Tuesday, March 20th, 2018

 

भारतीय राजदूत किन यति धेरै दौडधूप गरिरहेका छन् ?

    मार्च २०,काठमाडौं–कुनै देशका राजदूतले एकै दिन चार जना मन्त्री भेटछन् भन्दा पत्ताउनै गाह्रो हुन्छ । तर, भारतीय राजदूतले यसो गर्न सक्छन् । भारतीय राजदूत मन्जिभ सिंह पुरी चैत ५ गते एकैदिन चार मन्त्री भेटेका छन् । उनले त्यसै दिन उपराष्ट्रपति पनि भेटेका छन् । यी सबैसँग भेटनुको कारण थियो, ‘बधाई तथा शुभकामना दिनु ।’ मन्जिभ सिंह पुरीले हिजो भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, सँस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारी, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र उपराष्ट्रपति नन्दबहादुर पुनलाई छुट्टा छुट्टै उनीहरुको कार्यकक्षमाफुर्सदमा


सुहागरातको भोलिपल्टै बेहुला फरार भएपछि

  मार्च २०, झापा  । कस्का बुबा आमाले सोचेको हुन्छ छोराको विवाह गर्दा रु ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर तर झापामा भइदियो यस्तै । दश महिना अघि टिकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि उनका बुबा लालप्रसाद रेग्मीले बेहुली फिर्ता गर्दै रु ३५ लाख जरिवाना तिर्नुभएको छ । बुद्धशान्ति गाउँपालिकाको न्यायिक इजलासमा दुई दिनसम्म भएको बहसपछि रेग्मीले बेहुलीका लागि भरणपोषण र पढाइ खर्चबापत सो रकम दिने सहमति भएको गाउँपालिकाका उपाध्यक्ष मीरा भुर्तेलले जानकारी दिनुभयोफुर्सदमा


निगमको ८ करोडको तेल चोरी प्रकरण : तीन वर्षदेखि विशेष अदालतमै अल्झियो मुद्दा

 मार्च २०,काठमाडौं– भारतबाट पेट्रोलियम पदार्थ ल्याउँदा बीच बाटोमै चोरी गरी करिब ८ करोड रुपैयाँ बराबर नेपाल आयोग निगमलाई नोक्सान पुर्या एको भन्दै ९८ जना विरुद्ध दायर गरिएको भ्रष्टाचार मुद्दा तीन वर्षदेखि विशेष अदालतमै अल्झिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको सबै अंग पुगे पनि पक्षका कानुन व्यवसायीहरुले स्थगित गर्दा अझैसम्म फैसला हुन सकेको छैन। मंगलबार उक्त मुद्दा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र सदस्यद्वय चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासमा पेशी परेको थियो। तर, पक्षको कानुन व्यवसायीले उपस्थित हुन नसक्ने निवेदन दिएपछि अदालतले पेशी स्थगित गरेको छ।फुर्सदमा


मृत्युदण्ड सुनाइएका उमेश भन्छन्: ‘घर आउँछु आमा ब्लडमनिका लागि ७० लाख चाहियो’

मार्च २०,महेन्द्रनगर,  । बाह्र वर्षदेखि सउदीको कारागारमा बन्दी जीवन बिताइरहेका धनुषाका उमेश यादव आफ्नो आमालाई कहिलेकाहीँ फोनमा कुरा गर्दा भन्छन्, ‘म छिट्टै घर आउँछु आमा, छिट्टै आउँछु ।’ १०–१५ सेकेण्डभन्दा बढी कुरा हुन्न फोनमा । सउदी अरेबिया अदालतले टाउको काटेर २४ घण्टासम्म झुण्ड्याउने आदेश गरिसकेको छ तर कार्यान्वयन भने हुन सकेको छैन । एक पाकिस्तानी व्यक्तिको हत्या गरेको आरोपमा उनलाई सउदीमा विगत १२ वर्षदेखि बन्दी बनाएर कारागारभित्रै राखिएको छ । धनुषाको साविक माची झिटकैया–४ तथा हाल कमला नगरपालिका–३ बस्ने आमा कुमारी देवी र बुबा भोला यादवको साइला सन्तान हुन् उमेशफुर्सदमा


एसियन कप क्वालिफायर : यमनसँगको खेलका लागि नेपाली टोली घोषणा

 मार्च २०,काठमाडौं : एएफसी एसियन कप क्वालिफायरअन्तर्गत यमनसँगको दोस्रो लेगका लागि २० सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ। नेपालका मूख्य प्रशिक्षक ग्योतोकी कोजुले मंगलबार टोली घोषणा गरेका हुन्। नेपाल र यमनबीचको खेल अर्को साताको मंगलबार कतारको दोहामा हुँदैछ। यसअघि खेलेका ५ खेलमा जित हात पार्न नसकेको नेपाल समूहमा पुछारमा छ र एसिया कपमा छनोट हुने सम्भावना सकिसकेको छ। काठमाडौंको हलचोकमा भएको पहिलो लेगको खेलमा नेपालले यमनलाई गोलरहित बराबरीमा रोक्दै १ अंक जोडेको थियो। समूह चरणमा नेपालले ताजिकिस्तानसँगको दुवै खेल हारेको थियो भने फिलिपिन्ससँग एक खेलमा पराजय बेहोर्दा अर्कोफुर्सदमा


नेपाली क्रिकेटले दिएको खुसीलाई कायम राख्छु: जगत विश्वकर्मा, खेलकुद मन्त्री

मन्त्रीमण्डल विस्तार भएसँगै सरकारले पूर्णता पाएको छ । केही नयाँ र केही पुराना अनुहार मन्त्रीमण्डलमा सहभागि गराइएको छ । युवा तथा खेलकूद मन्त्रीको रुपमा पहिलो पटक जगतबहादुर विश्वकर्मा सरकारमा सहभागि भएका छन् । प्रस्तुत छ नेपालको खेलकूद र समग्र युवा वर्गसँग सम्बन्धित रहेर मन्त्री विश्वकर्मासँग नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको संक्षिप्त संपादित अंश: नेपालको खेलकूद क्षेत्रको विकासका लागि कस्ता योजना बनाउँदै हुनुहुन्छ ? राष्ट्रको पहिचान, गरिमा र सम्मान अभिवृद्धिका लागि खेलकूद क्षेत्रको विकास गर्नु जरुरी छ । नेपाली क्रिकेटमा नेपालले भर्खरै एक दिवसीय राष्ट्रको मान्यता प्राप्त गरेकोफुर्सदमा


मुख्य सचिवको घरमा सिपाहीले लुगा धुन्छ

मार्च २०, काठमाडौं, । मुख्यसचिव लोकदर्शन रेग्मीलाई राज्यले १४ सशस्त्र सुरक्षाकर्मी किन दिइरहेको छ ? मुख्यमन्त्रीले समेत नपाउने सुरक्षा घेरामा मुख्य सचिव बस्नुपर्ने र राज्यले उनलाई यति ठूलो सुरक्षामा राख्नुपर्ने कारण चाहिं प्रधानमन्त्रीले समेत सुने, तर केही सोधेनन् ? किन होला ? यतिबेला मुख्यसचिवको घरमा सिपाहीको ताँती लागेको छ र ती सिपाहीलाई घरको कामधन्दासमेत लगाउने र लुगा धुनसमेत लगाएका खबर सुराकीले पत्ता लगाएको छ । र, प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शनसँग सिधै कुरा गर्न छाडेकाले उनले ओलीका सालामार्फत आफ्नो लिंक स्थापित गर्न प्रयास गरेका छन् र अब सम्बन्ध सामान्य हुने विश्वास गरेकाफुर्सदमा


विमानस्थलबाट सुन तस्करी, २२ लाखको सुनसहित तीन जना पक्राउ

 मार्च २०,काठमाडौं–बैदेशिक रोजगारीमा जाने कामदारलाई प्रयोग गरी सुन तस्करी गर्ने तीन जना पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त गौशलाले गोपिकृष्ण हल नजिकैको गेष्ट हाउसबाट तीन जनालाई ४ सय ५० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा चामबहादुर केसी, नारायण कुँवर, खुम प्रसाद न्यौपाने छन्। उनीहरुले बैदेशिक रोजगारबाट फर्किएका कामदारलाई प्रयोग गरी ल्याइएको सुन संकलन गरेका थिए। कामदारहरुले ५० ग्रामसम्म सुन ल्याउन पाउने भएकाले उनीहरुलाई प्रयोग गरी सुन तस्करी गर्दै आएका थिए। पक्राउ परेकाहरुबाट ९ वटा सुनको चुरा बरामद भएको गौशला वृत्तका डिएसपी अुनपम श्रेष्ठले बताए। बरामद सुन २२फुर्सदमा


प्रधानमन्त्रीलाई प्रदेश सभामुखको पत्र- ‘संसद् बुझेका कर्मचारी पठाइदिनुस्’

बैठक सञ्चालन र लिखित दस्तावेज तयार गर्ने काम अड्कियो – प्रदेश सभामुखहरू अनुभवी कर्मचारी पठाइदिन संसद् सचिवालयलाई पत्राचार गरिसक्यौं– प्रधानमन्त्री कार्यालय सेवा समूह परिवर्तन नगरी पठाउन सकिन्न– संसद् सचिवालय     मार्च २० ,काठमाडौँ — सातै प्रदेशका सभामुखले संसद् र संसदीय अभ्यास बुझेका कर्मचारी नहँुदा समस्या परेको भन्दै अनुभवी कर्मचारी पठाइदिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सिलसिलामा काठमाडौं आएका उनीहरूले ‘संसदीय अभ्यास बुझेका कम्तीमा दुई कर्मचारी पठाइदिन’ प्रधानमन्त्री, संघीय संसदका सभामुख र संसद् सचिवालयका महासचिवसमक्ष माग गरेका थिए । मौखिक आग्रह सुनुवाइ नहुने संकेत पाएपछि उनीहरूले प्रधानमन्त्रीलाई पत्रफुर्सदमा


सुगतरत्न सन्किदा नेपाल एयर ग्राउण्डेड !

मार्च २० , काठमाडौं । नेपाल एयरलाइन्सका जहाजहरु पाइलट व्यवस्थापन नभएर ग्राउण्डेड हुन थालेका छन् । पाइलट अवालेलाई सुन, डलर तस्करीमा लगाएर संरक्षण गर्ने कार्यकारी सुगतरत्न कंसाकारले जहाज आलुप्याज किने जसरी किन्न पाउनुपर्छ भन्ने धक्कु लगाउँथे, उनैले पाइलटको व्यवस्थापन मिलाउन सकेनन् र नेपाल एयर ग्राउण्डेड भएर घाटामा जान थालेको छ । चीनबाट आएका चार वटा वाई–१२ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएका छन्, पाइलटको जोहो नभएर निगम आर्थिक भारमा परेको हो । निगम भन्छ विमान सञ्चालनका लागि हामीले पाइलको व्यवस्था गर्दैछौं स्वदेशी तथा विदेशी पाटलट नियुक्ति गरेर चाँडै विमान सञ्चालनमा ल्याउछौं तरफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै

बिजनेष

५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस