Friday, March 9th, 2018

 

कुवेतमा तमु समाजले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न, रक्तदान गर्न १३२ जना सफल

    सुरेश गुरुङ/मार्च ९ कुवेत ।“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानविय भावनाका साथ तमू समाज कुवेतले  ९ मार्च २०१८ मा आयोजना गरेको वृहत रक्तदान कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा सम्पन्न भएको छ। समाजद्वारा आयोजित उक्त पवित्र कार्यमा उल्लेख्य कुवेतवासी नेपालीहरुको सहभागिता रहे पनि रक्तदान गर्न भने (१३२) जना मात्र सफल भएका छन । कुवेतका लागि नेपाली राजदूत महामहिम श्री यज्ञबहादुर हमाल साथ मा राजदुत धर्मपत्नी रीता हमाल, नेपाली राजदुताबास परिवार, र सेन्ट्रल ब्लड बैंक कुवेतको प्रतिनिधि ( Dr Osama Sharawy) द्वारा संयुक्त रुपमा रिबन काटेर समुद्घाटन गरिएको कार्यक्रममाफुर्सदमा


अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भेटवार्ता हुने

    मार्च ९,केही महीनाअघिसम्म एकअर्काको देशमा आक्रमणको धम्की दिइरहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनले भेट वार्ता गर्ने भएका छन् । प्राप्त समाचार अनुसार किम जोंग उनले ट्रम्पलाई भेटवार्ताको निम्तो दिएका छन् भने अमेरिकी राष्ट्रपति ट्रम्पले पनि उक्त निम्तो स्वीकार गरेका छन् । दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुंग–योंगले आगामी मे महीनामा ट्रम्प र किम जोंग–उनबीच भेटवार्ता हुने बताएका छन् । किमले यसअवधिमा परमाणु बम र मिसाइल परीक्षण नगर्ने आश्वासन दिएको पनि चुंगले बताए । ट्रम्पलाई भेट्न ह्वाइट हाउस पुगेका चुंगले सञ्चारकर्मीहरुलाई यस्तो बताएकाफुर्सदमा


सडकमा साँढेहरूका बीच हिँडिरहेजस्तो लाग्छ

अमृत गुरुङ तस्बिर स्रोत: नेपालय काठमाडौं शान्त थियो। चारैतिर आँखालाई शितल दिने हरियोपरियो। कान चंगा बनाउने चिरबिर। बतास सिरसिराउने ज्याकरन्डा रूखका पातहरू। पुरानो सभ्यताबीच प्रकृतिको स्वाद लिँदै हिँड्नुको मज्जै बेग्लै। मलाई हिँड्नमा टक बस्यो। म २०४२ सालमा पोखराबाट पढ्न काठमाडौं आएको हुँ। गाडीको घन्चमन्च थिएन। बाटाहरू खुला थिए। हिँड्न स्वाद पर्यो। पढ्न बसेको विद्यार्थी, पैसा खासै हुन्थेन। हिँड्नमै रमाएपछि अरू के चाहियो! त्यतिबेला काठमाडौंमा हिँड्न सहज थियो। हामी काठमाडौं, पाटन र कीर्तिपुरका गल्ली–गल्ली हिँडेरै चहार्थ्यौं। गाडी भाडा जोगिने, व्यायाम पनि हुने। अरू मान्छे पनि धेरैजसो हिँड्थे, कि सार्वजनिक गाडी चढ्थे।फुर्सदमा


कृष्णबहादुर महरा: लाभको पदमा रमाउने माओवादी नेता

  प्रतिनिधि सभाको सभामखुमा निर्वाचित कृष्णबहादुर महरा १० वर्षमा ७ पटक मन्त्री, पाँच वर्ष समाभुख काठमाडौं: कृष्णबहादुर महरा मुलुककै सबैभन्दा भाग्यमानी राजनीतिक नेता बनेका छन् । प्रतिनिधि सभामा अबको ५ वर्षका लागि निर्विरोध सभामुख भएपछि राजनीतिका यी चलाख खेलाडी माओवादीमा सबैभन्दा ‘भाग्यमानी’ नेता बन्न पुगेका छन् । नेपाली राजनीतिक वृत्तमा सधैँ सत्ताको दौडमा रहने कांग्रेसका नेता विजय गच्छदारलाई समेत माथ खुवाउने गरी महरा सधैँ शक्ति र सत्तामा बस्ने माओ‌वादी नेता बनेका छन् । जसले असफलता देखेनन् महरा, जसले राजनीतिक जीवनमा कहिल्यै असफलता देख्नु परेको छैन । माओवादी केन्द्रका नेता महराको राजनीतिकफुर्सदमा


मास्कले नथेग्‍ने राजधानीको धुलो (फोटो फिचर)

मार्च ९,काठमाडौं : कलंकी-कोटेश्वर सडक निर्माणकार्य समयमै नसकिँदा दैनिक हजारौँ स्थानीयवासी, यात्रु र सवारी चालक धुलोको मारमा परेका छन्। सडक निर्माणका क्रममा डोजरले खनेको बाटोमा अध्याधिक धुलो उड्दा सडकमा सँगै गुडेका सवारी साधन एक अर्का चालकले नदेख्ने गरी छोपिन्छन्। २०७२ वैशाखअघि नै यो सडक स्तरोन्नतिको काम सक्ने बताएको भए पनि नाकाबन्दी र भूकम्पका कारण आठ लेनको सडक निर्माणमा ढिलाई भएको हो। चिनियाँ सरकारको सहयोगमा सांघाई कन्टस्ट्रक्सनले यो सडक निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ। कन्स्ट्रक्सनले कोटेश्वर, ग्वार्को हुँदै कलंकीसम्म १० किलोमिटर चक्रपथ स्तरोन्नतीको काम गरिरहेको छ। पहिलो चरणमा कोटेश्वरदेखि एकान्तकुनासम्मको सडकफुर्सदमा


आप्रवासी लिगमा नेपाल सेफिफाइनलमा प्रवेश 

छैटौं एसिएन आप्रवासी फुटबल प्रतियोगिता     मार्च ९,कतार— कतारमा जारी छैटौं एसियन आप्रवासी फुटबल प्रतियोगितामा अपराजित यात्रा तय गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । कतारको स्पोर्ट्स स्टेडियमा बिहीबार भएको खेलमा श्रीलंकालाई २–० ले पराजित गर्दै नेपाल अन्तिम चारमा प्रवेश गरेको हो । खेलमा शिव श्रेष्ठ र राकेश सापकोटाले एक–एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित खेलेको नेपालले थुप्रै अवसर गुमाएको थियो । दोस्रो हाल्फको छैटौं मिनेटमा श्रीलंकन खेलाडीले अर्जुन सुब्बालाई फल गर्दा पाएको फ्रिकिकमा नेपालका कप्तान शिव श्रेष्ठले उत्कृष्ट गोल गर्दै नेपाललाई १–० गोलको अग्रता दिलाए । त्यस्तै दोस्रो हाफकै १९ औंफुर्सदमा


कतारमा दुई नेपाली कामदारलाई सवा चार लाख पुरस्कार

     मार्च ९,काठमाडौँ — कतारस्थित नासिर अल अली इन्टरप्राइजेजले आफ्नो कम्पनीमा १० वर्षसम्म काम गरेका नेपाली कामदार नन्दबहादुर विश्वकर्मा र नरबहादुर मगरलाई जनही १५ हजार रियाल (झन्डै चार लाख ३५ हजार रुपैयाँ) दिई पुरस्कृत गरेको कान्तिपुरमा समाचार रहेको छ । कम्पनीका मालिक नासिर अल अलीले लामो समयसम्म सेवा पुर्‍याएकाले पुरस्कृत गरिएको बताए । कम्पनीले हरेक वर्ष आफ्ना कामदारलाई पुरस्कृत गर्दै आएको छ । विश्वकर्मा सन् २००८ देखि कम्पनीमा मेसनमा काम गर्दै आएका थिए । ‘यो रकम म मेरा बच्चालाई उच्च शिक्षाको लागि खर्च गर्नेछु,’उनले भने । ओखलढुंगाका मगरले आफ्ना समस्यालाई नजिकबाट बुझ्ने कम्पनी पाएकामाफुर्सदमा


नारी दिवसकै दिन बोक्सी आरोपमा युवतीमाथि अत्याचार (भिडियोसहित)

मार्च ९,धनगढी : बिहीबार सहरमा नारी दिवसको रमझममा कोठे बैठक, प्रभातफेरि र ठाउँठाउँमा महिला हिंसाविरुद्धका प्रवचन भइरहेका बेला कैलालीको घोडाघोडी नगरपालिका ५ की १८ वर्षीया युवतीमाथि निर्घात कुटपिट भइरहेको थियो। एकातिर भोलेबाबा नाम गरेका स्थानीय गुरुवा रामबहादुर चौधरी नागको जस्तो हात गर्दै किशोरीको पिठ्युमा बजारी रहेका थिए भने आफूलाई बोक्सी लगाएको आरोप लगाउने पार्वती चौधरी र उनकै आफन्त किस्मती चौधरी पनि राधाको पेट र संवेदनशील अंगमा मुड्की र लात्ताले प्रहार गरिरहेका थिए। भएभरको शक्ति लगाएर स्थानीय जनप्रनिधिले गाउँघरमै घटना मिलाउने तयारी गरेपछि घटना ढिलागरी सार्वजनिक भएको हो। फागुन २४ गते महिलाफुर्सदमा


भरिया मात्रै होइन मालिकलाई पक्राउ गर्नुहोस् : गृहमन्त्री

    मार्च ९, काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले लागुऔषध कारोबारीका भरिया मात्रै होइन मालिकलाई पक्राउ गर्नेगरी काम गर्न प्रहरीलाई निर्देशन दिएका छन् । गृहमन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण इकाइ र नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका अधिकारीसँगको आजको छलफलमा गृहमन्त्री थापाले लागुऔषधको तस्करी नियन्त्रण गर्न कडा कदम चाल्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘लागुऔषध तस्करीको मुख्य नाइके देश विदेश जहाँ भए पनि पक्राउ पर्ने गरी काम गर्नुहोस् । राजनीतिक संरक्षण भए पनि तिनलाई नछाड्नुहोस् ।’ उनले नेपालमा लागुऔषधको धन्दा गर्नेको सञ्जाल पत्ता लगाएर त्यसलाई तोड्ने गरी कार्ययोजना बनाएर ल्याउन मन्त्रालय र प्रहरीका अधिकारीलाई निर्देशन दिए । लागुऔषधका कारणफुर्सदमा


महिला हिंसासँगै बढ्यो पुरुष हिंसा पनि…

मार्च ८,भक्तपुर ।महिला हिंसासँगै पुरुष हिंसा पनि बढ्दै गएको आयोजित कार्यक्रममा सरोकारवालाले बताएका छन् । १०८ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जिल्ला समन्वय समिति भक्तपुर, महिला विकास कार्यालय, भक्तपुर र नेपाल रेडक्रस सोसाइटी, भक्तपुरले आयोजना गरेको लैंगिक तथा समावेशीकरणसम्बन्धी जिल्लास्तरीय अन्तक्र्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले महिला र पुरुषबीचको विभेदलाई जरैदेखि उखेल्न नसकिएको बताउँदै यसको अन्त्य गर्न अझै समय लाग्ने बताउनुभयो । पुरुषले महिलामाथि गर्ने हिंसाको विरुद्ध आवाज उठाइरहँदा महिलाले महिला माथि गर्ने हिंसा र महिलाले पुरुषमाथि गर्ने हिंसा पनि बिकराल बन्दैफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

एनआरएनए कतारको अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान भारी मतले विजयी

कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस