Saturday, September 8th, 2018

 

आयोजक बंगलादेशलाई हराउदै नेपाल साफ च्याम्पियनसिप सेमी फाइनलमा

काठमाडौं, २३ भदौ । साफ च्याम्पियनसिप अन्तर्गत नेपालले आयोजक बंगलादेशलार्इ २–० गोल अन्तरले पराजित गर्दै  सेमिफाइनल प्रवेश गरेको छ । शनिबार भएको खेलको जितसँगै नेपाल समुह विजेता बन्दै साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबारको खेलको नायक बनेका नेपाल विमल घर्ति मगर र नवयुग श्रेष्ठले एक–एक गोल गरे । खेलको ३३ औं मिनेटमा फ्री किकमार्फत बिमल घर्ती मगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफमा सुनिलको पासमा नवयुगले नेपालका लागि दोस्रो गोल गरेका हुन् । शनिबारकाे जितसंगै नेपाल ६ अंक जोड्दै समुह विजेताको रुपमा सेमिफाईनल प्रवेशफुर्सदमा


जनप्रतिनिधिले कुटे पत्रकार, खोसियाे मोबाइल र डायरी

नवलपुर, २३ भदौ । गैँडाकोट नगरपालिकाका जनप्रतिनिधिले पत्रकार कुटेका छन् । नगरपालिकाको शुक्रबार कार्यपालिकाको बैठकपछि समाचार सङ्कलन गर्न जानुभएका जनअर्पण साप्ताहिकका सहसम्पादक अजय गोर्खालीमाथि कुटपिट भएको छ । गोर्खालीका अनुसार अनुमति लिएर बैठकपछि कक्षमा प्रवेश गरेलगत्तै मोबाइलमा आवाज रेकर्ड गरेको भन्दै जनप्रतिनिधिले कुटेका थिए । उनीहरुले गोर्खालीको मोबाइल र डायरी पनि लगेको उहाँले बताउनुभयो । यसैबीच घटनाको पत्रकार सम्बद्ध सङ्घ सङ्गठनले विरोध जनाएका छन् । नेपाल पत्रकार महासङ्घ, प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार सङ्गठन चितवनले शनिबार विज्ञप्ति जारी गरी घटनाको निन्दा गर्दै दोषीमाथि कडा कारवाहीको मागफुर्सदमा


काभ्रेमा तीजको दर खाँदा ५०–६० जना घाइते

बनेपा, २३ भदौ । काभ्रे जिल्लाको पाचँखाल नगरपालिका–१२ कासकोटमा तीज कार्यक्रममा सहभागी भई दर खाएका ५० भन्दा बढी महिला र बालबालिका बिरामी परेका छन् । शुक्रबार ग्रामीण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा तीज विशेष कार्यक्रममा दर खाएका महिला र बालबालिका ‘फुड प्वाइजन’का कारण बिरामी परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । बिरामीहरुको पाँचखाल मेडिकल, धुलिखेल अस्पताल, बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्काले जानकारी दिएका छन् । बिरामीमध्ये २५ जनाको पाचँखाल मेडिकलमा, १७ जनाको धुलिखेल अस्पतालमा ६ जनको शिरमेमोयिल अस्पताल बनेपामा उपचार भइरहेको छ ।फुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै

बिजनेष

५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस