Friday, March 23rd, 2018

 

एपेक्स घोटाला प्रकरण: बगिरहेको खोला, पोखरी र खोल्सो धितो राखेर ४८ करोड ऋण’

  मार्च २३,   रु. डेढ अर्बभन्दा बढी घोटला भएको आरोपमा अनुसन्धान भइरहेको तत्कालीन एपेक्स डेभलपमेन्ट ब्यांकले बगिरहेको खोला, खोल्सा, पोखरी र पाखो धितो राखेर रु. ४८ करोडभन्दा बढी ऋण प्रवाह गरेको भेटिएको छ । हिमालखबरलाई प्राप्त प्रतिवेदनमा एपेक्सको सञ्चालन र व्यवस्थापन समितिले मिलेमतोमा प्रचलित मूल्यभन्दा धेरै देखाएर यस्तो कमसल जग्गाको धितोमा ऋण प्रवाह गरेको औंल्याइएको छ । एपेक्सले म्याङलुङ हाउजिङ, अरुणिमा हाउजिङ, आरोहण हाउजिङ, अदिती इन्टरप्राइजेज, श्री ओम श्री मल्टीप्रपोज इन्डष्ट्रिज, जि एण्ड जि कफिलाई खोल्साको छेऊको जग्गा धितो राखी रु. ३१ करोड ५७ लाख कर्जा दिएको थियो ।फुर्सदमा


लुम्बिनी समाज कुवेतको पाँचौं वार्षिकोत्सब कार्यक्रममा राजदूत दम्पती अभिनन्दित

  परदेशी खबर /मार्च २३ कुवेत । लुम्बिनी समाज नेपाल -कुवेतले आफ्नो पाँचौ वार्षिकोत्सवलाई २३ मार्च २०१८ शुक्रबारका दिन एक विशेष कार्यक्रमको आयोजना गरी भब्यताका साथ मनाएको छ् । अशोक वस्तिले स्वागत मन्तव्य दिएर सबैलाई स्वागत गरी कार्यक्रमलाई सुरु गरिएको थियो भने समाजका अध्यक्ष रुपेन्द्र हमालको सभापतित्वमा तथा प्रमुख अतिथी कुवेतका लागि नेपाली राजदुत यज्ञबहादुर हमाल,विशेष अतिथी रिता हमाल रहेको थियो । पत्रकार नवराज पन्थीद्वारा कार्यक्रमको सहजीकरण गरेको हो । पानासमा बत्ती बाली पाँचौ वार्षिकोत्सवको केक काटी २०७५ सालको भित्तेपात्रो सार्वजनिक गर्दै कार्यक्रमको उद्घाटन गरी औपाचारीक सुरु गरिएको थियो ।फुर्सदमा


अन्योलमा परेको एन्फा निर्वाचन तोकेकै मितिमा गर्न फिफाको निर्देशन, निर्णय एन्फाको हातमा

मार्च २३ ,काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय समितिको निर्वाचन तोकिएकै मितिमा गर्न अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले निर्देशन दिएको छ। उच्च अदालत पाटनले बिहीबार एन्फा निर्वाचन तत्कालका लागि रोक्न  आदेश दिएको भोलिपल्ट फिफा र एएफसीले पत्र पठाउँदै तोकिएकै मितिमा निर्वाचन गर्न निर्देशन दिएको एन्फा स्रोतले नेपाल लाइभलाई जानकारी दियो। भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीश राजकुमार वनको इजलासले चैत १४ लाई तय भएको एन्फाको निर्वाचन तत्काल रोक्न आदेश दिएको थियो। आफूहरुलाई निर्वाचनबाट वञ्चित गराइएको भन्दै उनीहरुले हालेकोफुर्सदमा


किन प्रदेशमा जान मान्दैनन् कर्मचारी ?

  फाइल तस्बिर मार्च २३,काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले दैनिकजसो कर्मचारीहरुको सातो लिइरहेका छन् । खटाइएको कार्यालयमा नजाने कर्मचारीको जागिर नै खाइदिनेसहितको चेतावनी पण्डितबाट दैनिक आइरहेको छ। तर, उनको यो चेतावनीयुक्त भाषणको प्रभाव संघीय मन्त्रालयहरुका सचिवमाथि परेको छैन । एउटै मन्त्रालयमा सचिव र सहसचिवहरु अड्डा जमाएर बसेका छन्, उनीहरु प्रदेश सरकारमा सचिवको जिम्मेवारी लिन तयार नै छैनन् बरु संघीय मन्त्रालयमै महाशाखा प्रमुख भएर बस्ने योजना बनाइसकेका छन् । निजामती कर्मचारीको सबैभन्दा माथिल्लो तहका कर्मचारीहरुको गठजोड यस्तो छ कि उनीहरुले आफू मातहतका कर्मचारीलाई पनि प्रदेशमा जाने बाटो रोकिदिएकाफुर्सदमा


५० वर्षसम्म बनेन चिसापानी-मंगलसेन द्रुतमार्ग

  चिसापानी-मंगलसेन सडकखण्डअन्तर्गत अछामको तुर्माखाँदस्थित जंगलघाट नजिकको सडक । शिवराज खत्री मार्च २३,धनगढी : अछाम र बाजुरालाई तराईसँग जोड्ने छोटो दूरीको चिसापानी-जंगलघाट-मंगलसेन सडक योजना सुरु भएको पाँच दशक भयो । त्यसका लागि बजेट विनियोजन हुन बन्द भइसकेको छ भने नेताहरूले पनि आफ्नो भाषणमा त्यो बाटोको चर्चा छोडिसकेका छन् । २०२८ सालमा तत्कालीन अछाम जिल्ला पञ्चायतका सभापति हरिप्रसाद भण्डारीले चिसापानी-जंगलघाट-मंगलसेन ट्र्याक्टर सडक भनेर राजा महेन्द्रसँग योजना माग गरेका अन्नपुर्णपोस्टमा समाचार छ ।  । राजाको पालामा सडकको योजना त बन्यो । तर, त्यसले अहिलेसम्म गति लिएको छैन । अछामका लागि अहिले धनगढी-अत्तरिया-डडेल्धुरा हँुदैफुर्सदमा


‘लिभिङ टुगेदर’मा समस्या बढ्दो, अनुसन्धान गर्न प्रमाण अभाव

सुरक्षाकर्मीदेखि, ठेकेदार र कानुन व्यवसायी पनि ‘लिभिङ टुगेदर’मा मार्च २३,काठमाडौं । धादिङ बेंशीबजारकी २९ वर्षीया निशा थापा (नाम परिवर्तन) पछिल्लो एक महिनादेखि काठमाडौंस्थित विभिन्न न्यायिक निकायमा धाइरहेकी छिन् न्याय माग्दै । तर, गतिलो प्रमाण नहुँदा न्याय नै पाइँदैन कि भन्ने चिन्ता छ उनलाई । कारण, उनी एक संस्थामा काम गर्ने हाकिम तहकै कर्मचारीसँग ७ वर्ष सँगै बसिन्, ‘लिभिङ टुगेदर’का रुपमा । ७ वर्षपछि केटाले अर्कै विवाह गर्न खोजे । विवाह गर्छु भनेका उनले निशालाई त्यागेपछि उनको दैनिकी नै न्यायिक निकाय धाउनु भएको छ अहिले । ७ वर्षसम्म सँगै बसेपछि शारीरिकफुर्सदमा


साउदीबाट छोरो फर्काइदिने उधारो सम्झौतामा हस्ताक्षर गरेर फर्किए बिकाउ साह

    मार्च २३,काठमाडौं, धनुषाका बिकाउ साहले सयकडा ३ का दरले ऋण खोजेर आफ्नो छोरा उपेन्द्र साहलाई साउदी पठाएका थिए । ‘छोराले धनुषाको पटेर्वामा रहेको आफ्नो ससुराली गाउँबाट ल्याएको पैसा दलालले खाइदियो । यता ब्याजको हिसाब-किताब शुरु भइसक्यो, तर छोराले साउदीमा खान पाइरहेको छैन,’ निन्याउरो मुख लगाएर वैदेशिक रोजगार विभागको दोस्रो तल्लामा बसिरहेको अवस्थामा बिहीबार भेटिएका उनले सुनाए । जम्मा ३ कठ्ठा मोहियानी जग्गाका धनी बिकाउ धनुषाको गणेशमान सारनाथ नगरपालिका वडा नम्बर ६ मा सानो किराना पसल चलाएर बस्छन् । त्यो ३ कठ्ठा जग्गा पनि आफ्नो बाउको नाममा रहेको मोहियानी जग्गाफुर्सदमा


कुवेत पठाउने भन्दै रामेश्वरको ठगी धन्दा, ५ सय युवासँग साढे दुई करोड उठाए 

  मार्च २३,-  आकर्षक तलब सुविधासहित कुवेत पठाउने भन्दै नेपाली युवासँग २० देखि ६० हजारसम्म असुल्ने एक म्यानपावर व्यवसायीलाई पीडितहरुले बुधबार वैदेशिक रोजगार विभागको कार्यालयमा थुने । करीब डेढ सयको संख्यामा रहेका युवाहरुले विभागको कार्यालय बुद्धनगरमा बजाज ओभरसिजको सञ्चालक बताउने रामेश्वर सिंहलाई थुनेका थिए । पछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर महानगरिय प्रहरी वृत्त वानेश्वर लगिएको छ । रामसिंह, प्रेमसिंह त कहिले रामेश्वर नाम बताउने उनले कुवेतको ग्लोबल एक्सल कम्पनीमा २ सय केडी(करीब ५५ हजार नेपाली रुपैयाँ) तलबसहित काममा पठाउने भन्दै करिब ५ सय नेपाली युवाबाट पैसा असुलेका थिए । उनीमाथिफुर्सदमा


१५ हजार सुरक्षाकर्मी ‘घरेलु कामदार’

0 मार्च २३,काठमाडौं : अझै पनि करिब १५ हजार सुरक्षाकर्मी उच्चपदस्थको घरमा घरेलु काम गर्न विवश रहेको पाइएको छ।हजारौंको संख्यामा सेना र प्रहरी घरेलु कामदारको रूपमा रहेको पाइएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई एक साताभित्र फिर्ता गर्न गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री ईश्वर पोखरेललाई निर्देशन दिएका छन्। प्रधानमन्त्रीको निर्देशनलगत्तै गृह मन्त्रालयले हाकिम तथा भीआईपीको घरमा कामदार बसेका सुरक्षाकर्मीको विवरण खोजी थालेको छ। गृहसचिव मोहनकृष्ण सापकोटाले प्रधानमन्त्रीको निर्देशनलगत्तै कामदार सुरक्षाकर्मी खोजी गर्न सहसचिवको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरिएको जानकारी दिए। सुरक्षामा खट्नुपर्ने सुरक्षाकर्मी हाकिम एवं उच्चपदस्थकहाँ घरेलु कामदारको रूपमा रहँदा राज्यले उनीहरूकाफुर्सदमा


अजम्बर राईले गरे उपेन्द्र यादव र अशोक राईलाई बाईबाई, बाम गठबन्धनमा प्रवेश गर्दै

मार्च २३,काठमाडौँ,  । पाँच बर्ष अघि एमाले छाडेका चर्चित युवा नेता अजम्बर राई काङमाङ पुनः कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने भएका छन् । अशोक राईसँगै एमाले छाडेका राई शुक्रबार प्रचण्डको हातबाट टीका लगाएर माओवादीमा प्रवेश गर्न लागेका हुन् । उनी अहिले संघीय समाजवादी फोरमका केन्द्रीय सचिव हुन् । एमालेको तत्कालिन बैकल्पिक केन्द्रिय सदस्य रहेका राई युथफोर्सका इन्चार्ज समेत थिए । तर, अशोक राईहरुले पार्टी छाडेपछि उनी पनि जातीय राजनीतिमा लागेका थिए । एमालेमै पुनः प्रवेश गर्ने सोच बनाए पनि बैशाखदेखि एमाले र माओवादीको एकता हुने भएपछि केही स्पेशसहित शुक्रबार माओवादीमा प्रवेशफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

आदिवासी जनजाति प्रथम अन्तर्राष्ट्रिय सम्मेलन शुरू

स्थानीय तहका पदाधिकारीलाई दिइने सेवा सुविधासम्बन्धी कानुन बदर

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस