Friday, September 21st, 2018

 

नेफेसो कुवेतको प्रथम अधिवेशन सह-अध्यक्ष राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न

  परदेशी खबर / सेप्टेम्बर २१,कुवेत| सङ्घीय समाजवादी फोरम नेपालको प्रवास भातृसंगठन नेपाली सङ्घीय समाज(नेफेसो) कुवेतको प्रथम ऐतिहासिक अधिवेशन फोरमका सह-अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ |  कुवेतको फार्वानिया स्थित अल आइतम रेस्टुरेन्ट भएको अधिवेशन नेफेसो कुवेतका अध्यक्ष प्रकाश चामलिंग राइको सभापतित्वमा प्रमुख अतिथि श्रेष्ठ तथा विशेष अतिथि कुवेतका लागि नेपाली राजदुत यज्ञबहादुर हमाल सहित कुवेतका विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि राजनीतिक दलका भातृसंगठन प्रतिनिधि, पत्रकार,कलाकार बुद्धिजीवी, समाजसेवी लगायतको कुवेतमा रहेका श्रमजीवि नेपालीको बाहुल्य उपस्तिथी रहेको थियो |  कार्यक्रम विशेष सम्बोधन गर्दै प्रमुखफुर्सदमा


साउदी अरबमा ‘एक्जिक्ट पर्मिट’ को रकममा तीन गुणा वृद्धि

काठमाडौं ५,असोज | साउदी अरबको सरकारले गरेको पछिल्लो निर्णयले वैदेशिक रोजगारीका लागि त्यहाँ जाने नेपाली समस्यामा पर्ने भएका छन्। साउदी सरकारले केही दिन अघि वैदेशिक रोजगारीका लागि आउने कामदारको करार अवधि सकिएपछि बस्न पाउने अधिकार (एक्जिट प्रमिट) पत्र रिन्यु गर्ने रकममा तीन गुणाले वृद्धि गरेको छ। यसअघि थप समय बस्नका लागि २ हजार ३ सय रियाल अर्थात् करिब ७२ हजार ४ सय ५० रुपैयाँ तिरेर पत्र लिनुपर्ने व्यवस्था थियो। सरकारले उक्त रकम बढाएर अहिले ७ हजार रियाल अर्थात् लगभग २ लाख २० हजार ५ सय रुपैयाँ तिर्नुपर्ने नियम ल्याएको छ।फुर्सदमा


सहमति तोड्ने यी श्रीमानलाई आइलाग्यो आपत्

काठमाडौं, ५ असोज । राजीनामा नदिई नियमित काममा फर्किएपछि सत्तारूढ नेकपाले सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीविरुद्ध महाअभियोग लगाउन सांसदको हस्ताक्षर संकलन गरेको छ । संसदीय सुनुवाइ विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत जोशी लामो समय बिदामा बसेका थिए। तर केही दिनयता फेरि नियमित काममा फर्किएपछि जोशीविरुद्ध महाअभियोग प्रस्ताव लगाउन सांसदको हस्ताक्षर संकलन गरेको हो । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि सिफारिस गरेका जोशीलाई शैक्षिक प्रमाणपत्र र विवादित फैसलाको कारण देखाउँदै सुनुवाइ समितिले अस्वीकृत गरेको थियो। जोशी अस्वीकृत भएपछि संवैधानिक परिषद्ले ओमप्रकाश मि श्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।फुर्सदमा


कुवेतमा पनि भव्यताका साथ मनायो संविधान दिवस

परदेशी खबर /सेप्टेम्बर २०,कुवेत | नेपाली राजदुतावास कुवेतको आयोजनामा संविधान दिवस २०७५ भव्यताका साथ मनाएको छ | कुवेतको क्राउन प्लाजामा भएको कार्यक्रममा विभिन्न देशका राजदुतावासका प्रतिनिधिहरुको साथमा नेपाली समुदायको बाक्लो उपस्थितिमा संविधान दिवस मनाइएको हो | कुवेतका विदेश राज्य मन्त्रीको प्रमुख आतिथ्यमा भएको सविधान दिवसमा नेपाली राजदुतावास कुवेतका महामहिम यज्ञबहादुर हमाल र प्रमुख अतिथिद्वारा संयुक्त रुपमा नेपाल र कुवेत झण्डा अङ्गकित केक काटेर कार्यक्रमलाई अगाडि बढाउदै नेपालका विभिन्न झाकी र साँस्कृतिक कार्यक्रम गरि भव्यताका साथ मनाएको हो | कार्यक्रममा विविन्न नेपाली परिकार सहित नेपाली सस्कृति झल्किने झाकीहरु पनि प्रस्तुती रहेकोफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस