Saturday, March 3rd, 2018

 

तस्करीको साढे ३३ किलो सुन हराएपछि ‘भरिया’ सनमको हत्या

मार्च ३, काठमाडौं । गाडीको डिकीमा मृत अवस्थामा भेटिएका सनम शाक्य सुन तस्करीमा संलग्न भरिया भएको खुलेको छ । अपराध महाशाखा र मोरङ प्रहरीको टोलीले विराटनगर ३ पोखरिया कन्यामार्गमा चेकजाँच गर्दा बा १२ च ५९६३ नम्बरको स्कर्पिओ गाडीको डिकीमा म्याट्रेस, त्रिपालले बेरेको अवस्थामा उनको शव भेटिएको छ । प्रहरी स्रोतका अनुसार अनुसन्धानका क्रममा समन सुन तस्करीमा संलग्न भरिया भएको खुलेको छ । मोरङ, उर्लाबारी–७ का ३३ वर्षीय शाक्य सोमबार अपहरणमा परेका थिए । साढे ३३ किलो सुन हरायो शाक्यले केही साता अघि तस्करीको साढे ३३ केजी सुन केरुङ नाका हुँदै नेपालफुर्सदमा


विश्व रेकर्ड राख्न हजारौंले वाचन गरे बुद्ध वचन (फोटो फिचर)

मार्च ३,काठमाडौं- टुँडिखेलमा भेला भएका हजारौं नेपालीले आज एकसाथ गौतम बुद्धको वचन ‘धम्मपद’ वाचन गरेका छन्। आयोजकका अनुसार ७५ हजारको संख्यामा उपस्थितहरुले धम्पपद वाचन गरेका हुन्। गिनिज बुकमा रेकर्ड राख्न कार्यक्रम आयोजना गरिएको विश्व कीर्तिमानी परिषद् नेपालले जनाएको छ। बुद्ध वचन धम्मपदमा रहेका मध्ये २५ बुँदालाई सहभागीहरुले वाचन गरेका हुन्। कार्यक्रममा प्रधानमन्त्री केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेता सुवास नेम्वाङ, सञ्चारकर्मी  रवि लामिचाने, मिस नेपाल सुगरिका केसी लगायतका कलाकर्मीसमेत सहभागी थिए। प्रधानमन्त्री ओलीले दुनियाँमा अझै पनि बुद्धबारे भ्रम रहेको बताउँदै बुद्ध नेपालमै जन्मेका हुन् भनेर आजको संख्याले थप पुष्टि गरेको बताए।फुर्सदमा


राजपासँग अनुहार मात्रै मिल्छ, विचार र सिद्धान्त मिल्दैन ,गठबन्धन टुटिसक्यो : उपेन्द्र यादव :  

  वाम गठबन्धनको सरकारमा संघीय समाजवादी फोरमलाई पनि सहभागि गराउने प्रयास भइरहेको छ । गृहकार्य चलिरहेको छ । निष्कर्ष निस्किएको छैन । संविधान संशोधनको मुद्दा र भागबण्डाको विषयमा छलफल भइरहेको बताइएको छ । फोरमले जस्तै संविधान संशोधनको माग पूरा भए आफूहरु पनि सरकारमा सहभागि हुन तयार रहेको राजपाका नेताहरुले बताउँदै आएका छन् । तर फोरम र वाम गठबन्धनले राजपालाई कुनै वास्ता गरेका छैनन् । किन त ? यिनै विषयवस्तुमा केन्द्रित रहेर ऋषि धमलाले फोरमका अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीकोफुर्सदमा


साउदीमा नेपाली कामदारलाई गाह्रो, जाने क्रम घट्दो  

मार्च ३,काठमाडौं । आफ्नो दाइसहित १३ जना नेपाली कामदारलाई साउदीको एउटा कम्पनीले २ महिनादेखि दैनिक १४ घण्टा काममा लगाएर तलब पनि नदिएको र खान पनि नदिएको भन्दै काभ्रेका सोनम लामाले वैदेशिक रोजगार विभागमा उजुरी दिए । १३ जनाले नै कम्पनीबाट उद्धार गरिदिनुपर्यो भन्दै उनलाई फोन गरेको उनले बाह्रखरीलाई सुनाए । सोनमसँगै रहेका अर्का एकजनाले साउदीमा रहेका अन्य केही साथीलाई पुरुष कामदारलाई कोठामै थुनेर राखेको तथा महिला कामदारलाई यौन शोषण गरेको गुनासो आएको समेत बताए । यस्तैगरी साउदीमा काम गरेपनि तलब नपाएको, साहुले दुव्र्यवहार गरेको, काम गर्ने कम्पनी बन्द भएर अलपत्रफुर्सदमा


दैनिक ३५ करोड राजस्व लुट !

मार्च ३,काठमाडौं – भन्सारका कर्मचारी र आयातित व्यापारमा संलग्न उद्योगी व्यापारीसँगको मिलेमतोमा राज्यले दैनिक करोडौं रुपैयाँ राजस्व गुमाउँदै आएको खुलेको छ। चार दिनअघि अर्थमन्त्री बनेका युवराज खतिवडाले विभिन्न स्थानमा रहेका भन्सार कार्यालयका प्रमुखहरुलाई काठमाडौंमा बोलाएर कडा निर्देशन दिएकै दिन (शुक्रबार) मुलुकभरका भन्सार नाकाबाट करिब ३५ करोड रुपैयाँ राजस्व बढी उठेकाले मिलेमतोमा दैनिक करोडौं रुपैयाँ राजस्व गुमिरहेको खुलेको हो। मेलापर्वबाहेक अन्य सामान्य दिनमा मुलुकभरका भन्सार कार्यालयले औसतमा ८५ करोड रुपैयाँ राजस्व उठाउँदै आएका थिए । नयाँ अर्थमन्त्रीले भन्सार प्रमुखहरुलाई निर्देशन दिएकै दिन भने राजस्व एक अर्ब २० करोडभन्दा बढी असुली भएकोफुर्सदमा


प्रहरीको खोजी सूचीमा रहेका सांसद नवराज सिलवाल संघीय संसद भवन भित्र

    मार्च ३,काठमाडौँ — प्रहरीको खोजी सूचीमा रहेका सांसद नवराज सिलवाल संघीय संसद भवनभित्र पुगेका छन् । एमाले–माओवादीतर्फबाट संघीय संसदमा निर्वाचित सांसदहरुलाई प्रशिक्षण दिन आयोजना गरिएको कार्यक्रममा भाग लिन सिलवाल संसद भवन नयाँ बानेश्वर पुगेका हुन् । उनी शनिबार बिहान करिव पौने ११ बजेतिर भवन पुगेका थिए । प्रशिक्षण कार्यक्रम ११ बजेलाई बोलाइएको थियो । भवनभित्र उनी एक्लै गएका थिए। संसद भवन छिर्नुअघि उनले हात हल्लाएका थिए। कोट, सर्ट, पाइन्ट र ढाका टोपीमा सजिएर उनी संसद भवन पुगेका थिए। पार्टी एकता गर्ने गरी अघि बढिरहेका दुई पार्टीले संसदीय गतिविधिमा कसरी अघि बढ्ने भनेरफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै

बिजनेष

५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस