आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

हैजाका बिरामी बढ्दै, बिरामीको संख्या १४ पुग्‍यो

काठमाण्डौ, १५ असार। काठमाडौं उपत्यकामा हैजाको संक्रमण फैलिइरहेको छ। उपत्यकामा हैजा संक्रमितको संख्या १४ पुगेको छ। गृह मन्त्रालयमा बधुबार आयोजित मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले १४ जनामा हैजा देखिएको र उनीहरू उपचारपछि घर फर्किएको जानकारी दिए। हैजाका दुई बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल...  विस्तृतमा

काठमाण्डौ- कोरोना महामारीको तेस्रो लहरको रोकथामका लागि भन्दै काठमाण्डौमा जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालयले स्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई कारबाही गर्न थालेको छ । आकस्मिक अनुगमन गरी मास्क नलगाउनेलाई जरिबाना तिराउन थालिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिनुभयो । उहाँकाअनुसार मास्कसहित जनस्वास्थ्यका मापदण्ड पालना भए/नभएको बारे टोली नै बनाएर निगरानी थालिएको हो । हिजो कलङ्की, कालीमाटी, सुन्धारा, बालाजु, माछापोखरी, नयाँ बसपार्क लगायतका क्षेत्रमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा कोरोना र स्वास्थ्यका मापदण्ड पालनाबारे जानकारी पनि गराइएको छ । यस्तै, मास्क नलगाइ किनमेल गर्ने र सार्वजनिक गाडीमा ओहोरदोहोर गर्नेेहरुलाई एक सय रुपैयाँ जरिबाना पनि तिराइएको उहाँले बताउनुभयो । सङ्क्रामक रोग ऐनमा माहामारी रोकथाम गर्न दिइएको आदेशको अवज्ञा गर्नेलाई कारबाही हुने व्यवस्था छ । त्यही व्यवस्थाअनुसार कारबाही थालिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ । कार्यालयले बजार पसलमा भिड नगर्न, सार्वजनिक गाडी र ठाउँमा यात्रा गर्दा मास्क अनिवार्य लगाउन आग्रह गरेको छ । यस्तै, अहिले कोरोना विरुद्धको खोप लगाउने खोप केन्द्रमा देखिएको भिड नियन्त्रणका लागि पनि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले तयारी थालेको छ । खोप केन्द्रलाई व्यवस्थित गर्न खुला ठाउँमा खोप दिनेबारे छलफल भइरहेको र छिट्टै टुङ्गोमा पुगिने सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले बताउनुभयो । यसैबीच, सरकारले सार्वजनिक गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने मापदण्ड लागू गरे पनि त्यसको पालना भएको छैन । सार्वजनिक गाडीमा अहिले पनि भिड उत्तिकै छ भने कतिपय यात्रु र गाडीका चालक सहचालकसमेतले मास्क लगाउने गरेका छैनन् । तर, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले भने मापदण्ड पालना नगर्ने गाडीलाई कारबाही थालेको दाबी गर्नुहुन्छ । उहाँले सिट क्षमताभन्दा बढी यात्रु चढाउने र स्यानिटाइजर नराख्ने सार्वजनिक गाडीका बारेमा ट्राफिक प्रहरीको टोल फ्रि नम्बर १०३ मा सम्पर्क गरी सूचना दिन पनि आग्रह गर्नु भएको छ ।त्यस्ता गाडीलाई पाँच सय रुपैयाँदेखि एक हजार पाँच सय रुपैयाँसम्म जरिबाना हुनेछ ।न्युज साभार उज्यालो अनलाइनबाट