आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

कुवेती महिलालाई मृत्यु दण्डको सजाय

परदेशी खबर १६ पुष २०७७, बिहीबार ०८:४९ मा प्रकाशित ( ३ साल अघि) २२७ पाठक संख्या

गत बर्ष को डिसेम्बर २०१९ मा एक फिलिपिनी महिलालाई अलसवा अस्पतालमा शंकास्पद रुपमा भर्ना गरिएको थियो । उनको शरिरभरी गम्भिर चोटपटक भएको कारण उनको अस्वभाविक मृत्युका लागि छानविन शुरु भयो ।

पोस्टमाटम रिपोर्ट अनुसार फिलिपिनी कामदारलाई कुटपीट गर्नुभन्दा पहिले धेरैचोटी यौन षोषण गरेको कुरा सार्वजनिक गरेको र त्यस्तै उक्त मृत्यु हुनुभन्दा केही पहिले पनि उक्त घरायसी कामदारले आफ्नो स्पोन्सर र रोजगारदाता लाई धेरै चोटि घर पठाउन आग्रह गरेकी थिइन ।  तर उनको कुरा कसैले सुनेको थिएन । रिपोर्टले यो पनि प्रस्ट पारेको छ कि रोजगारदाताका दाजुभाई आन्तरीक मन्त्रालयमा काम गर्ने भएकोले पीडीत को अपील प्रारम्भीक अदालतले अस्विकार गरेको थियो ।

यो सजाय संगै कुवेतका लागि फिलिपिन्सका राजदूत महामहिम नूरदीन पेन्डोसिना लोमन्डोटले भने कि “हामी परिवार र फिलिपिन्सका मानिसहरूसँगै भिभान्डेको मृत्युको लागि न्याय पाउने आशा राखेका थियौ, जुन कुवेत सरकारले पूरा गरेको छ । हामी हाम्रो कानुनी सल्लाहकार शेखा फौजियाह साबह, विदेश मामिला सचिवलाई धन्यवाद दिन्छौं। टेडी लोक्सिन र फिलिपिन्सका राष्ट्रपति रोड्रिगो महामहिम रोआ दुतेर्तेले उनीहरूलाई यो मुद्दा जित्न सहयोग पुर्‍याएका थिए ।

स्रोत: रिकी लक्सा