आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

तमू समाज कुवेतले तमू ल्वों ल्होछार (ल्होसार) रक्तदान गरेर मनायो

परदेशी खबर १९ पुष २०७७, आईतवार १३:५५ मा प्रकाशित ( ३ साल अघि) २१८ पाठक संख्या

No description available.

परदेशी खबर/ ३ जनवरी। तमूहरुको मौलिक राष्ट्रिय महान चाँड ल्होछार (ल्होसार) यस बर्ष ‘च्यु’ ल्हो’ (मुसा वर्ग) को बिदाइ तथा ‘ल्वों ल्हो’ (गाई बर्ग) को स्वागत गरी मनाएको छ। यसै क्रममा तमू समाज कुबेतले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (COVID-19)को त्रासलाई मध्यनजर गरी अस्ती शुक्रबार, जनवरी १, २०२१ का दिन कुवेतको सेन्ट्रल ब्लड बैन्क, जाब्रिया गै ‘रक्तदान’ गरेर ल्होछार (ल्होसार) उत्सबलाई मनायो ।

प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, सँस्कार र सँस्कृतिको संरक्षण गर्नुको साथै विभिन्न सामाजिक सेवामा निरन्तर आफ्नो हात फैल्यउदै आइरहेको तमू समाज कुवेतले हरेक वर्ष तमू ल्होछार (ल्होसार) भब्यताको साथ मनाउदै आइरहेको छ।

यस् बर्ष भने बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (COVID-19)ले सारा दुनियाँलाई नै आक्रान्त बनाई रहेको अवस्थामा हरेक बर्ष झै सामूहिक रुपमा भव्य रुपमा मनाउन अनुकुल नरहे पनि तमू समाज, कुवेतले यसै बिसम परिस्थितीलाई नै अवसरमा परीणत गरी ‘आफु पनि बाचौ र अरुलाई पनि बचाऔ’ भन्दै मेडिकल निर्देशिकाहरुलाई मध्य नजर राखी सामाजिक दुरीलाई कयाम गरी यसपालीको तमू ल्होछार (ल्होसार) चाडँलाई ‘रक्तदान’ गरेर मनाउने निर्णय गरे बमोजिम उक्त मानबिय पुण्य कार्यमा सरिक रहन सबैलाई आब्वान गरेको थियो ।

कार्यक्रमको अन्त्यमा, कार्यक्रमलाई समापन गर्दै अध्यक्ष राजु गुरुङले प्रवासमा स्थानिय नियमहरुलाई पालना गरी समय परिस्थिती बमोजिम चल्नु पर्ने भएकोले तमू ल्होछार (ल्होसार) तथा अंग्रेज़ी नया वर्ष २०२१ विशेष ‘रक्तदान’ कार्यक्रम सौहार्द रूपमा सम्पन्न भएकोमा खुशी ब्यक्त गर्दै उक्त कार्यक्रमलाई सफल बनाउन उपस्थित स्वयंसेवी रक्तदाताहरु, अहोरात्र खटनु भएका समाजका सल्लाकार तथा सदस्यहरु, खानपिनलाई सौजन्य गर्नु हुने दानी महानुभावहरू लगाएत उपस्थित सबैलाइ मुरी मुरी बिशेष धन्यवाद ब्यक्त गर्नु भएको थियो।

No description available.

No description available.No description available.