाग रातः पहिलो यौन सम्बन्धबारे उनीहरु सधै सोचिरहन्छन् । आफूले मन पराएको पुरुषसँग वा भनौं कल्पनाको राजकुमारसँग सुहागरातको परिकल्पना हरेकजसो स्त्रीहरुले गरेका हुन्छन् । २. निर्वस्त्रः महिलाहरु पुरुषको अगाडी कपडा खोलेर उत्ताउलो बन्न मन पराउँदैनन् । तर,फुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

एनआरएनए कतारको अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान भारी मतले विजयी

कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस